मुख्य समाचार
ट्रम्पले हर्मुज क्षेत्र पुनः सञ्चालन गर्न सुरु गरिएको अमेरिकी अभियान अस्थायी रूपमा रोकिएको घोषणा
ट्रम्पले हर्मुज क्षेत्र पुनः सञ्चालन गर्न सुरु गरिएको अमेरिकी अभियान अस्थायी रूपमा रोकिएको घोषणा

— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज क्षेत्र पुनः सञ्चालन गर्न सुरु गरिएको अमेरिकी अभियान अस्थायी रूपमा रोकिएको घोषणा गरेका छन्।

पाकिस्तानसहित अन्य देशहरूको ‘अनुरोध’ तथा इरानका प्रतिनिधिहरूसँग ‘पूर्ण र अन्तिम सम्झौतामा उल्लेखनीय प्रगति भएको’ भन्दै उनले मंगलबार राति ट्रुथ सोसियल प्लेटफर्ममार्फत यस्तो घोषणा गरेका हुन्।

उनले लेखेका छन्, ‘नाकाबन्दी पूर्ण रूपमा यथावत् रहने भए पनि 'प्रोजेक्ट फ्रिडम' लाई केही समयका लागि स्थगित गर्ने आपसी सहमति भएको छ, ताकि सम्झौता अन्तिम रूपमा टुंग्याएर हस्ताक्षर गर्न सकियोस्।’

खाडी क्षेत्रमा तनाव बढिरहेका बेला ट्रम्पको घोषणा आएको हो। यस विषयमा इरानले भने कुनै प्रतिक्रिया जनाएको छैन। यसअघि ट्रम्पले मंगलबार पत्रकारहरूसँग कुरा गर्दै अमेरिकी सैन्य र आर्थिक दबाबका कारण इरान वार्तामा आउन बाध्य भएको बताएका थिए।

‘इरान सम्झौता गर्न चाहन्छ। तर मलाई मन नपर्ने कुरा के हो भने उनीहरू मसँग सम्मानका साथ कुरा गर्छन्,’ उनको भनाइ छ, ‘अनि टेलिभिजनमा गएर 'हामीले राष्ट्रपतिसँग कुरा गरेका छैनौँ' भन्छन्। उनीहरू खेल खेलिरहेका छन्। तर म भन्छु-उनीहरू सम्झौता गर्न चाहन्छन्। आखिर कसले चाहँदैन? जब तपाईंको सैन्य शक्ति पूर्ण रूपमा कमजोर हुन्छ।’

यसैबीच, अमेरिकी सेनाले केही इरानी डुङ्गा, क्रुज मिसाइल र ड्रोन नष्ट गरेको जनाएको छ। संयुक्त अरब इमिरेट्सले पनि दोस्रो दिन इरानबाट आएका मिसाइल र ड्रोन आक्रमणलाई आफ्नो हवाई प्रतिरक्षा प्रणालीले निष्क्रिय पारेको बताएको छ। त्यस्तै, हर्मुज मार्गमा अर्को एक व्यावसायिक जहाज ‘अज्ञात प्रोजेक्टाइल’बाट प्रहार भएको रिपोर्ट गरिएको छ।

इरानले भने हर्मुज पार गर्न चाहने जहाजका लागि नयाँ प्रणाली लागू गरेको जनाएको छ। यसअनुसार जहाजहरूले पर्सियन गल्फका अधिकारीहरूसँग इमेल ठेगानामार्फत पछिल्ला आवागमन नियमहरूको जानकारी प्राप्त गर्नेछन्।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आइआरजीसी) ले पनि इरानी नियन्त्रण क्षेत्र विस्तार गरिएको नयाँ नक्सा सार्वजनिक गर्दै तोकिएको मार्गमै चल्न चेतावनी दिएको छ, अन्यथा ‘निर्णायक प्रतिक्रिया’ दिइने बताएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम