: नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ। खड्काको गोल्फुटारस्थित निवासमा उपसभापति विश्वप्रकाश शर्मासहितको उपस्थितिमा भेटवार्ता भएको हो।
कांग्रेसको आन्तरिक विवाद समाधान गर्ने विषयमा उनीहरूबीच छलफल भएको बताइएको छ। खड्काको सचिवालयका अनुसार सभापति थापा र उपसभापति शर्माले पार्टी विवाद समाधान गरेर अघि बढ्ने विषयमा छलफल गरेका थिए।
सर्वोच्च अदालतले थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता प्रदान गरेपछि देउवा समूहले छुट्टै भेला गर्दै आएको छ। देउवा समूहले काठमाडौंसहित देशभरि नै भेला गर्ने जनाएको छ। वर्तमान कार्यसमितिले क्रियासिल सदस्यतालगायतका विषयमा मनोमानी गरिरहेको देउवा पक्षको आरोप छ।
तमाम विवाद समाधान गर्न दुई पक्षबीच सहकार्य गरेर अघि बढ्ने विषयमा छलफल भएको बताइएको छ।