मुख्य समाचार
नेपाल ए क्रिकेट टोलीले स्कटल्यान्डसँगको पहिलो एकदिवसीय अभ्यास खेल जितेको छ
नेपाल ए क्रिकेट टोलीले स्कटल्यान्डसँगको पहिलो एकदिवसीय अभ्यास खेल जितेको छ

। स्पीन बलरहरूले राम्रो प्रदर्शन गरेपछि नेपाल ए क्रिकेट टोलीले स्कटल्यान्डसँगको पहिलो एकदिवसीय अभ्यास खेल जितेको छ । बिहीबार माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपाल ए ले स्कटल्यान्डलाई ४६ रनले पराजित गरेको हो ।

नेपालले दिएको २७८ रनको लक्ष्य पछ्याएको स्कटल्यान्ड ४८.२ ओभरमा २३२ रनमा अलआउट भयो । फिनले माकरिथले सर्वाधिक ५२ रन बनाए भने ज्याक जार्भिसले ४५ रन बनाए । मार्क वाटले ३७ रन बनाए । म्याथ्यु क्रसले २२ अनि ब्रान्डन म्याकमुलेनले २१ रन बनाए ।




नेपाल ए का लागि राशिद खानले ३.२ ओभरमा २३ रन दिएर ३ विकेट लिए । शाहब आलम, युवराज खत्री र बसिर अहमदले २-२ विकेट लिए भने कुशल मल्लले १ विकेट लिए । स्पीनरले ७ विकेट लिँदा राशिदले अन्त्यतिर ३ विकेट लिएर इनिङ समाप्त गरिदिए ।

स्कटल्यान्डले सुरुवात भने राम्रो गरेको थियो । पहिलो विकेटका लागि वाट र फिनले मिलेर ८७ रनको साझेदारी गरेका थिए । त्यसपछि १०८ रनमा दोस्रो विकेट गुमाएको थियो ।




१०८-१ बाट स्कटल्यान्ड १६४-७ को अवस्थामा पुग्यो । बीचका ओभरमा स्पीनरले शानदार बलिङ गरे । स्कटल्यान्डका ब्याटरहरू खराब शट खेल्ने क्रममा आउट भएका थिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपाल ए ले ५० ओभरमा ८ विकेट गुमाएर २७७ रन बनाएको थियो । देव खनालले ६३ रन बनाए भने मयन यादवले ४५, सन्दीप जोराले ३४, पवन सर्राफले ३१, दीपक डुम्रेले अविजित २३ रन बनाए ।

नेपाली ब्याटरले पनि राम्रो सुरुवात गरेका थिए । पहिलो विकेटका लागि कप्तान अनिल साह र मयन यादवले ५६ रनको साझेदारी गरेका थिए । अनिल १८ रनमा आउट भएपनि मयनले देव खनालसँग मिलेर इनिङ अघि बढाए ।

मयन आउट हुँदा नेपाल ८३-२ को अवस्थामा पुगेको थियो भने त्यहाँबाट देव सन्दीप जोरासँग मिलेर ७७ रनको साझेदारी गरेका थिए । १६०-३ को अवस्थाबाट रनगति केही कम भएपनि दीपक डुम्रेले अन्तिम ओभरमा चार चौका र एक छक्का प्रहार गर्दै आक्रामक फिनिसिङ दिलाएका थिए । उनको त्यही क्यामिओ मद्दतमा नेपाल ए ले बलियो योगफल खडा गर्न सफल भयो ।

स्कटल्यान्डका लागि ब्राड्ली करी र सफिया शरिफले २-२ विकेट लिए भने ज्याक जार्भिस, ओलिभर डेभिडसन र ब्रान्डन माकमुलेनले १-१ विकेट लिए ।

अर्धशतक प्रहार गरेका देव खनाल ‘प्लेयर अफ द म्याच’ घोषित भए । उनले फिल्डिङमा दुई क्याच समेत लिएका थिए ।

खेलपछि कुरा गर्दै देवले स्कटल्यान्डजस्तो टिमलाई हराउनु धेरै राम्रो कुरा भएको बताए । ‘ओभरअल टिम एफर्ट भयो, स्कटल्यान्ड एउटा राम्रो टिम हो । त्यसकारण आजको जित एउटा गूड विन हो । विशेषगरी स्पीनरे राम्रो प्रदर्शन गरे’ देवले भने ।

यस्तै स्कटल्यान्डका कप्तान रिची बेरिङटनले भने राम्रो सुरुवात भएपनि बीचको ओभरमा धैर्यता नहुँदा हार बेहोरेको बताए । ‘हामीले राम्रो सुरुवात गरेका थियौं । तर पछि स्पीनरहरूले राम्रो बलिङ गरे । यस खेलबाट केही पोजिटिभ कुराहरू पनि लिएका छौं’ बेरिङटनले खेलपछि भने ।

उनले नेपाली बलरले कन्डिशनको राम्रो प्रयोग गरेको बताए । ‘च्यालेन्जिङ सरफेस थियो । हामीले अलि राम्रो खेल्न सक्थ्यौं तर हुन सकेन ।

नेपाल ए ले यसअघि ओमानसँग पनि एकदिवसीय खेल खेलेको थियो । त्यसबेला एक खेल जित्दा एक खेलमा पराजित भयो ।

नेपाल ए ले अब भोलि शुक्रबार अमेरिकासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल सुपर लिग (एनएसएल) ले नेपाली फुटबलमा अर्को कुनै लिग सञ्चालन वा गठन गर्न आफूले अनुमति नदिएको स्पष्ट पारेको छ। पछिल्लो समय सार्वजनिक भएका समाचारहरूको खण्डन गर्दै एनएसएलले मङ्गलबार (२७ अक्टोबर) एक प्रेस विज्ञप्तिमार्फत यस्तो दाबी गरेको हो। एनएसएलका प्रबन्ध निर्देशक श्रेयान्स कार्कीद्वारा जारी विज्ञप्तिमा नेपालमा मान्यता प्राप्त एक मात्र राष्ट्रव्यापी तथा शहरमा आधारित फुटबल ...
। चितवन राइनोजले तेस्रो संस्करणको नेपाल (एनपीएल) मा विराटनगर किंग्समाथि ८ रनको रोमाञ्चक जित निकालेको छ । चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९ ओभर ३ बलमा १४९ रनमा समेटियो । विराटनगरका लागि चितवनका बलर कमलसिंह ऐरी घातक बने । ४ ओभर बलिङ गरेको कमलले २६ रन खर्चेर ४ विकेट लिन सफल भए । रञ्जित ...
। नेपाल प्रिमियर लिग (एनपीएल) को आधिकारिक प्रसारक हिमालय टेलिभिजन नेटवर्कले प्रतियोगिताका खेलहरू तीन विभिन्न भाषामा प्रत्यक्ष प्रसारण गर्ने भएको छ। दर्शकलाई आफ्नो अनुकूलताअनुसार खेलको मज्जा लिन सहज होस् भन्ने उद्देश्यले अङ्ग्रेजी, नेपाली र मैथिली भाषामा कमेन्ट्री सुन्न सकिने व्यवस्था मिलाइएको नेटवर्कले जनाएको छ। नेटवर्कका अनुसार, नेपाली भाषाको कमेन्ट्री मुख्य च्यानल हिमालय टिभीबाट प्रत्यक्ष प्रसारण हुनेछ। त्यसैगरी, ...
। स्पेनकी मिडफिल्डर एलेक्सिया पुटेलासले तेस्रो पटक महिला बालोन डी’ओर अवार्ड जितेकी छन्। उनी यो अवार्ड तीन पटक जित्ने खेलाडीको कीर्तिमानी सूचीमा स्पेनकै आइताना बोनमतीसँगै रहेकी छन्। ३२ वर्षीया पुटेलासले सन् २०२५–२६ को सिजनमा बार्सिलोनाको कप्तानी गर्दै च्याम्पियन्स लिगसहित चार उपाधि जितेकी थिइन्। त्यसपछि उनी जुलाईमा इंग्लिस महिला सुपर लिगको टोली लन्डन सिटी लायनेसमा आबद्ध भएकी ...
। इंग्ल्यान्डका कप्तान ह्यारी केनले सन् २०२६ को बालोन डी’ओर अवार्ड जितेका छन् । उनी सन् २००१ मा माइकल ओवेनपछि यो अवार्ड जित्ने पहिलो इंग्लिस खेलाडी बनेका छन्। लन्डनमा आयोजित समारोहमा विश्वकै उत्कृष्ट खेलाडी घोषित ३३ वर्षीय केन बालोन डी’ओर जित्ने पाँचौं इंग्लिस खेलाडी हुन्। यसअघि स्टान्ली म्याथ्युजले सन् १९५६, बबी चार्ल्टनले १९६६ तथा केभिन किगनले ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम