मुख्य समाचार
जारी आठौं संस्करणको बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा
जारी आठौं संस्करणको बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

: मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौं संस्करणको बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा भएको छ। मंगलबार सहिद स्मृति रंगशालामा भएको खेलमा चित्लाङ एफसीले काठमाडौंकै मछिन्द्र एफसीलाई १-० गोलले हराएसँगै प्रतियोगिताको सेमिफाइनल खेल्ने टोलीको टुंगो लागेको हो।

चित्लाङको जीतमा एरोन थापाले ८६ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। प्लेयर अफ दि म्याच थापा घोषित भए। उनले १० हजार प्राप्त गरे। हारसँगै मछिन्द्र प्रतियोगिताबाट बाहिरिएको छ। मछिन्द्र छैठौं बागमती गोल्डकपको विजेता हो भने गत संस्करणको उपविजेता टोलीसमेत हो। सेमिफाइनल प्रवेश गरेको चित्लाङले बिहीबार सिमराको नव जनजागृती क्लबसँग खेल्नेछ।

प्रतियोगिताको सेमिफाइनल खेलहरू भोलिदेखि सुरु हुनेछ। पहिलो सेमिफाइनलमा भोलि बुधबार फ्रेन्ड्स क्लब, ललितपुर र बागमती युथ क्लब सर्लाहीबीच प्रतिस्पर्धा हुनेछ। फाइनल खेल वैशाख २६ गते हुनेछ। प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख पाउनेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ र विधागत उत्कृष्टहरुले २५-२५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नवोदित खेलाडीको अग्रपंक्तिमा रहने खेलाडी हुन्, १८ वर्षीय स्पेनी स्टाइकर लामिन यमाल । आफ्नो करिअरको सुरुआती चरणमै यमालले छ वटा उपाधि जितिसकेका छन् । तीमध्ये पाँच उपाधि उनले आफ्नो बाल्यकालदेखिको क्लबबाट उपाधि जितेका उनले एकपटक स्पेनिस टोलीबाट युरोपियन च्याम्पियन बनेका छन् । यमालले पहिलो पटक २०२२–२३ सिजनमा ला लिगा उपाधि जिते । त्यसपछि उनले स्पेनको ...
। इंग्लिस क्लब एस्टन भिल्लाले ३० वर्षको उपाधि खडेरी अन्त्य गर्दै युरोपा लिग फुटबलको उपाधि जितेको छ । इस्तानबुलस्थित बेसिक्टास पार्कमा बुधबार राति भएको फाइनलमा जर्मन क्लब फ्राइबर्गलाई ३–० ले हराउँदै एस्टन भिल्लाले दोस्रो ठूलो युरोपियन उपाधि जित्न सफल भयो । यसअघि भिल्लाले सन् १९९६ मा फुटबल लिग कपको उपाधि जितेयता कुनैपनि उपाधि जित्न सकेको थिएन । ...
। एसियन गेम्सको तयारीका लागि भइरहेको नेपाल र मलेसियन महिला टोलीबीचको पहिलो टी-२०आई खेलमा नेपालले संघर्षपूर्ण जित हासिल गरेको छ । मलेसियाले दिएको ६८ रनको लक्ष्य नेपालले १७.३ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्दै २ विकेटको जित निकालेको हो । सम्झना खड्काले ३२ रन बनाइन् भने रुबी पोद्दारले १५ रन बनाइन् । कविता जोशीले ६ रन ...
। अमेरिका आईसीसी क्रिकेट विश्वकप लिग २ को शीर्षस्थानमा फर्किएको छ । बुधबार भएको खेलमा स्कटल्यान्डमाथि ६ विकेटको जित निकाल्दै अमेरिका शीर्षस्थानमा फर्किएको हो । स्कटल्यान्डले प्रस्तुत गरेको १७० रनको लक्ष्य अमेरिकाले २७.१ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो । स्मित पटेल र शयान जहांगिरले समान ३७ रन बनाए भने साइतेजा मुक्कामल्लाले ३५ रन बनाए ।मिलिन्द ...
। आर्सनलले २२ वर्षपछि इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि जितेको छ । गएराति भएको खेलमा दोस्रो स्थानको म्यान्चेस्टर सिटीले बर्नमाउथसँग १-१ गोलको बराबरी खेलेसँगै आर्सनलले उपाधि जित्ने पक्का भएको हो । प्रिमियर लिगमा अब एक-एक खेल मात्र हुन बाँकी छ । शीर्षस्थानको आर्सनलको ३७ खेलमा ८२ अंक छ भने सिटी ७८ अंकसहित दोस्रो स्थानमा छ । ...