मुख्य समाचार
ट्रम्पले हर्मुज क्षेत्र पुनः सञ्चालन गर्न सुरु गरिएको अमेरिकी अभियान रोकिएको घोषणा
ट्रम्पले हर्मुज क्षेत्र पुनः सञ्चालन गर्न सुरु गरिएको अमेरिकी अभियान रोकिएको घोषणा

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज क्षेत्र पुनः सञ्चालन गर्न सुरु गरिएको अमेरिकी अभियान रोकिएको घोषणा गरेका छन्। इरानसँग सम्झौता सकरात्मक भएको भन्दै मंगलबार साँझ सार्वजनिक गरिएको वक्तव्यमा ट्रम्पले केही दिनअघि सुरु गरिएको ‘प्रोजेक्ट फ्रिडम’लाई छोटो समयका लागि रोकिने बताएका हुन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अमेरिका–इजरायलको संयुक्त सैन्य कारबाही ‘अपरेशन एपिक फ्युरी’ आफ्नो उद्देश्य पूरा गरेपछि समाप्त भएको बताएका छन्। ट्रम्पका अनुसार पाकिस्तानको अनुरोधमा निर्णय लिइएको हो । अमेरिका र इरानबीच मध्यस्थकर्ताको भूमिका पाकिस्तानले खेलिरहेको छ। उनले भनेका छन्, ‘नाकाबन्दी पूर्ण रूपमा यथावत् रहने भएपनि ‘प्रोजेक्ट फ्रिडम’लाई केही समयका लागि स्थगित गर्ने आपसी सहमति भएको छ, ताकि सम्झौता अन्तिम रूपमा टुंग्याएर हस्ताक्षर गर्न सकियोस्।’

यद्यपि इरानी बन्दरगाहहरूमा लगाइएको अमेरिकी नाकाबन्दी भने यथावत् रहने जनाइएको छ। अमेरिकी पक्षले शान्तिपूर्ण समाधान खोज्ने संकेत दिएको भए पनि परिस्थितिको भविष्य अन्योलपूर्ण देखिएको छ। ‘प्रोजेक्ट फ्रिडम’ को उद्देश्य क्षेत्रबाट तेल आपूर्ति पुनः सुचारु गराउनु र विश्व व्यापारलाई सामान्य अवस्थामा फर्काउनु रहेको थियो। तर स्थगन अवधिमा इरानी हस्तक्षेप जारी रहे लक्ष्य हासिल भएको दाबी गर्न कठिन हुने देखिन्छ।



अमेरिकी कदमलाई आफ्नो कूटनीतिक सफलता भएको इरानको दाबी

उता इरानी सरकारी सञ्चारमाध्यमहरूले भने अमेरिकी कदमलाई आफ्नो कूटनीतिक सफलता भएको दाबी गरेका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इरानी संसदका सभामुख मोहम्मद बकर गालिबाफले अमेरिका र उसका सहयोगीहरूले युद्धविराम उल्लंघन गरेको आरोप लगाउँदै चेतावनी दिएका छन्। ट्रम्पको घोषणा भइरहँदा खाडी क्षेत्रमा तनाव भने थप चर्किएको छ। अमेरिकी सेनाले हर्मुज क्षेत्रमा इरानी डुंगा, क्रुज मिसाइल र ड्रोनहरू नष्ट गरेको दाबी गरेको छ।

उता इरानको आइआरजीसीले नयाँ नक्सा सार्वजनिक गर्दै हर्मुज क्षेत्रमा आफ्नो नियन्त्रण विस्तार भएको दाबी गरेको छ। उसले जलमार्ग प्रयोग गर्ने जहाजहरूलाई आफूले निर्धारण गरेको मार्ग (कोरिडोर) मै चल्न चेतावनी दिँदै अन्यथा निर्णायक प्रतिक्रिया भोग्नुपर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम