मुख्य समाचार
पेरिस सेन्ट जर्मेन (पीएसजी) युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनलमा
पेरिस सेन्ट जर्मेन (पीएसजी) युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनलमा

। साविक विजेता फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको छ ।

गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा बायर्न म्युनिखसँग १–१ को बराबरी खेलेर समग्रमा ६–५ को जित निकाल्दै पेरिस सेन्ट-जर्मेनले उपाधि रक्षा गर्ने यात्रालाई निरन्तरता दिएको हो ।

म्युनिखको एलियान्ज एरिनामा भएको खेलमा पेरिस सेन्ट-जर्मेनका लागि उस्मान डेम्बेलेले तेस्रो मिनेटमै गोल गरेका थिए । भिचा भरात्स्खेलियाको उत्कृष्ट दौड र पासमा डेम्बेलेले शक्तिशाली प्रहार गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

घरेलु टोली बायर्न त्यसपछि खेलमा फर्किन लगातार प्रयासरत रह्यो । ह्यारी केनलाई पेरिसको रक्षापंक्तिले धेरैजसो समय नियन्त्रणमा राख्यो । पहिलो हाफमा बायर्नले पेनाल्टीको माग गरे पनि रेफ्रीले अस्वीकार गरेका थिए ।

दोस्रो हाफमा पनि पेरिस सेन्ट-जर्मेनले केही राम्रो अवसर सिर्जना गरेको थियो । डिजायर डुए नजिक पुगे पनि बायर्नका गोलरक्षक मानुएल नोयरले उत्कृष्ट बचाउ गरे ।

खेलको इन्जुरी समयमा ह्यारी केनले अल्फोन्सो डेभिसको पासमा गोल गर्दै खेल १–१ को बराबरीमा पुर्‍याए । तर त्यो गोल बायर्नलाई फाइनल पुग्न पर्याप्त भएन ।

यससँगै पेरिस सेन्ट-जर्मेनले अब उपाधिका लागि आर्सनलसँग खेल्नेछ । फाइनल खेल मे ३० मा बुडापेस्टमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...