मुख्य समाचार
राज्यकोषबाट दोहोरो र असीमित सुविधा लिने प्रवृत्तिलाई नियन्त्रण गर्न सरकारले सक्रियता
राज्यकोषबाट दोहोरो र असीमित सुविधा लिने प्रवृत्तिलाई नियन्त्रण गर्न सरकारले सक्रियता

— राज्यकोषबाट दोहोरो र असीमित सुविधा लिने प्रवृत्तिलाई नियन्त्रण गर्न सरकारले सक्रियता देखाएको छ । यही क्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पूर्वविशिष्ट पदाधिकारीले प्रयोग गरिरहेको सवारी साधनको यथार्थ विवरण आजै उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

प्रधानमन्त्री कार्यालयद्वारा गरिएको पछिल्लो अध्ययनले केही पूर्वविशिष्ट पदाधिकारीहरूले कानुनले तोकेकोभन्दा बढी सवारीसाधन प्रयोग गरेको वा फरकफरक निकायबाट दोहोरो सुविधा लिइरहेका तथ्य फेला पारेपछि गृहसँग विवरण माग गरिएको हो ।

गृहको निर्देशनमा पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश, पूर्वसभामुख र पूर्वराष्ट्रिय सभा अध्यक्षहरूले लिइरहेको सुविधाको पूर्ण विवरण आज कार्यालय समयभित्र इमेलमार्फत पठाउन ताकेता गरिएको छ ।

यस कदमबारे जानकारी दिँदै प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले राज्यकोषको दुरुपयोग रोक्न र सुशासन कायम गर्न सरकारले कडाइका साथ विवरण माग गरेको बताइन् । उनका अनुसार कानुनले तोकेभन्दा बाहिर गएर लिइएका सुविधाको पहिचान गरी प्रणालीलाई पारदर्शी बनाउनु यो निर्देशनको उद्देश्य हो ।

विगत लामो समयदेखि पूर्वविशिष्टहरूले मापदण्डविपरीत सरकारी स्रोतसाधनको प्रयोग गरिरहेका भन्दै आलोचना भइरहेका बेला सरकारले यो सक्रियता देखाएको हो । गृह मन्त्रालयबाट प्राप्त हुने विवरणका आधारमा मापदण्डभन्दा बढी सुविधा लिनेको सवारीसाधन फिर्ता गर्ने र सुविधासम्बन्धी प्रक्रियालाई थप व्यवस्थित बनाउने सरकारको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पत्थरीको शल्यक्रिया गरेपछि पूर्णरुपमा स्वस्थ भइसकेका छैनन् । उनी पूर्णरुपमा स्वस्थ नभएपछि एमालेका राजनीतिक गतिविधि ठप्पप्रायः छन् । पत्थरीको शल्यक्रियापछि बैशाख ४ मा डिस्चार्ज भएका उनी भक्तपुर गुन्डुस्थित निवासमा आराम गरिरहेका छन् । शल्यक्रिया गरेको घाउ पूर्णरुपमा निको नभएकाले उनले राजनीतिक भेटघाटसमेत बन्द गरेका छन् । जेन-जी आन्दोलनमा ...
: अमेरिकाले युरोपमा ठूलो सैन्य उपस्थिति बढाइरहेको छ । अमेरिकाले युरोपमा दर्जनौं सैन्य अड्डा गरेको अनुसन्धानकर्ताले जनाएका छन् । यी अड्डाहरूमा ८० हजार बढी सैनिक तैनाथ छन् । दोस्रो विश्वयुद्धपछि अमेरिकी सेनाको उपस्थिति युरोपको सुरक्षाको मेरुदण्ड जस्तै रहँदै आएको छ। यो उपस्थिति मुख्य रूपमा जर्मनी, इटली, बेलायत र पोल्याण्डमा केन्द्रित छ । काउन्सिल अन फरेन रिलेसन्सका ...
— हिमाली जिल्ला डोल्पामा जेठ १० देखि एक महिनासम्म यार्सागुम्बा संकलन खुला गरिने भएको छ। सदरमुकाम दुनैमा मंगलबार बसेको सर्वपक्षीय सर्वदलीय बैठकले जिल्लाका सबै पाटन एक महिनाका लागि खुला गर्ने निर्णय गरेको हो । जिल्ला स्तरमा बसेको सरोकारवालाको बैठकले यार्सागुम्बा संकलन मिति तोक्नुका साथै संकलन कार्यलाई प्रभावकारी बनाउन विभिन्न १२ बुँदे निर्णयसमेत गरेको शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जका ...
: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले खल्तीबाट झिकेका व्यक्तिलाई प्रधानन्यायाधीश बनाउन सरकारले अध्यादेशको प्रपञ्च रचेको आरोप लगाएका छन्। सिंहदरवारमा संसदीय दलको बैठकमा सहभागी भएका उनले सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री वालेन्द्र शाहले जालझेल गरेको बताए। 'प्रधानन्यायाधीश कसलाई बनाउने भन्ने रास्वपाले सोचिसकेको छ। आफ्नो खल्तीबाट झिकेका व्यक्तिलाई प्रधानन्यायाधीश बनाउन अध्यादेशको प्रपञ्च रचिएको छ,' उनले भने, 'पहिलेको प्रधानमन्त्रीले पनि ...
— सिद्धार्थनगरको रोयल कालिङ्गा क्यासिनो प्रवेश गरेर जुवा खेलिरहेको आरोपमा प्रहरीले १९ नेपाली नागरिकलाई नियन्त्रणमा लिएको छ । क्यासिनो नियमावलीविपरीत जुवा खेलिरहेको आरोपमा सिद्धार्थनगर–१० स्थित रोयल कालिङ्गा क्यासिनोबाट मंगलबार राति प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दका अनुसार लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र जिल्ला प्रहरीको संयुक्त टोलीले जुवा ...