मुख्य समाचार
क्यानका उपाध्यक्ष रोशन सिंहसहित ९ जनाले राष्ट्रिय खेलकुद परिषद (राखेप) मा क्यानको आर्थिक पारदर्शिताको छानबिनको माग राख्दै निवेदन
क्यानका उपाध्यक्ष रोशन सिंहसहित ९ जनाले राष्ट्रिय खेलकुद परिषद (राखेप) मा क्यानको आर्थिक पारदर्शिताको छानबिनको माग राख्दै निवेदन

: नेपाल क्रिकेट संघ (क्यान) को कार्यसमितिभित्रको विवाद उत्कर्षमा पुगेको छ । क्यानका उपाध्यक्ष रोशन सिंहसहित ९ जनाले राष्ट्रिय खेलकुद परिषद (राखेप) मा क्यानको आर्थिक पारदर्शिताको छानबिनको माग राख्दै निवेदन बुझाएका छन् ।

आफ्नै संस्थामा भइरहेको कार्यप्रति असन्तुष्ट पक्षले कानुनी तथा संस्थागत आधारमा नेपाल क्रिकेट संघको निर्धारित समय सीमाभित्र लेखा परीक्षण प्रतिवेदन तथा आर्थिक वर्षको वार्षिक कार्यक्रम र बजेट पेशको समेत आफूहरुलाई जानकारी नगराएको भन्दै राखेपको पत्रमा उल्लेख गरिएको छ ।
कानुनी दायरा अनुसार लेखा परीक्षण गर्नका लागि कार्यसमितिको सदस्यहरूलाई जानकारी गराई कार्यसमितिबाट पारित गराउनुपर्ने तर त्यो नगराई अध्यक्ष तथा सचिव समूहले एकलौटी रुपमा लेखा परीक्षण पास गराएको समेत उक्त पत्रमा उल्लेख गरिएको छ ।

क्यानभित्र वित्तीय पारदर्शिता र उत्तरदायित्वको उल्लंघन भएको बोर्ड निर्णयको अवहेलना तथा संस्थागत अनुशासनमा कमी आएको सूचनाको हकको प्रत्यक्ष उल्लंघन गरिएको लेखा परीक्षण तथा निर्णय प्रक्रियामा गम्भीर अनियमितता तथा राष्ट्रिय खेलकुद विकास ऐन २०७७ बमोजिमको दायित्व समेत उल्लंघन गरिएको भन्दै उपाध्यक्ष समूहले राखेपमा पत्र बुझाएको हो ।

पत्रमा समूहले क्यानको साधारण सभा समयमा सम्पन्न हुन नसकेको र नवीकरण समेत नभएको उल्लेख गरेको छ । यही विषयहरु उपर ध्यानाकर्षण गराउँदै उपाध्यक्ष रोशन सिंह समूहले वैशाख २१ गते हस्ताक्षरसहित राखेपमा आफ्नो मागहरूको छानबिन गरी समस्या समाधान गर्न राखेपको ध्यानाकर्षण गराएका छन् ।

उपाध्यक्षसहित केन्द्रीय सदस्यहरू प्रदिप मजगैंया, माधव कर्मचार्य, वीरेन्द्र चन्द, अर्जुन पौडेल, जयन्ती भट्ट, दिवाकर घले, दुर्गाराज पाठक र विक्रम बिष्टले निवेदनमा हस्ताक्षर गरेका छन् । यो समूहले बारम्बार आफूहरूलाई जानकारी नदिई क्यानको लेखा परीक्षण गराइएको र आर्थिक अपारदर्शिता भइरहेको भन्दै बोर्ड बैठक समेत बारम्बार बहिष्कार गर्दै आइरहेको थियो । सोही विषय बाहिर आएपछि क्यानले नेपाल प्रिमियर लिग (एनपीएल) को दुवै संस्करणको आम्दानी र खर्चको विवरण क्यानले सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...