। रास्वपा सांसद सागर ढकालले बाँदर र बँदेलको समस्या समाधान गर्न विशेष नीति लागू गर्नुपर्ने बताएका छन् ।
बुधबार सिंहदरबारमा बसेको कृषि समितिको बैठकमा बोल्दै उनले वैज्ञानिक अध्ययन र दीर्घकालीन योजनाअनुसारको कृषि नीति लागू गर्न ध्यानाकर्षण गराए ।
‘बाँदर तथा बँदेलको समस्या समाधानको लागि पनि विशेष नीति लागु गर्नुपर्छ । बाँदर मार्नुपर्छ भनेर हचुवाको तालमा चाँही बोल्नु हुँदैन,’ ढकालले भने ।
कृषि क्षेत्रमा देखिएका समस्याको पहिचान गरी समाधानका उपाय सुझाउन विश्वविद्यालयहरूसँग सहकार्य गर्नुपर्ने धारणा उनले राखे ।
‘कृषि क्षेत्रमा देखिएका समस्याहरुको पहिचान गरि समाधानका उपायबारे सिफारिस गर्न विश्वविद्यालयलाई अनुरोध गरौँ । त्यस्तै कृषि औद्योगिकरणमा पनि हामीले फोकस गर्नुपर्छ,’ सांसद ढकालले भने ।