मुख्य समाचार
प्रतिपक्षी दलका सांसदहरूले संसद्लाई छलेर अध्यादेश ल्याइएको भन्दै आपत्ति
प्रतिपक्षी दलका सांसदहरूले संसद्लाई छलेर अध्यादेश ल्याइएको भन्दै आपत्ति

: प्रतिपक्षी दलका सांसदहरूले संसद्लाई छलेर अध्यादेश ल्याइएको भन्दै आपत्ति जनाएका छन्। सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनीहरूले करिब दुई तिहाइ नजिकको सरकारले संसद्लाई छलेर अध्यादेश ल्याउनु लोकतान्त्रिक मूल्यमान्यता विपरीत भएको भन्दै आपत्ति जनाएका हुन्।

बैठकमा नेपाली कांग्रेसका सांसद मदनकृष्ण श्रेष्ठले विगतमा पनि अध्यादेश ल्याउँदा विवाद हुने गरेको भन्दै अब विवाद हुने काम नगर्न आग्रह गरे। उनले संसदलाई छलेर हतारमा अध्यादेश ल्याउने काम लोकतान्त्रिक अभ्यास विपरीत हुने उल्लेख गरे। सांसद श्रेष्ठले संसदीय समिति र संसदमा पर्याप्त छलफल गरेर विधेयकलाई अघि बढाउन सके सबैले अपनत्व गर्नसक्ने बताए।

त्यस्तै नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले अध्यादेश ल्याउने विषय र सुकुम्बासी नागरिकका विषयमा कमजोरी भएको बताए। संसदीय समिति र संसदमा सत्तापक्षको स्पष्ट बहुमत हुँदा पुराना कानुनलाई संशोधन गर्न र खारेज गर्न सरकारलाई कुन कुराले रोक्यो भन्ने ठूलो प्रश्न उठेको उनले बताए।



उनले संसद छलेर अध्यादेश ल्याउने अभ्यासले लोकतान्त्रिक मूल्यमान्यता, संसदीय अभ्यास र संवैधानिक मर्यादालाई कमजोर बनाउने धारणा राखे। त्यस्तै सांसद नेम्वाङले सुकुम्बासी समस्याको समाधान गर्नुपर्नेमा दुईमत नरहेको बताए। तर संविधानसम्मत, कानुनसम्मत, मानवीय र वैकल्पिक व्यवस्था तथा पुनःस्थापनासहित व्यवस्थापन हुनुपर्ने उनले बताए।

नागरिकको अधिकारका सबालमा सरकार संवेदनशील भएर अघि बढ्नुपर्ने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मोरङमा १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार ग्रामथान गाउँपालिका–२ का १९ वर्षीय प्रिन्स खाँ थारुलाई आइतबार साँझ पक्राउ गरिएको हो। थारुले बेलबारी नगरपालिका–५ घर भएकी १७ वर्षीया किशोरीलाई ग्रामथान–६ स्थित आफन्तको घरमा लगेर बलात्कार गरेको आरोप छ। उनीविरुद्ध किशोरीका आफन्तले आइतबार साँझ इलाका प्रहरी कार्यालय ...
: प्रहरीले भैरहवास्थित गौतमबुद्ध इन्टरनेसनल होटलमा सञ्चालित रोयल कालिङ्गा क्यासिनोमा छापा मारेर क्यासिनो म्यानेजरसहित १९ जना नेपालीलाई नियन्त्रणमा लिएको छ । प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका–१० स्थित रहेको उक्त क्यासिनोमा चेकजाँच गर्दा जुवा खेल्ने र खेलाउने कार्यमा संग्लन १९ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । केही महिना अघि सञ्चालनमा आएको उक्त क्यासिनोमा नेपाली नागरिकको सहज प्रवेशसँगै ...
— उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङले सुकुमवासी तथा अव्यस्थित बसोवासीहरूको समस्यालाई मानवीय संवेदनाका साथ दीर्घकालीनरूपमा समाधान गर्न सरकारसँग माग गरेका छन् । कीर्तिपुरस्थित सुकुमवासी सेल्टर (होल्डिङ सेन्टर) को स्थलगत निरीक्षणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष घिसिङले विस्थापितहरूको उचित व्यवस्थापन नगरी हटाइनु दुःखद् भएको बताएका हुन् । निरीक्षणका क्रममा अध्यक्ष घिसिङले सेल्टरमा रहेका सुकुमवासीहरूको अवस्था निकै ...
— काठमाडौंबाट १२ दिनदेखि हराइरहेकी महिलाको शव भेटिएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, तारकेश्वर नगरपालिका–३, तिनपिप्लेकी सरिता तिवारीको शव गाडिएको अवस्थामा फेला परेको हो । उनको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले टोखा नगरपालिका–२ का अनिल डंगोललाई पक्राउ गरेको छ । उनले हत्यामा आफ्नो संलग्नता स्वीकार गरेको प्रहरीको दाबी छ । ...
— ट्राफिक प्रहरी कपिलवस्तुले दुर्घटना न्यूनीकरण गर्न महेन्द्र राजमार्गमा चल्ने भाडाका सवारीसाधनमा अनधिकृत रूपमा थपिएका सिटहरू हटाउन थालेको छ । क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्तिलाई निरुत्साहित गर्न पूर्व–पश्चिम महेन्द्र राजमार्ग क्षेत्रमा ‘एक्स्ट्रा सिट’ राख्ने कार्यका विरुद्ध निगरानी अभियान सुरु गर्दै त्यस्ता सिट हटाउन सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । क्षमताभन्दा बढी यात्रु ...