मुख्य समाचार
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने २ हजार २९३ सवारी चालकलाई कारबाही
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने २ हजार २९३ सवारी चालकलाई कारबाही

: ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने २ हजार २९३ सवारी चालकलाई कारबाही गरेको छ।

मंगलबार बिहानसम्म गरिएको कारबाहीमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ११३ जना, राइड सेयरिङ नियम उल्लंघन गर्ने १८४, रातोबत्ती उल्लंघन गर्ने १५७, तीव्र गतिमा सवारी चलाउने १२४, लेन क्रस गर्ने २१९, सडक तथा फुटपाथ अतिक्रमण गर्ने १२३, हर्न निषेध उल्लंघन गर्ने ७३, एकतर्फी सवारी चलाउने १०५ र अन्य कसुरमा १ हजार १९५ जना चालक परेका छन्।

ट्राफिक प्रहरीका अनुसार विभिन्न स्थानमा गरिएको नियमित निगरानी तथा चेकजाँचका क्रममा उनीहरूलाई कारबाही गरिएको हो।



उक्त अवधिमा गरिएको कारबाहीबाट कुल २४ लाख २६ हजार १ रुपैयाँ राजस्व संकलन भएको प्रहरीले जनाएको छ। प्रहरीले मादक पदार्थ सेवन गरी सवारी चलाउनु कानुनविपरीत तथा दण्डनीय कार्य भएको उल्लेख गर्दै यस्ता गतिविधि देखिएमा नजिकको प्रहरी कार्यालय,ट्राफिक कन्ट्रोल रूम (१०३) वा प्रहरी हटलाइन (१००) मा तुरुन्त जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले रिमोट वर्कका लागि कानुनी तथा प्राविधिक तयारी पूरा भइसकेको बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले रिमोट वर्कसम्बन्धी सूचना प्रणाली विकास भइसकेको र नीतिगत निर्णय भई कार्यान्वयनको अन्तिम तयारीमा रहेको बताएका हुन् । बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री तिमिल्सिनाले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले नेपाललाई ‘टेक हब’ ...
— एक सातायता पाल्पामा विषालु च्याउ सेवन गरेर दुई जनाको मृत्यु भएको छ भने दर्जनभन्दा बढी बिरामी भएका छन् । जंगलबाट खोजेर ल्याएको च्याउ पकाएर खाएका रम्भा गाउँपालिका–५, ताहुँ ओमभन्ज्याङ नजिकैका ६६ वर्षीया विनिमाया कामु मगर र ३७ वर्षीया बालकुमारी खाम्चाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुवैको उपचारका क्रममा तानसेनस्थित मिसन अस्पतालमा मृत्यु भएको हो ...
। पोखराको फेवातालमा डुबेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका–११ काहुँखोला बस्ने अन्दाजी २७ वर्षीय रिवाज गुरुङ्ग छन् । उनी हिजो फेवातालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । उनी हराएको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल २४ नम्बर गण कालिकाबाट गोताखोरसहित १३ जनाको टोली परिचालित भएको थियो । सशस्त्र प्रहरी सहायक निरीक्षक ...
— कांग्रेसका सभापति गगनकुमार थापाले मधेश प्रदेशमा कांग्रेस नेतृत्वकै सरकारले निरन्तरता पाउने बताएका छन् । बर्दिबासमा बुधबार आयोजित ‘नेपाली कांग्रेस प्रदेश र स्थानीय तह केन्द्रित मधेस प्रदेशस्तरीय भेला’ एवं ‘जरा अभियान’लाई सम्बोधन गर्दै सभापति थापाले मधेस प्रदेश सरकारको नेतृत्वमा कांग्रेसले निरन्तरता दिने बताएका हुन् । सभापति थापाले कांग्रेस पार्टी र नेताको हरेक गतिविधिलाई सामाजिक आन्दोलनसँग जोडेर अगाडि ...
। सर्वोच्च अदालतका पूर्व न्यायाधीश हरिगोविन्द सिंह प्रधानको निधन भएको छ । उनको बुधबार निधन भएको हो । उनको निधनको शोकमा आज विहीबार सर्वोच्च अदालतका इजलास सञ्चालन नहुने सर्वोच्च प्रशासनले जनाएको छ ।