मुख्य समाचार
टम्पले ‘स्ट्रिट होर्मुज’ को नाकाबन्दी तोड्न युद्धपोत पठाए
टम्पले ‘स्ट्रिट होर्मुज’ को नाकाबन्दी तोड्न युद्धपोत पठाए

: अमेरिकी राष्ट्रपति डोनाल्ड टम्पले ‘स्ट्रिट होर्मुज’ को नाकाबन्दी तोड्न युद्धपोत पठाएका छन् । खाडी क्षेत्रमा आफ्ना चालक दलसहित फसेका सयौँ जहाजका लागि होर्मुज हुँदै सुरक्षित मार्ग खोल्ने उद्देश्यले टम्पले युद्धपोत पठाएका हुन् । यस कदमले इरानले आफ्नो नाकाबन्दी पुनः लागू गर्न खोजिरहेका बेला यी देशबीच फेरि पूर्ण युद्धको नजिक पुर्‍याएको छ ।

अमेरिकाको यो अभियान सोमबार सुरु भएको हो । जसलाई ट्रम्पले आइतबार राति आफ्नो सामाजिक सञ्जालमा ‘प्रोजेक्ट फ्रिडम’ नाम दिएका थिए । यसले एक महिनादेखि अनिश्चित अवस्थामा रहेको द्वन्द्वलाई झन् चर्काएको छ । अभियान सुरु भएको केही घण्टापछि अमेरिकी केन्द्रीय कमाण्डका प्रमुख एडमिरल ब्राड कुपरले अमेरिकी सेनाले इरानका छ वटा साना डुङ्गा नष्ट गरेको र इरानी क्रुज मिसाइल तथा ड्रोनहरूलाई अवरोध गरेको बताए। उनले इरानी सेनालाई अमेरिकी सैन्य सम्पत्तिबाट टाढा रहन ‘कडा चेतावनी’ दिएका छन् ।

इरानले भने यी दाबीहरू तत्कालै अस्वीकार गरेको छ । उसले दुई अमेरिकी झण्डावाहक व्यापारिक जहाजहरूले सुरक्षित रूपमा जलडमरूमध्य पार गरेको भन्ने दाबी पनि नकारेको छ । उता अमेरिकी नौसेनाका निर्देशित मिसाइल बोकेका युद्धपोतहरू भने उल्टो दिशाबाट खाडी क्षेत्रमा गस्ती गरिरहेका छन् ।

तनाव बढ्दै जाँदा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले स्थिति सामान्य देखाउने प्रयास गर्दै इरानले केही आक्रमण गरे पनि ठूलो क्षति नभएको बताएका छन् । उनले दक्षिण कोरियाली मालवाहक जहाजमा भएको विष्फोट र आगलागी बाहेक अन्य क्षति नभएको दाबी गरेका छन् । तर, सोमबार फक्स न्यूजसँगको अन्तर्वार्तामा ट्रम्पले चेतावनी दिँदै भने, ‘यदि इरानले अमेरिकी जहाजमाथि आक्रमण गर्‍यो भने ‘पृथ्वीबाट नै मेटाइनेछ ।’ उनले शान्ति वार्तामा इरान केही लचिलो बनेको पनि दाबी गरेका छन् ।

इरानले भने अमेरिकी युद्धपोत नजिक आएमा आक्रमण गर्ने चेतावनी दिँदै, दुईवटा मिसाइल प्रहार गरेर एउटा अमेरिकी जहाजमा प्रहार गरेको दाबी गरेको छ । आइतबार ट्रम्पको घोषणापछि एक ट्यांकर जहाजमा अज्ञात वस्तुबाट आक्रमण भएको रिपोर्ट आएको थियो । त्यसपछि संयुक्त अरब इमिरेट्सले ओमानको तट नजिक एमभी बरकाह नामक तेल ट्यांकरमाथि इरानी ड्रोन आक्रमण भएको जनाएको छ, यद्यपि कुनै मानव क्षति भएन ।

युएईले आफ्नो आकाशीय क्षेत्रमा इरानबाट प्रक्षेपित तीन मिसाइल अवरोध गरेको र चौथो समुद्रमा खसेको पनि जनाएको छ । फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि करिब ८५० जहाज खाडी क्षेत्रमा फसेका छन् । त्यसपछि इरानले होर्मुज हुँदै हुने विदेशी ढुवानीमा नाकाबन्दी लगायो र ट्रम्पले अप्रिल १३ मा प्रतिकारस्वरूप इरानी बन्दरगाह प्रयोग गर्ने जहाजहरूमा प्रतिबन्ध लगाए ।

अप्रिलमा पाकिस्तानको मध्यस्थतामा युद्धविराम भएको भए पनि जलमार्ग भने खुल्न सकेन । हाल करिब २०,००० नाविक विभिन्न जहाजमा फसेका छन् र उनीहरूको अवस्थाबारे चिन्ता बढिरहेको छ । अमेरिकी अभियानले प्रत्यक्ष सैन्य सुरक्षा नदिई, जहाजहरूलाई ओमानको जलक्षेत्र हुँदै सुरक्षित मार्ग निर्देशन दिने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकाले क्युबाली नेता एवं पूर्वराष्ट्रपति राउल क्यास्ट्रोविरुद्ध अमेरिकी नागरिकहरूको हत्या षड्यन्त्र र अन्य अपराधको अभियोग लगाएको छ। बुधबार सार्वजनिक गरिएको मुद्दामा क्यास्ट्रोसहित पाँच जनामाथि सन् १९९६ मा क्युबा र फ्लोरिडाबीच उडिरहेका दुई विमान खसालिएको घटनामा तीन अमेरिकीसहित चार जनाको मृत्यु भएको आरोप लगाइएको छ। ९४ वर्षका क्यास्ट्रो त्यतिबेला क्युबाको सशस्त्र बलका प्रमुख थिए। क्युबाका राष्ट्रपति मिगेल डियाज–कानेलले ...
— ब्रिटेनस्थित समुद्री व्यापार क्षेत्रको प्रतिष्ठित प्रकाशन लयड्स लिस्ट का अनुसार हर्मुज जलमार्गबाट जहाजहरूको आवत–जावत गत हप्ता उल्लेखनीय रूपमा वृद्धि भएको छ । इरानसँग सम्बन्धित व्यापार गतिविधि बढेसँगै यो वृद्धि देखिएको हो, यद्यपि संयुक्त राज्य अमेरिकाले लगाएको प्रतिबन्धहरू अझै कायम छन् । प्रतिवेदनका अनुसार मे ११ देखि मे १७ सम्मको एक हप्ताको अवधिमा कम्तीमा ५४ वटा ...
। बेलायतस्थित समुद्री व्यापार क्षेत्रको प्रतिष्ठित प्रकाशन ‘लोयड्स लिस्ट’ का अनुसार होर्मुज स्ट्रेटबाट जहाजहरूको आवतजावत गत हप्ता उल्लेखनीय रूपमा वृद्धि भएको छ । अमेरिकाले इरानमाथि लगाएका प्रतिबन्धहरू कायमै रहे पनि इरानसँग सम्बन्धित व्यापार गतिविधि बढेसँगै जलसन्धिमा जहाजको चाप देखिएको हो । प्रतिवेदनका अनुसार मे ११ देखि १७ सम्मको एक हप्ताको अवधिमा कम्तीमा ५४ वटा जहाजले होर्मुज ...
। चिनियाँ प्रधानमन्त्री ली कियाङले रुससँग मिलेर काम गर्न तयार रहेको बताएका छन् । चिनियाँ सरकारी प्रसारक सीसीटीभीका अनुसार, बुधबार दिउँसो ‘ग्रेट हल अफ द पिपुल’ मा राष्ट्रपति पुटिनसँगको भेटमा प्रधानमन्त्री ली कियाङले दुवै राष्ट्रप्रमुखहरूको रणनीतिक मार्गदर्शन पछ्याउन, राजनीतिक पारस्परिक विश्वासलाई अझ गहिरो बनाउन, आपसी समर्थन बढाउन र बदलिँदो परिस्थितिमा पनि स्थिर रहन रुससँग ...
। विश्वका नेताहरूबीचको सम्बन्धलाई चिनियाँ राष्ट्रपति सी जिनपिङ र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनको जस्तो व्यक्तिगत रूपमा विरलै मात्र चित्रण गर्ने गरिएको छ। आखिर कसरी बन्यो यस्तो सम्बन्ध ? यसको रहस्य खोतल्न उनीहरूका मेहनतका धेरै लामो शृङ्खला पछ्याउनुपर्छ । यसबीचमा धेरै भ्रमण र अनौपचारिक कार्यक्रमहरूबाट मात्र होइन, सी र पुटिनले अनौपचारिक सहकार्यका लागि धेरै समय सँगै ...