मुख्य समाचार
निर्माणाधीन रोल्वालिङ खोला जलविद्युत् आयोजना १० महिनादेखि ठप्प
निर्माणाधीन रोल्वालिङ खोला जलविद्युत् आयोजना १० महिनादेखि ठप्प

— जग्गा भोगाधिकारमा भएको ढिलाईका कारण निर्माणाधीन रोल्वालिङ खोला जलविद्युत् आयोजना १० महिनादेखि ठप्प छ । सरकारले संरक्षण क्षेत्रको जग्गा भोगाधिकार आयोजनालाई दिन ढिलाई गरेपछि निर्माणसम्बन्धी काम रोकिएको हो ।

२२ मेगावाट क्षमताको यो आयोजना माथिल्लो तामाकोसी जलविद्युत् कम्पनीले बनाइरहेको छ । बिगु गाउँपालिका–१ र गौरीशंकर गाउँपालिका–९ गौरीशंकर संरक्षण क्षेत्रमा आयोजना निमार्णाधीन छ ।

२० असार २०८२ मा संरक्षण क्षेत्रले जग्गा भोगाधिकार लिएर आउन भन्दै पत्र पठाएपछि आयोजना निर्माण बन्द भएको थियो । सरकारी लगानी रहेको आयोजना संरक्षण क्षेत्रको जग्गा भोगाधिकारका लागि वन मन्त्रालयले पुरक वातावरणीय व्यवस्थापन योजना स्विकृती भैसकेको माथिल्लो तामाकोसी जलविद्युत् कम्पनीका कार्यवाहक कार्यकारी प्रमुख पूर्णगोपाल रञ्जितले बताए । ‘जग्गा भोगाधिकारका लागि राष्ट्रिय निकुञ्ज विभाग फाई बुझाईसकेका छौं,’ उनले भने, ‘उर्जा मन्त्रालय र विद्युत् विकास विभाग हुँदै रफ्तारमा काम भए आउँदा २/३ हप्तामा मन्त्रिपरिषद्बाट जग्गा भोगाधिकार पाउँछौं, त्यसपछि आयोजनाको कामले गति लिने छ ।’ विगतमा वनसँग जग्गा भोगाधिकार र निमार्णको काम पनि हुने गरेको उनले बताए ।

तर, रोल्वालिङमा भने समस्या आएकाले जग्गा भोगाधिकारमा समस्या आएकाले ढिलाई भएको उनले बताए । २०७९ सालमा आयोजनाको काम सुरु भएर ४ वर्षमा अर्थात यो वर्ष सम्पन्न हुनुपर्ने हो । तर, जग्गा भोगाधिकारको ढिलाईले आयोजनाको काम धकेलिएको छ । संशोधित नयाँ तालिकाअनुसार आयोजना २०८५/०८६ मा सम्पन्न हुनेगरी समय थपिएको छ ।

माथिल्लो तामाकोसी प्रवर्द्धक रहेको आयोजनाको सिभिलतर्फको कामको जिम्मा चिनियाँ कम्पनी एसएससीई र नेपाली निर्माण कम्पनी हाई हिमालयन हाइड्रोले संयुक्त रुपमा पाएका थिए । सुरुमा ६.२ किलोमिटर सुरुङ निर्माण गरेर रोल्वालिङ खोलाको पानी डाइभर्सन गरेर माथिल्लो तामाकोसीको बाँधमा हालिने थियो । तर, आयोजनाको मोडल परिवर्तन गरेर रोल्वालिङबाट थप २२ मेगावाट विद्युत उत्पादन गरेर पानी बाँधमा पठाउने गरी बनाउन थालिएको हो ।

सुख्खायाममा माथिल्लो तामाकोसीले ४ घण्टा मात्रै पिकिङ आवरमा ४५६ मेगावाट विद्युत् उत्पादन गर्दै आएको छ । रोल्वालिङ खोलाको पानी मिसाएपछि दैनिक ६ घण्टा पिकिङ आवरमा पूर्ण क्षमतामा विद्युत् उत्पादन हुने प्रमुख रञ्जितले बताए ।

निर्माणमा ढिलाई हुँदा माथिल्लो तामाकोसीले पिकिङ आवरमा उत्पादन हुने विद्युत् उत्पादन गुमाएको मात्रै छैन, थप २२ मेगावाट विद्युत् उत्पादन पनि ३ वर्ष पछाडि धकेलिएको छ । जसका कारण आयोजना थप ऋणमा फस्ने अवस्था छ । रोल्वालिङ खोला आयोजना निमार्णका लागि ८ अर्ब लागत अनुमान गरिएको छ ।

आयोजनाको भौतिक प्रगति ८० प्रतिशत पुग्नु पर्नेमा जग्गा भोगाधिकारमा भएको ढिलाईले हालसम्म जम्मा २० प्रतिशत मात्रै भौतिक प्रगति भएको छ ।

सडक पहुँच नभएका कारण हेलिकोप्टरमार्फत निर्माण कम्पनीले आवश्यक उपकरणका सामग्री ढुवानी गरेर गौरीशंकर–९ रिकुमा पुर्‍याएको छ । तर, आयोजनाको जग्गा भोगाधिकारमा ढिलाई हुँदा रिकुमा उपकरणहरू खियाँ लागेर थन्किएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले रिमोट वर्कका लागि कानुनी तथा प्राविधिक तयारी पूरा भइसकेको बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले रिमोट वर्कसम्बन्धी सूचना प्रणाली विकास भइसकेको र नीतिगत निर्णय भई कार्यान्वयनको अन्तिम तयारीमा रहेको बताएका हुन् । बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री तिमिल्सिनाले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले नेपाललाई ‘टेक हब’ ...
— एक सातायता पाल्पामा विषालु च्याउ सेवन गरेर दुई जनाको मृत्यु भएको छ भने दर्जनभन्दा बढी बिरामी भएका छन् । जंगलबाट खोजेर ल्याएको च्याउ पकाएर खाएका रम्भा गाउँपालिका–५, ताहुँ ओमभन्ज्याङ नजिकैका ६६ वर्षीया विनिमाया कामु मगर र ३७ वर्षीया बालकुमारी खाम्चाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुवैको उपचारका क्रममा तानसेनस्थित मिसन अस्पतालमा मृत्यु भएको हो ...
। पोखराको फेवातालमा डुबेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका–११ काहुँखोला बस्ने अन्दाजी २७ वर्षीय रिवाज गुरुङ्ग छन् । उनी हिजो फेवातालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । उनी हराएको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल २४ नम्बर गण कालिकाबाट गोताखोरसहित १३ जनाको टोली परिचालित भएको थियो । सशस्त्र प्रहरी सहायक निरीक्षक ...
— कांग्रेसका सभापति गगनकुमार थापाले मधेश प्रदेशमा कांग्रेस नेतृत्वकै सरकारले निरन्तरता पाउने बताएका छन् । बर्दिबासमा बुधबार आयोजित ‘नेपाली कांग्रेस प्रदेश र स्थानीय तह केन्द्रित मधेस प्रदेशस्तरीय भेला’ एवं ‘जरा अभियान’लाई सम्बोधन गर्दै सभापति थापाले मधेस प्रदेश सरकारको नेतृत्वमा कांग्रेसले निरन्तरता दिने बताएका हुन् । सभापति थापाले कांग्रेस पार्टी र नेताको हरेक गतिविधिलाई सामाजिक आन्दोलनसँग जोडेर अगाडि ...
। सर्वोच्च अदालतका पूर्व न्यायाधीश हरिगोविन्द सिंह प्रधानको निधन भएको छ । उनको बुधबार निधन भएको हो । उनको निधनको शोकमा आज विहीबार सर्वोच्च अदालतका इजलास सञ्चालन नहुने सर्वोच्च प्रशासनले जनाएको छ ।