मुख्य समाचार
सरकारले ल्याएको अध्यादेशमध्ये संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा पार्टीको गम्भीर असहमति रहेकाले संसद बैठकमा यसबारे गम्भीर रुपमा आवाज उठाउन निर्देशन
सरकारले ल्याएको अध्यादेशमध्ये संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा पार्टीको गम्भीर असहमति रहेकाले संसद बैठकमा यसबारे गम्भीर रुपमा आवाज उठाउन निर्देशन

: सिंहदरबारमा बुधबार बसेको कांग्रेस संसदीय दलको बैठकमा सरकारले ल्याएको अध्यादेशमध्ये संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा पार्टीको गम्भीर असहमति रहेकाले संसद बैठकमा यसबारे गम्भीर रुपमा आवाज उठाउन निर्देशन दिइएको पार्टी सभापति गगन थापाले जानकारी दिएका छन् ।

संसदमार्फत संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा ल्याइएको बिषयलाई सच्चाउनका लागि सरकारलाई दवाव दिन कांग्रेस सांसदहरुले आवश्यक भूमिका निर्वाह गर्ने उनको भनाइ छ । सभापति थापाले संवैधानिक निकायहरूमा सरकार प्रमुखको एकलौटी नियन्त्रण राख्नका लागि सरकारले अध्यादेश ल्याएको आरोप समेत लगाए । उनले प्रधानन्यायाधीश कसलाई बनाउने भन्ने पहिले नै तय भइएसकेको भन्दै आफ्नो खल्तीबाट झिकेको नामलाई पारित गराउन जालझेलपूर्ण रुपमा कानून बनाइएको तर्क गरे ।

सभापति थापाले वर्तमान सरकारलाई प्राप्त जनादेशलाई सम्मान गर्ने सबैको जिम्मेवारी भएकाले संविधानको सीमाभित्र रहेर गरेका काममा कांग्रेसले कुनै अवरोध नपुराउने उल्लेख गरे । तर संविधान बिपरितको काममा सरकार अघि बढे सशक्त खवरदारी गर्ने उनको भनाइ छ । उनले पछिल्ला निर्णय हेदा वर्तमान सरकार ठूलो भ्रममा रहेको जस्तो देखिएको जिकिर गरे । त्यस्तै सभापति थापाले भूमिहीन दलित र सुकुमवासीको पहिचान गरि उचित व्यवस्थापन गर्नुपर्नेमा डोजर आतंक मच्चाइएको भन्दै आपत्ति जनाए । उनले नागरिकप्रतिको कर्तव्यलाई नझुल्न समेत सरकारलाई सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सिद्धार्थनगरको रोयल कालिङ्गा क्यासिनो प्रवेश गरेर जुवा खेलिरहेको आरोपमा प्रहरीले १९ नेपाली नागरिकलाई नियन्त्रणमा लिएको छ । क्यासिनो नियमावलीविपरीत जुवा खेलिरहेको आरोपमा सिद्धार्थनगर–१० स्थित रोयल कालिङ्गा क्यासिनोबाट मंगलबार राति प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दका अनुसार लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र जिल्ला प्रहरीको संयुक्त टोलीले जुवा ...
: पर्साको ठोरीबाट चितवनको माडीतर्फ जाँदै गरेको यात्रुबाहक बसबाट प्रतिबन्धित लागू औषधसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनको माडी नगरपालिका–८ का १९ वर्षीय विश्वास परियार रहेका छन् । गत सोमबार ठोरीबाट माडीतर्फ जाँदै गरेको बा.प्र.३–००१ ख २६०४ नम्बरको बसलाई ईलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरी टोलीले ठोरीको चौतारामा रोकेर चेकजाँच गर्ने क्रममा उक्त ...
— इरानका विदेशमन्त्री अब्बास अराघची बुधबार बिहान एक कूटनीतिक प्रतिनिधिमण्डलसहित चीनको राजधानी बेइजिङ पुगेका छन्। इरानी समाचार एजेन्सी तसनीम र फार्सका अनुसार विदेशमन्त्री अराघचीले चीनका विदेशमन्त्रीसँग कुराकानी गर्नेछन्। इरानी मिडिया रिपोर्टअनुसार यस भ्रमणको उद्देश्य दुई देशबीचको द्विपक्षीय सम्बन्ध, क्षेत्रीय तथा विश्वस्तरमा भएका घटनाक्रमबारे छलफल गर्नु रहेको छ। एसोसिएटेड प्रेसका अनुसार अमेरिका र इजरायलतर्फबाट इरानमाथि युद्ध सुरु भएपछि इरानी ...
: नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ। खड्काको गोल्फुटारस्थित निवासमा उपसभापति विश्वप्रकाश शर्मासहितको उपस्थितिमा भेटवार्ता भएको हो। कांग्रेसको आन्तरिक विवाद समाधान गर्ने विषयमा उनीहरूबीच छलफल भएको बताइएको छ। खड्काको सचिवालयका अनुसार सभापति थापा र उपसभापति शर्माले पार्टी विवाद समाधान गरेर अघि बढ्ने विषयमा छलफल गरेका थिए। सर्वोच्च अदालतले थापा नेतृत्वको ...
— प्रधानमन्त्री शाहले गठन गरेको मन्त्रालय पुनःसंरचना समितिले चारवटा मन्त्रालय खारेज गर्न र ६ वटालाई मर्ज गरेर नयाँ मन्त्रालय बनाउन प्रस्ताव गरेको छ । समितिले तयार परेको प्रतिवेदनअनुसार सामान्य प्रशासन मन्त्रालयलाई प्रधानमन्त्री कार्यालयमा राख्न भनिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई कृषि तथा भूमि र सहकारी मन्त्रालय मिसाएर एउटा बनाइने उल्लेख छ । एकीकृत मन्त्रालयको नाम कृषि ...