मुख्य समाचार
संवैधानिक परिषद्‌माथि नियन्त्रण राख्नका निम्ति प्रधानमन्त्री बालेन शाहले संसद् आह्वान र स्थगितको प्रपञ्च रचेको टिप्पणी
संवैधानिक परिषद्‌माथि नियन्त्रण राख्नका निम्ति प्रधानमन्त्री बालेन शाहले संसद् आह्वान र स्थगितको प्रपञ्च रचेको टिप्पणी

। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संवैधानिक परिषद्‌माथि नियन्त्रण राख्नका निम्ति प्रधानमन्त्री बालेन शाहले संसद् आह्वान र स्थगितको प्रपञ्च रचेको टिप्पणी गरेका छन् ।

सिंहदरबास्थित कांग्रेस संसदय दलको बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले बालेनलाई पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग तुलना गर्दै यस्तो टिप्पणी गरेका हुन् ।

‘संवैधानिक परिषद्‌माथि आफ्नो नियन्त्रण राख्नका निम्ति संसद् आह्वान गर्ने, संसद् बन्द गर्ने सबै प्रपञ्च रचिएको छ । अगाडिको प्रधानमन्त्रीले ठ्याक्कै यही गर्नुभएको हो,’ सभापति थापाले भने, ‘त्यो बेला हामीले रोक्यौं । अहिले हामीले रोक्न सकेनौं । किनकी अध्यादेश बनेर गयो । अगाडिका प्रधनमन्त्रीले गरेको आफ्ना मान्छे ल्याउन चलाएको भन्दा के फरक हो यो ?’

सभापति थापाले नेकपा एमालेका अध्यक्ष ओलीले सरकारको नेतृत्वा हुँदा आफ्ना मान्छे नियुक्तिका लागि गरेको जालझेलजस्तै प्रधानमन्त्री बालनेले पनि जालझेल गरेको दाबी गरे । ‘योभन्दा अगाडिका प्रधानमन्त्रीले आफ्ना मान्छे नियुक्त गर्नका लागि पूरै जालझेल गर्नुभयो,’ उनले ओलीको नाम उल्लेख नगरी भने, ‘अहिलेका प्रधनमन्त्रीले पनि त्यही कुरा गर्नुभयो । जालझेल गर्दै हुनुहुन्छ ।’

सभापति थापाले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशप्रति आपत्ति जनाउँदै संसद्मा प्रश्न उठाउने पनि बताए । ‘यो आपत्तिजनक छ । यसमा नेपाली कांग्रेस पार्टीको प्रश्न छ, यसमा असहमति छ यो कुरा हामीले यहाँ राखेका छौं,’ उनले भने, ‘हाम्रा साथीहरूले यसलाई संसद्मा राख्नुहुन्छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले रिमोट वर्कका लागि कानुनी तथा प्राविधिक तयारी पूरा भइसकेको बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले रिमोट वर्कसम्बन्धी सूचना प्रणाली विकास भइसकेको र नीतिगत निर्णय भई कार्यान्वयनको अन्तिम तयारीमा रहेको बताएका हुन् । बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री तिमिल्सिनाले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले नेपाललाई ‘टेक हब’ ...
— एक सातायता पाल्पामा विषालु च्याउ सेवन गरेर दुई जनाको मृत्यु भएको छ भने दर्जनभन्दा बढी बिरामी भएका छन् । जंगलबाट खोजेर ल्याएको च्याउ पकाएर खाएका रम्भा गाउँपालिका–५, ताहुँ ओमभन्ज्याङ नजिकैका ६६ वर्षीया विनिमाया कामु मगर र ३७ वर्षीया बालकुमारी खाम्चाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुवैको उपचारका क्रममा तानसेनस्थित मिसन अस्पतालमा मृत्यु भएको हो ...
। पोखराको फेवातालमा डुबेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका–११ काहुँखोला बस्ने अन्दाजी २७ वर्षीय रिवाज गुरुङ्ग छन् । उनी हिजो फेवातालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । उनी हराएको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल २४ नम्बर गण कालिकाबाट गोताखोरसहित १३ जनाको टोली परिचालित भएको थियो । सशस्त्र प्रहरी सहायक निरीक्षक ...
— कांग्रेसका सभापति गगनकुमार थापाले मधेश प्रदेशमा कांग्रेस नेतृत्वकै सरकारले निरन्तरता पाउने बताएका छन् । बर्दिबासमा बुधबार आयोजित ‘नेपाली कांग्रेस प्रदेश र स्थानीय तह केन्द्रित मधेस प्रदेशस्तरीय भेला’ एवं ‘जरा अभियान’लाई सम्बोधन गर्दै सभापति थापाले मधेस प्रदेश सरकारको नेतृत्वमा कांग्रेसले निरन्तरता दिने बताएका हुन् । सभापति थापाले कांग्रेस पार्टी र नेताको हरेक गतिविधिलाई सामाजिक आन्दोलनसँग जोडेर अगाडि ...
। सर्वोच्च अदालतका पूर्व न्यायाधीश हरिगोविन्द सिंह प्रधानको निधन भएको छ । उनको बुधबार निधन भएको हो । उनको निधनको शोकमा आज विहीबार सर्वोच्च अदालतका इजलास सञ्चालन नहुने सर्वोच्च प्रशासनले जनाएको छ ।