मुख्य समाचार
नेपालले क्रिकेट विश्वकप लिग २ मा ओमानलाई ८१ रनले पराजित
नेपालले क्रिकेट विश्वकप लिग २ मा ओमानलाई ८१ रनले पराजित

— आसिफ शेखको सानदार ब्याटिङ र गुलशन झाको उत्कृष्ट बलिङमा नेपालले क्रिकेट विश्वकप लिग २ मा मंगलबार ओमानलाई ८१ रनले पराजित गरेको छ ।

आसिफले ९४ रन बनाएपछि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको नेपाल निर्धारित ५० ओभरको खेलमा ४९.५ ओभरमा २ सय ५६ रनमा अलआउट भएको थियो । गुलशनले ५ विकेट लिएपछि जवाफमा आएको नेपालले लिग २ मा ओमानलाई कीर्तिपुरमा पहिलो पटक पराजित गरेको हो । यसअघि तीन पटक ओमानले नेपाली क्रिकेटका गृह मैदानमा नेपाललाई पराजित गरेको थियो । यस शृंखलामा तेस्रो जित निकालेपछि नेपालको नेपाल २४ खेलमा १८ अंक पुगेको छ र नेपाल सातौं स्थानमा यथावत् छ । ओमान २८ खेलमा ३१ अंक जोडी तेस्रो स्थानमा छ ।

नेपालविरुद्धको अघिल्लो खेलमा १ सय ३० रन बनाएका ओमानका कप्तान जतिन्दर सिंहलाई नन्दन यादवले सातौं ओभरमा १२ रनमा आउट गरी नेपालले विकेट लिन सुरु गरेको थियो । नन्दनले लगत्तै सिद्धार्थ बुक्कापटनमलाई शून्यमा सिधा थ्रोमा रन आउट गरी नेपाललाई दोस्रो सफलता दिलाए ।

ओपनर हसनाइन उल वाहव २९ रनमा आउट भए । उनले ४३ बल खेली ३ चौका र १ छक्का प्रहार गरे । हमाद मिर्जा ५१ बल खेली ४ चौका प्रहार गर्दै ३४, विनायक शुक्ला ४१ बल खेली ३ चौका र २ छक्का प्रहार गरी ३६, हसनाइन साह १० बल खेली १४ रनमा आउट भए ।

गुलशनले ९ ओभरमा ३८ रन खर्चेर ५ विकेट लिई आफ्नो उत्कृष्ट बलिङ प्रदर्शन गरेका हुन् । उनले एक दिवसीय अन्तर्राष्ट्रियमा दोस्रो पटक एकै खेलमा ५ विकेट लिएका हुन् । २ वर्षअघि क्यानडामा पनि उनले ओमानविरुद्ध ५ विकेट नै लिएका थिए । सन्दीप लामिछाने, करण केसी, दीपेन्द्रसिंह ऐरी र नन्दनले १–१ विकेट लिए ।

कमजोर प्रदर्शनका कारण अघिल्लो खेले खेलेको नेपाली टोलीमा हटाइएका आसिफले यसअघि ९७ बल खेली ७ चौका र ५ छक्का प्रहार गरेका थिए । एक दिवसीय अन्तर्राष्ट्रियमा यो उनको दोस्रो उच्च स्कोर हो । उनी बाउन्ड्री लाइनमा क्याच भएपछि दोस्रो शतक बनाउन चुकेका थिए ।

ओमानले पहिलो ओभर नै स्पिनरबाट सुरु गरेको थियो । देब्रेहाते स्पिनर सकिल अहमदले पहिलो ओभर मेडन फालेपछि जितेन रमानन्दीले दोस्रो ओभरको पहिलो बलमै विनोद भण्डारीलाई शून्यमा क्याच गराए । त्यसपछि आसिफ र अर्जुन कुमालले दोस्रो विकेटमा १ सय २३ रनको साझेदारी गरे । दोस्रो खेल खेलिरहेका अर्जुनले ४८ रन बनाए । उनले ८७ बल खेली ४ चौका प्रहार गरे ।

२८ औं ओभरमा क्रिजमा आएका कप्तान रोहित पौडेल ९ रनमा आउट भए । गुलशन झाले २३ बल खेली २ चौकासहित १७ रन बनाए । उपकप्तान दीपेन्द्रले ३३ रन जोडे । उनले ४२ बल खेली १ चौका प्रहार गरे । तर करण पहिलो बलमै आउट भए भने नन्दन २ र सन्दीप १ रनमा आउट भए ।

आरिफ शेख अन्तिममा आउट भए । उनले २३ बलमा ४३ रन बनाए । उनले अन्तिम ओभरमा हसनाइन साहलाई लगातार तीन छक्का प्रहार गरेका थिए । ओमानबाट नदिम खानले विकेट लिए । उनले १० ओभरमा ४१ रन खर्चे । साह र सकिलले २–२ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम