मुख्य समाचार
प्राडा जगदीशप्रसाद अग्रवाललाई प्रधानमन्त्री वालेन्द्र शाहको अवैतनिक स्वास्थ्य सल्लाहकारमा नियुक्त
प्राडा जगदीशप्रसाद अग्रवाललाई प्रधानमन्त्री वालेन्द्र शाहको अवैतनिक स्वास्थ्य सल्लाहकारमा नियुक्त

— सरकारले वरिष्ठ चिकित्सक एवं चिकित्सा शिक्षाविद् प्राडा जगदीशप्रसाद अग्रवाललाई प्रधानमन्त्री वालेन्द्र शाहको अवैतनिक स्वास्थ्य सल्लाहकारमा नियुक्त गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डा. अग्रवाललाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो । त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) का पूर्वडीनसमेत रहनुभएका डा अग्रवालले मुलुकको स्वास्थ्य नीति, सार्वजनिक स्वास्थ्यका चुनौती र चिकित्सा शिक्षाको सुधारका लागि प्रधानमन्त्रीलाई आवश्यक परामर्श दिने छन् ।

उक्त नियुक्तिबारे जानकारी दिँदै प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले भनिन्, 'स्वास्थ्य क्षेत्रका अनुभवी र विज्ञ व्यक्तित्व प्राडा अग्रवालको नियुक्तिले प्रधानमन्त्रीज्यूलाई मुलुकको स्वास्थ्य नीति र सेवा सुधारका लागि महत्त्वपूर्ण प्राविधिक सहयोग र सुझाव प्राप्त हुने विश्वास लिएका छौँ । आइओएम जस्तो गरिमामय संस्थाको नेतृत्व गरिसक्नुभएका उहाँले अवैतनिक रूपमा आफ्नो विज्ञता र समय राज्यलाई उपलब्ध गराउनुहुनेछ ।'

प्रधानमन्त्री शाहले सार्वजनिक स्वास्थ्यलाई आफ्नो कार्यकालको मुख्य प्राथमिकतामा राख्नुभएको सन्दर्भमा डा अग्रवालको नियुक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ । डा अग्रवालले राज्यबाट कुनै पनि पारिश्रमिक वा आर्थिक सुविधा नलिई केवल विशेषज्ञको रूपमा आफ्नो सेवा पुर्‌याउनुहुनेछ ।'

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सुकुमवासी बस्ती हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिट बुधबार पनि सरेको छ । न्यायाधीशद्धय शारंगा सुवेदी र शान्तिसिंह थापाको इजलासमा बुधबार पेसी रहेको मुद्दामा काठमाडौं महानगरपालिकाले तयारी नपुगेको भनि समय मागेपछि सरेको हो । यसअघि मंगलबार पनि लगाउमा राख्ने आदेश भएको भन्दै आजका लागि मुद्दा सारिएको थियो । सर्वोच्चले अर्को पेसी बिहीबारका लागि ...
: प्रहरीले सुनसरी, बराहक्षेत्र नगरपालिका–२ पुल्ठेगौडाबाट १४८ किलो अवैध लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत सुपोल बिहार राज्य बीरपुर बस्ने २१ वर्षीय मो. सदाम र १८ वर्षीय किशोर रहेका छन् । इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरीले चतराबाट तेह्रआर्डीतर्फ आउँदै गरेको बीआर ०७ पिसि ४७६५ नम्बरको एम्बुलेन्समा सवार उनीहरूलाई ...
— कांग्रेसका सभापति गगन थापाले असन्तुष्ट पक्षलाई केन्द्रीय कार्यसमितिमा समेट्ने तयारी गरेका छन् । तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइरालासँगको संवादपछि उनी मनोनयन प्रक्रियामा अघि बढेका हुन् । बुधबार बिहान थापा र उपसभापति विश्वप्रकाश शर्माले खड्कासँग भेट गरेका थिए । त्यसअघि सोमबार थापाले कोइरालासँग पनि छलफल गरेका थिए । भेटवार्ता सकारात्मक बनेपछि विशेष ...
: वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाई दिन्छु भन्दै लाखौं रकम ठगी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका–११ बस्ने बागलुङ काठेखोला गाउँपालिका–३ घर भएका २२ वर्षीय सन्दिप थापा मगर, काठमाडौं महानगरपालिका–३ बस्ने ४३ वर्षीय निरबहादुर कार्की, काठमाडौं महानगरपालिका–९ बस्ने सर्लाही चक्रघट्टा गाउँपालिका–२ घर भएका ३९ ...
: जिल्ला प्रशासन कार्यालयले अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको विवरण तीन दिनभित्र उपलब्ध गराउन स्थानीय तहहरूलाई पत्राचार गरेको छ । जिल्लाका १० वटै स्थानीय तहलाई पत्राचार गर्दै अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको अद्यावधिकसहित विवरण पेस गर्न भनिएको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जानकारी दिए । पत्रमा अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा पहिचान गरी उक्त जग्गाको ...