मुख्य समाचार
इन्धन लागत बढ्दा मध्य पूर्वी देशमा एयरलाइन्सले बढाए भाडा
इन्धन लागत बढ्दा मध्य पूर्वी देशमा एयरलाइन्सले बढाए भाडा

: मलेसियाका एक सेवा निवृत्त प्रविधि उद्यमी थियोडोर सामान्यतया आफ्नो परिवारको वार्षिक दक्षिण कोरिया र जापान भ्रमणका लागि हतारमा टिकट बुक गर्दैनन् । उनी राम्रो अफर पर्खन मन पराउँछन् ।

तर यस वर्ष, जेट इन्धनको मूल्य तीव्र रूपमा बढेपछि र विश्वभर हजारौं उडानहरू रद्द हुन थालेपछि, उनले छिट्टै आफ्नो यात्रा योजना सुरक्षित गर्न आवश्यक ठाने । सधैं बजेट एयरलाइन्स रोज्ने उनी यस पटक कोरियन एयर र मलेसिया एयरलाइन्सबाट अगस्ट र सेप्टेम्बरका लागि टिकट बुक गरे । उनको विचारमा, फुल–सर्भिस एयरलाइन्सले अन्तिम समयमा उडान रद्द गर्ने सम्भावना कम हुन्छ ।

‘मैले भाडा बढिरहेको देखें, बजेट एयरलाइन्सले बारम्बार उडान रद्द गरिरहेको देखें, त्यसैले पछि झन्झट नहोस् भनेर निर्णय गरें’, साइबरजायामा बस्ने ५० वर्षीय तीन सन्तानका पिता थियोडोरले भने । ‘यस्ता समस्याबाट टाढा रहनु जीवनको गुणस्तर सुधार्नु जस्तै हो’, उनले थपे ।

अमेरिका र इरानबीचको तनावका कारण होर्मुज जलडमरू मार्ग बन्द जस्तै अवस्थामा पुगेको करिब १० हप्ता हुन लागेको छ, जसले गर्दा विश्वव्यापी हवाई यात्रा गम्भीर रूपमा प्रभावित भएको छ । जेट इन्धनको मूल्य फेब्रुअरी अन्त्यदेखि ८० प्रतिशतभन्दा बढीले बढेको छ । यसको असर एयरलाइन्सहरूले भाडा बढाएका छन्, उडान घटाएका छन्, वा दुवै गरेका छन् ।

सबैभन्दा ठूलो असरको उदाहरणका रूपमा, अमेरिकाको बजेट एयरलाइन्स स्पिरिट एयरलाइन्सले शनिबार स्थायी रूपमा सेवा बन्द गर्ने घोषणा गर्‍यो, जसको मुख्य कारण उच्च इन्धन लागत मानिएको छ । एभिएसन डेटा कम्पनी सिरियमका अनुसार, अमेरिका, चीन, जापान, अष्ट्रेलिया र युरोपलगायत विभिन्न बजारहरूमा जुन १ देखि सेप्टेम्बर ३० सम्मका लागि ९.३ मिलियन सिट कटौती गरिएको छ ।

मध्यपूर्वमा सबैभन्दा धेरै असर परेको छ, जहाँ इरानी आक्रमणपछि दुबई र दोहा जस्ता हबहरूमा हवाई क्षेत्र बन्द हुँदा उड्डयन क्षेत्र अझै प्रभावित छ । कतार एयरवेजले मात्रै जुनदेखि अक्टोबरसम्मका लागि २० लाख सिट घटाएको छ भने एमिरेट्स र एतिहाद एयरवेजले क्रमशः ७ लाख र ४.५ लाख सिट कटौती गरेका छन् ।

उपलब्ध उडानहरूको टिकट भाडा भने धेरै स्थानमा युद्धअघिको तुलनामा उल्लेखनीय रूपमा बढेको छ । अमेरिकाबाट अन्तर्राष्ट्रिय उडानको औसत भाडा अप्रिल अन्तिम साता १,१०१ डलर पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १६ प्रतिशत बढी हो । अमेरिकाभित्रका घरेलु उडानहरूमा भाडा अझै तीव्र रूपमा बढेको छ- वर्ष–दर–वर्ष २४ प्रतिशतले ।

नर्वेको एभिएसन कन्सल्टेन्सी विनएयरका संस्थापक हान्स जोर्गेन एल्नेसका अनुसार, युरोप र एशियाबीच केही मार्गहरूमा भाडा पाँच गुणासम्म बढेको छ । अन्तर्राष्ट्रिय हवाई यातायात संघका अनुसार, मार्च महिनामा अन्तर्राष्ट्रिय यात्रु माग ०.६ प्रतिशतले घटे पनि धेरै देशहरूको घरेलु बजार बलियो हुँदा कुल माग २ प्रतिशतभन्दा बढीले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम