मुख्य समाचार
पूर्वसदस्यसचिव घिसिङद्वारा च्याम्पियन टिम पुरस्कृत
पूर्वसदस्यसचिव घिसिङद्वारा च्याम्पियन टिम पुरस्कृत

— राष्ट्रिय खेलकुद परिषद्का निवर्तमान सदस्य–सचिव टंकलाल घिसिङले एसिया रग्बी फिप्टिन्स इमिरेट्स महिला च्याम्पियनसिपको उपाधि विजेता जापानलाई पुरस्कृत गरेका छन् ।

एसिया रग्बीका उपाध्यक्ष समेत रहेका घिसिङ अतिथिका रूपमा कार्यक्रममा सहभागी भएका थिए ।

काजकिस्तानको अल्माटीमा जारी प्रतियोगितामा एसियाका शीर्ष तीन वरीयतामा रहेका राष्ट्र जापान, हङकङ चाइना र काजकिस्तानले प्रतिस्पर्धा गरेका थिए । सिंगल राउन्ड रोबिनका आधारमा भएको प्रतियोगितामा जापानले पहिलो खेलमा काजकिस्तान र दोस्रोमा हङकङ चाइनालाई पराजित गर्दै उपाधि जितेको हो । लिगको अन्तिम खेल काजकिस्तान र हङकङबीच १० मेमा हुनेछ ।

‘अल्माटीमा आयोजित एसिया रग्बीमा पुरस्कार वितरण गर्न पाउँदा सम्मानित भएको महसुस गरेको छु । जापानलाई जितका लागि बधाई छ । जापानको टिमवर्क र जोशले साँच्चै एसियाली रग्बीमा उत्कृष्टताको मानक तय गरेको छ,‘ पुरस्कार वितरणपछि घिसिङले फेसबुकमा लेखेका छन् । यस च्याम्पियनसिपले एसियाभरि महिला रग्बीको स्थिर प्रगति र बढ्दो स्तरलाई प्रतिबिम्बित गर्नुका साथै सबै तहमा खेललाई विकास गर्न उनले साझा प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— कांग्रेसका सभापति गगनकुमार थापाले संविधान र कानुनविपरीत सरकारले ल्याएको अध्यादेश सच्याउने गरी संसद्‍मा प्रस्तुत हुन पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् । बुधबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा बोल्दै उनले उक्त निर्देशन दिएका हुन् । सरकारले ल्याएको अध्यादेश प्रतिस्थापन विधेयकको रुपमा संसद्‌मा आउने भएकाले त्यसमा रहेका संविधान, कानुनविपरीतका प्रावधान सच्याउने गरी सांसदहरुलाई प्रस्तुत हुन ...
— सुकुमवासी बस्ती हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिट बुधबार पनि सरेको छ । न्यायाधीशद्धय शारंगा सुवेदी र शान्तिसिंह थापाको इजलासमा बुधबार पेसी रहेको मुद्दामा काठमाडौं महानगरपालिकाले तयारी नपुगेको भनि समय मागेपछि सरेको हो । यसअघि मंगलबार पनि लगाउमा राख्ने आदेश भएको भन्दै आजका लागि मुद्दा सारिएको थियो । सर्वोच्चले अर्को पेसी बिहीबारका लागि ...
: प्रहरीले सुनसरी, बराहक्षेत्र नगरपालिका–२ पुल्ठेगौडाबाट १४८ किलो अवैध लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत सुपोल बिहार राज्य बीरपुर बस्ने २१ वर्षीय मो. सदाम र १८ वर्षीय किशोर रहेका छन् । इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरीले चतराबाट तेह्रआर्डीतर्फ आउँदै गरेको बीआर ०७ पिसि ४७६५ नम्बरको एम्बुलेन्समा सवार उनीहरूलाई ...
— कांग्रेसका सभापति गगन थापाले असन्तुष्ट पक्षलाई केन्द्रीय कार्यसमितिमा समेट्ने तयारी गरेका छन् । तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइरालासँगको संवादपछि उनी मनोनयन प्रक्रियामा अघि बढेका हुन् । बुधबार बिहान थापा र उपसभापति विश्वप्रकाश शर्माले खड्कासँग भेट गरेका थिए । त्यसअघि सोमबार थापाले कोइरालासँग पनि छलफल गरेका थिए । भेटवार्ता सकारात्मक बनेपछि विशेष ...
: वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाई दिन्छु भन्दै लाखौं रकम ठगी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका–११ बस्ने बागलुङ काठेखोला गाउँपालिका–३ घर भएका २२ वर्षीय सन्दिप थापा मगर, काठमाडौं महानगरपालिका–३ बस्ने ४३ वर्षीय निरबहादुर कार्की, काठमाडौं महानगरपालिका–९ बस्ने सर्लाही चक्रघट्टा गाउँपालिका–२ घर भएका ३९ ...