मुख्य समाचार
देशभरिका घरजग्गा एजेन्ट तथा एजेन्सी संगठनलाई एकबद्ध गर्दै ‘नेपाल घरजग्गा एजेन्ट तथा एजेन्सी महासंघ (निफ) को औपचारीक घोषणा
देशभरिका घरजग्गा एजेन्ट तथा एजेन्सी संगठनलाई एकबद्ध गर्दै ‘नेपाल घरजग्गा एजेन्ट तथा एजेन्सी महासंघ (निफ) को औपचारीक घोषणा

— देशभरिका घरजग्गा एजेन्ट तथा एजेन्सी संगठनलाई एकबद्ध गर्दै ‘नेपाल घरजग्गा एजेन्ट तथा एजेन्सी महासंघ (निफ) को औपचारीक घोषणा भएको छ ।

काठमाडौंमा आयोजित कार्यक्रममा महासंघको तदर्थ कार्यसमिति घोषणा गरेको हो ।

कार्यसमितिमा अध्यक्ष विनोद सुवेदी, उपध्यक्षहरु हमिद मियाँ खान र गोपाल बारुडी, महासचिवमा शम्भु पोखरेल, सचिवमा विनिता बस्नेत, कोषाध्यक्षमा निग्मा शेर्पा, सदस्यहरुमा योगेश चौधरी, उज्वल सुवेदी, इसा खरेल रहेका छन् । देशैभरि स्थानीय तह, जिल्ला तह र प्रदेश तहमा घरजग्गा एजेन्ट तथा एजेन्सी संघ खोल्नलाई यस क्षेत्रमा संलग्न व्यवसायीलाई आह्वान गरेको छ ।

घरजग्गा कारोबारमा संलग्न एजेन्ट तथा एजेन्सीलाई अझ व्यावसायिक, उत्तरदायी र पारदर्शी बनाउँदै घरजग्गाका क्रेता, बिक्रेता तथा लगानीकर्तालाई सहजीकरण गर्न र यस क्षेत्रलाई थप नियमनका लागि आवश्यक नीति, नियम तथा ऐन बनाउन सरकारलाई सुझाव र योगदान दिने उद्देश्य रहेको महासंघले जनाएको छ ।

कार्यक्रमा माहासंघका अध्यक्ष विनोद सुवेदीले घरजग्गा कारोबार गर्न सरकारले इजाजत पत्र दिने ऐन ल्याएर नेपालको इतिहासमै पहिलो पटक एजेन्सी व्यवसायलाई चिनेकामा धन्यवाद दिए । तर कानुन आए पनि यो पूर्ण नभएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सरकारले निजामती कर्मचारीसहित स्वास्थ्य सेवा तथा संघीय संसद् सचिवालयका कर्मचारीले खोलेका ट्रेड युनियन खारेज गरेको छ । अध्यादेशमार्फत सम्बन्धित ऐनहरूमा संशोधन गर्दै सरकारले ट्रेड युनियन खोल्न पाउने प्रावधानलाई हटाएको छ । कानुनबाटै ट्रेड युनियनको प्रावधान हटाइएपछि अहिले अस्तित्वमा रहेका कर्मचारीका विभिन्न ट्रेड युनियनहरू अस्तित्वविहीन हुन पुगेका छन् । प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार सामाजिक सञ्जाल फेसबुक ...
— सरकारले भूमि समस्या समाधान आयोग खारेज गरेको छ । अध्यादेशमार्फत भूमिसम्बन्धी ऐनमा संशोधन गरेर ऐनमा रहेको आयोग गठनको प्रावधानलाई हटाएको हो । ऐनमा रहेको आयोग गठनसम्बन्धी प्रावधानको दफा दफा ५२(क)को ३ र ४ लाई अध्याधेशमार्फत संशोधन गर्दै झिकिएको छ । सरकारले दलित भूमिहीनलाई जग्गा उपलब्ध गराउने प्रयोजनका लागि आयोग, समिति वा कार्यदल गठन गर्न सक्ने ...
— भूमिहीन, सुकुमवासी, मुक्त कमैया र गुठीपीडितले मंगलबार घोराहीमा प्रदर्शन गरेका छन् । उनीहरुले जिल्ला प्रशासन कार्यालय अगाडि पुगेर नाराबाजी गर्दै केहीबेर सडकमै धर्ना दिएका थिए । अतिक्रमित जग्गा खाली गर्न जिल्ला प्रशासन कार्यालय दाङले सूचना जारी गरेपछि त्यसको बिरोधमा दिनहुँजसो प्रदर्शन भइरहेको छ । १५ वैशाखमा स्थानीय तहका प्रतिनिधिहरुको सहभागितामा भएको बैठकपछि जिल्ला प्रशासनले अतिक्रमित ...
— समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले मागदाबीकर्ता बचतकर्ताहरूको बचत रकम आगामी जेठ पहिलो सातादेखि फिर्ता प्रक्रिया सुरु गर्ने भएको छ । कार्यालयले बुधबार विज्ञप्ति जारी गर्दै त्यस्ता मागदाबीकर्ताहरूलाई जेठ पहिलो साताबाट प्रक्रियामा आउन आग्रह गरेको हो । कार्यालयले साना बचतकर्ताबाट बचत रकम वितरण सुरु गर्ने जनाएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ९ वैशाखदेखि कार्य ...
— राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले दोस्रोपटक सिफारिस गरेको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश जारी गरेका छन् । अघिल्लो साता मन्त्रीपरिषद्ले सिफारिस गरेको यही अध्यादेश राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाएका थिए । तर, सरकारले कुनै संशोधन नगरी सोमबार पुनः उही अध्यादेश राष्ट्रपतिसमक्ष पठाएको थियो । सोही सिफारिसका आधारमा राष्ट्रपतिले मंगलबार अध्यादेश जारी गरेका ...