मुख्य समाचार
खुम्बु आइसफल क्षेत्रमा आरोही र गाइड घाइते, उपचारका लागि काठमाडौं पठाइयो
खुम्बु आइसफल क्षेत्रमा आरोही र गाइड घाइते, उपचारका लागि काठमाडौं पठाइयो

: विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरबाट क्याम्प- २ तर्फ जाने क्रममा खुम्बु आइसफल क्षेत्रमा आइस सेराकु (हिउँको ठूलो ढिस्को) खस्दा दुईजना घाइते भएका छन्। मंगलबार बिहान भएको उक्त दुर्घटनामा परी एक नेपाली गाइड र एक भारतीय आरोही घाइते भएका हुन्।

पर्यटन विभागको अस्थायी फिल्ड कार्यालयका अनुसार,२०८३ वैशाख २२ गते बिहान ५:४५ बजेतिर ठूलो सेराकभन्दा करिब २० मिटर तल हिउँको ढिस्को खसेर बाटो अवरुद्ध भएको थियो। सोही क्रममा बाटोमा रहेका संखुवासभा मकालुका ४४ वर्षीय माउन्टेन गाइड पेम्बा तेन्डुक शेर्पा र भारत पुनेका ४० वर्षीय आरोही निमिष कुमार सिंह घाइते भएका हुन्।

घटनास्थलमा रहेका पायोनियर एड्भेन्चर र समिट फोर्स एक्सपिडिसनका शेर्पा टोलीले तत्काल उद्धार कार्य सुरू गरेका थिए। घाइतेहरूलाई आधार शिविर ल्याइएलगत्तै सेभेन समिट ट्रेक्सको समन्वयमा बिहान ६:३० बजे लुक्लाबाट आएको हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो।



घाइते दुवैजनालाई थप उपचारका लागि काठमाडौंस्थित हाम्स अस्पताल भर्ना गरिएको छ। उनीहरूको अवस्था खतरामुक्त रहेको पर्यटन विभागले जानकारी दिएको छ। हिउँको ढिस्को खसेपछि केही समय अवरुद्ध भएको खुम्बु आइसफलको बाटो अहिले पूर्णरूपमा सुचारु भइसकेको छ।

बाटो मर्मत र सुरक्षा जाँचपछि विभिन्न एजेन्सीका आरोही तथा शेर्पा गाइडहरू आ-आफ्नो गन्तव्यतर्फ अघि बढिसकेको विभागका सूचना अधिकारी हिमाल गौतमले बताए ।

अहिले सगरमाथा आधार शिविरमा आरोहणको मुख्य सिजन भएकाले सयौंको संख्यामा आरोहीहरू क्याम्प १ र २ तर्फ जाने क्रम जारी छ। विभागले मौसम र हिउँको अवस्थालाई मध्यनजर गर्दै सावधानी अपनाउन सबै आरोही दलहरूलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पहिरोले स्काभेटर पुरिँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा चालक रौतहट पौराही गाउपालिका-३ का ४१ वर्षीय दिलीप स्माली रहेका छन्। काभ्रेको चौरी देउराली गाउँपालिका-७ टाडिगाउँस्थित मध्यपहाडी लोक मार्गको सडक खण्डमा सडक बढाउन ट्रयाक खन्ने क्रममा सडक माथिबाट ढुगां सहितको ढिस्को खस्दा बा.२ क २७९२ नं. को स्काभेटर पुरिँदा चालकको मृत्यु भएको हो।
: मोरङको सुन्दरहरैँचा नगरपालिका–७ सलकपुरमा ट्रकसँग तीनजना सवार मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा एकजना युवकको मृत्यु भएको छ । मोटरसाइकल दुर्घटनामा पर्दा पछाडि सवार दुईजना युवा घाइते भएका छन् । प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गमा प्रदेश १–०१–००१ ख ४३०३ नम्बरको ट्रकलाई को १० प ८१२८ नम्बरको मोटरसाइकलले ‘ओभरटेक’ गर्ने क्रममा बिहान ११:४० बजेतिर दुर्घटना भएको हो । ...
: नेपाल निर्माण व्यसायी महासंघले एक साताभित्र मूल्य समायोजनसहित सरकारले आवश्यक नीतिगत निर्णय नगरे निर्माण कार्यहरु स्वतः बन्द हुने चेतावनी दिएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले निर्माण सामग्री र इन्धनको तीव्र मूल्यवृद्धिको असर बिभिन्न आयोजनाहरुमा परेको भन्दै एक साताभित्र मूल्य समायोजनसहित आवश्यक नीतिगत निर्णय नभए निर्माण कार्यहरु स्वतः बन्द हुने चेतावनी दिएको हो ...
: नेपाली कांग्रेसले आफ्ना मान्छे नियुक्ति गरेर संवैधानिक आयोगलाई नियन्त्रणमा राख्ने ढंगबाट सरकारले अध्यादेश ल्याएको भन्दै आपत्ति जनाएको छ। मंगलबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस संसद समन्वय बोर्डको बैठकपछि संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमार्फत राज्यका निकायलाई नियन्त्रण गर्ने प्रयास गरिएकाले गम्भीर आपत्ति रहेको बताए। सरकारले सिफारिस गरेको अध्यादेश जारी भइसकेपछि संसद अधिवेशन आह्वान ...
: ठगी तथा आपराधिक गतिविधि गरेको आरोपमा स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्बेश जोशीलाई प्रहरीले पक्राउ गरेको छ। आपराधिक विश्वासघात सम्बन्धी कसुरमा जोशीलाई काठमाडौंको खुर्सानीटारबाट सीआईबीले सोमबार पक्राउ गरेको एसएसपी शिव कुमार श्रेष्ठले जानकारी दिए। स्मार्ट टेलिकम प्रा. लि.ले अनुमतिपत्र नवीकरण नगरेपछि नेपाल सरकारको सम्पत्ति बेइमानी पूर्वक सरकारको हक टुटाउने उद्देश्यका साथ कार्य जोशीले गरेको आरोप ...