: माछा मार्ने क्रममा त्रिशूली नदीमा एक जना बेपत्ता भएका छन् । धादिङको बेनीघाट रोराङ गाउँपालिका–६ स्यादुलका ४२ वर्षीय रामकुमार चेपाङ माछा मार्ने क्रममा नदीमा बेपत्ता भएका हुन् ।
प्रहरीका अनुसार चेपाङ आफ्ना दुई छोरासहित माछा मार्न गएका थिए । सोही क्रममा पौडी खेल्ने प्रयास गर्दा उनी त्रिशूली नदीमा डुबेर बेपत्ता भएका हुन्। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ भने बेपत्ताको खोजी कार्य जारी रहेको छ ।