मुख्य समाचार
भारतीय नम्बर प्लेटको एम्बुलेन्सबाट ठूलो परिमाणमा गाँजा बरामद
भारतीय नम्बर प्लेटको एम्बुलेन्सबाट ठूलो परिमाणमा गाँजा बरामद

: सुनसरीको बराहक्षेत्र नगरपालिका–२ पुल्ठेगौडामा भारतीय नम्बर प्लेटको एम्बुलेन्सबाट ठूलो परिमाणमा गाँजा बरामद भएको छ।

मंगलबार साँझ करिब ५ बजे चतराको तेह्रआर्डी सडक खण्डमा इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी गस्ती टोलीले नियमित चेकजाँचका क्रममा १४८ केजी गाँजासहित दुई जना भारतीयलाई पक्राउ गरेको हो।

बिआर ०७ पिसि ४७६५ नम्बरको एम्बुलेन्स प्रहरीले देख्नासाथ भाग्न खोजेपछि शंका लागेर पछ्याई नियन्त्रणमा लिइएको सुनसरीका प्रहरी प्रमुख एसपी केशवकुमार थेबेले बताए।


प्रहरीले एम्बुलेन्स चालक भारतको बिहार राज्य स्थित सुपोल जिल्ला बिरपुर बस्ने १८ वर्षीय धर्मेन्द्र कुमार यादव र सोही एम्बुलेन्समा सवार २१ वर्षीय मो. सदामलाई नियन्त्रणमा लिएको एसपी थेबेले बताए।

बरामद गाँजा र सवारी साधनसहित उनीहरूलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक दिवस कुँवरले बताए। एम्बुलेन्सजस्तो अत्यावश्यक सेवाका सवारी साधन दुरुपयोग गरी लागूऔषध ओसारपसार गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै यसलाई गम्भीर रूपमा लिएर अनुसन्धान अगाडि बढाइएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: प्रधानमन्त्री बालेन शाहले परिवर्तन भाषणले नभई, निर्णयले आउने बताएका छन्। अध्यादेशको विरोध हुन थालेपछि आज बिहान सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले अध्यादेशमार्फत विकृतिहरू हटाएको बताएका हुन्। उनले भने, ‘हामीलाई सबैको साथ र विश्वासको अपेक्षा छ, तपाइको साथ चाहिएको छ, विश्वास चाहिएको छ, किनकि परिवर्तन भाषणले होइन, निर्णयले आउँछ। हामी तपाइहरूकै जनचाहना बमोजिम ...
सर्वसाधारणलाई न्याय दिलाउने निकायको रूपमा स्थापित उच्च अदालत विराटनगर आफैं भूमि अतिक्रमणको समस्याबाट ग्रस्त बनेको तथ्य सार्वजनिक
: सरकारले ८० हजार टन मल किन्ने भएको छ। सरकारले भारतसँग जीटुजी माध्यमबाट मल खरिद गर्ने भएको हो। मन्त्रिपरिषद्को बैठकले कृषि सामग्री कम्पनी लिमिटेडलाई भारतसँग जीटुजी माध्यमबाट मल किन्ने सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ। सरकारले ६० हजार टन युरिया र २० हजार टन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनीलाई सैद्धान्तिक स्वीकृति प्रदान ...
: कांग्रेसले रास्वपा सभापति रवि लामिछानेलाई जोगाउने गरी तयार गरिएको ‘प्रतिनिधिसभा नियमावली २०८३’ को मस्यौदामा असन्तुष्टि जनाएको छ। कांग्रेसले मस्यौदाको प्रावधान संशोधन प्रस्ताव दर्ता गर्ने निर्णयसमेत गरेको छ। संसद् समन्वय बोर्डको मंगलबार बसेको बैठकले मस्यौदाका कतिपय प्रावधानहरू संविधानको मर्मविपरीत र विधिशास्त्रीय दृष्टिकोणले समेत गम्भीर रहेको बताएको छ। ‘ती विषयहरू अनिवार्य रूपमा सच्चिनुपर्छ,’ बैठकपछि कांग्रेसले विज्ञप्तिमा भनेको ...
: मोरङमा १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार ग्रामथान गाउँपालिका–२ का १९ वर्षीय प्रिन्स खाँ थारुलाई आइतबार साँझ पक्राउ गरिएको हो। थारुले बेलबारी नगरपालिका–५ घर भएकी १७ वर्षीया किशोरीलाई ग्रामथान–६ स्थित आफन्तको घरमा लगेर बलात्कार गरेको आरोप छ। उनीविरुद्ध किशोरीका आफन्तले आइतबार साँझ इलाका प्रहरी कार्यालय ...