मुख्य समाचार
कांग्रेसको संसद समन्वय बोर्डको बैठकले विभिन्न ५ वटा निर्णय
कांग्रेसको संसद समन्वय बोर्डको बैठकले विभिन्न ५ वटा निर्णय

: नेपाली कांग्रेसको संसद समन्वय बोर्डको बैठकले विभिन्न ५ वटा निर्णय गरेको छ। सभापति गगनकुमार थापाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालयमा आज बसेको बैठकले संघीय संसदको आगामी अधिवेशन र वर्तमान राजनीतिक परिस्थितिमा पार्टीको भूमिकालाई प्रभावकारी बनाउन विभिन्न निर्णय गरेको हो।

१. दलीय समन्वय र निर्देशन :
संघीय संसदमा पार्टीको उपस्थितिलाई थप प्रभावकारी, एकताबद्ध र सशक्त बनाउन नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति र कार्यसम्पादन समितिले गरेका नीतिगत निर्णयहरू एकमुष्ट रूपमा संसदीय दललाई उपलब्ध गराउने निर्णय गरिएको छ। संसदीय दलले ती निर्णयहरूको आलोकमा संसदमा आफ्नो साझा धारणा र रणनीति तय गर्नेछ।

२. अध्यादेश र संसदीय क्षेत्राधिकार :
संविधानतः आवश्यक र असाधारण परिस्थितिमा अध्यादेशमार्फत कानुन बनाउने अभ्यास र परम्परा रहँदै आएको छ। तर, सरकारले कुन मनसाय र कुन समयमा अध्यादेश ल्याएको छ भन्ने विषय लोकतन्त्रमा अत्यन्तै महत्त्वपूर्ण हुन्छ। संसद अधिवेशन आह्वान गरी तुरुन्तै अन्त्य गर्ने र लगत्तै दर्जनौँ कानुनका सारभूत विषयमा अध्यादेश जारी गर्नु विधायिकी अधिकारको गम्भीर उल्लंघन र संसदीय अभ्यासमाथिको निर्मम प्रहार हो।
• अब यी अध्यादेशहरू सार्वभौम संसदको क्षेत्राधिकारभित्र प्रवेश गर्ने भएकाले संसदले यसको गहन परीक्षण गर्नेछ।
• सुशासन र सेवा प्रवाहको सहजताका लागि 'असल नियत' ले आएका विषयमा नेपाली कांग्रेस सकारात्मक हुनेछ।
• तर, नागरिकको मौलिक हक कुण्ठित गर्ने, संविधानप्रदत्त अधिकार संकुचित गर्ने र संविधानको मर्म विपरीत ल्याइएका प्रावधानहरूमा आवश्यक अध्ययन गरी त्यस विरुद्ध संसदमा सशक्त भूमिका निर्वाह गर्ने निर्णय गरिन्छ।
३. प्रतिनिधिसभा नियमावली सम्बन्धमा :
संशोधन तथा परिमार्जनको क्रममा रहेको प्रस्तावित 'प्रतिनिधिसभा नियमावली २०८३' को मस्यौदाका कतिपय प्रावधानहरू संविधानको मर्म विपरीत र विधिशास्त्रीय दृष्टिकोणले समेत गम्भीर रहेकाले ती विषयहरू अनिवार्य रूपमा सच्चिनुपर्छ। यसका लागि संसदमा पार्टीको तर्फबाट आवश्यक पहल र संशोधन दर्ता गर्ने निर्णय गरिएको छ।
४. संवैधानिक परिषद् अध्यादेश र संसदीय जालसाजी :
संवैधानिक परिषद् सम्बन्धी जारी अध्यादेश संविधानको आधारभूत संरचना र शक्ति सन्तुलनको सिद्धान्त विपरीत छ। महत्त्वपूर्ण संवैधानिक नियुक्तिहरूलाई कानुनी र राजनीतिक वैधानिकता दिन सबै पक्षको सहभागिताका लागि सुविचारित ढङ्गले संविधानमा संवैधानिक परिषद्को प्रावधान राखिएको हो।
• आफू अनुकूलका राजनीतिक नियुक्ति गर्ने संकीर्ण मनसायले नै संसद अधिवेशन बोलाउने, तत्काल स्थगित गरी अध्यादेश जारी गर्ने र पुनः संसद आह्वान गर्ने सरकारको यो कार्य 'संसदीय प्रणालीमाथिको नाङ्गो जालसाजी' हो।
• नेपाली कांग्रेस सरकारको यस्तो प्रपञ्चप्रति घोर आपत्ति प्रकट गर्दै त्यस विरुद्ध संविधानसम्मत कानुन निर्माणका लागि संसदमा सशक्त रूपमा उभिनेछ।
५. सुकुम्वासी व्यवस्थापन र मानवीय संकट :
सुकुम्वासी वस्तीहरूमा राज्यले गरिरहेको अमानवीय दमन र उनीहरूलाई होल्डिङ सेन्टरमा राखिएको कष्टकर अवस्थाप्रति यो बैठक सरकारको गम्भीर ध्यानाकर्षण गराउँछ। वास्तविक सुकुम्वासीको पहिचान, ससम्मान स्थानान्तरण र मर्यादित पुनर्स्थापनाका लागि सरकारलाई बाध्य पार्न संसदका दुवै सदनमा प्रभावकारी ढङ्गले आवाज उठाउने निर्णय गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसले आफ्ना मान्छे नियुक्ति गरेर संवैधानिक आयोगलाई नियन्त्रणमा राख्ने ढंगबाट सरकारले अध्यादेश ल्याएको भन्दै आपत्ति जनाएको छ। मंगलबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस संसद समन्वय बोर्डको बैठकपछि संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमार्फत राज्यका निकायलाई नियन्त्रण गर्ने प्रयास गरिएकाले गम्भीर आपत्ति रहेको बताए। सरकारले सिफारिस गरेको अध्यादेश जारी भइसकेपछि संसद अधिवेशन आह्वान ...
: ठगी तथा आपराधिक गतिविधि गरेको आरोपमा स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्बेश जोशीलाई प्रहरीले पक्राउ गरेको छ। आपराधिक विश्वासघात सम्बन्धी कसुरमा जोशीलाई काठमाडौंको खुर्सानीटारबाट सीआईबीले सोमबार पक्राउ गरेको एसएसपी शिव कुमार श्रेष्ठले जानकारी दिए। स्मार्ट टेलिकम प्रा. लि.ले अनुमतिपत्र नवीकरण नगरेपछि नेपाल सरकारको सम्पत्ति बेइमानी पूर्वक सरकारको हक टुटाउने उद्देश्यका साथ कार्य जोशीले गरेको आरोप ...
: जिल्ला हुलाक कार्यालय भक्तपुरले अब राहदानी घरदैलोमै पुर्‍याइदिने भएको छ। जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालय बीच मंगलबार भएको सम्झौताअनुसार राहदानी सेवा हुलाकमार्फत घर–घरमै पुर्‍याउने व्यवस्था गरिएको हो। सरकारी सेवालाई सरल, सहज, छिटोछरितो र प्रविधिमैत्री बनाउने सरकारको शासकीय सुधारसम्बन्धी कार्ययोजनाअनुसार हुलाकसँग राहदानी वितरणको सम्झौता गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जनाएका छन्। मंगलबारबाटै ...
: प्रधानमन्त्री बालेन शाहले परिवर्तन भाषणले नभई, निर्णयले आउने बताएका छन्। अध्यादेशको विरोध हुन थालेपछि आज बिहान सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले अध्यादेशमार्फत विकृतिहरू हटाएको बताएका हुन्। उनले भने, ‘हामीलाई सबैको साथ र विश्वासको अपेक्षा छ, तपाइको साथ चाहिएको छ, विश्वास चाहिएको छ, किनकि परिवर्तन भाषणले होइन, निर्णयले आउँछ। हामी तपाइहरूकै जनचाहना बमोजिम ...
सर्वसाधारणलाई न्याय दिलाउने निकायको रूपमा स्थापित उच्च अदालत विराटनगर आफैं भूमि अतिक्रमणको समस्याबाट ग्रस्त बनेको तथ्य सार्वजनिक