मुख्य समाचार
एमआरपी उल्लेख गर्नुपर्ने व्यवस्थाका कारण देशकै प्रमुख भन्सार वीरगन्ज भन्सार कार्यालयको कामकाज एक सातायता प्रभावित
एमआरपी उल्लेख गर्नुपर्ने व्यवस्थाका कारण देशकै प्रमुख भन्सार वीरगन्ज भन्सार कार्यालयको कामकाज एक सातायता प्रभावित

— भन्सार बिन्दुमा आउने वस्तुमा अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाका कारण देशकै प्रमुख भन्सार वीरगन्ज भन्सार कार्यालयको कामकाज एक सातायता प्रभावित भएको छ ।

निजी क्षेत्रले सरकारको यो नियमप्रति आपत्ति जनाउँदै भन्सार बिन्दुमा भित्र्याइसकेको मालसामान पनि जाँचपास नगराएपछि सर्वाधिक राजश्व संकलन गर्ने यो भन्सारको राजश्व असूलीमा समेत व्यापक गिरावट आएको छ ।

वीरगन्जस्थित एकीकृत सुरक्षा जाँच चौकी संचालक कम्पनी टिआरएस हिमालयन लजि पार्कका प्रशासन प्रमुख गणश घिमिरेले चौकी परिसरमा मात्रै सोमबार साँझ ५ बजेसम्म करिब १ हजार ७ सय मालबाहक सवारीसाधन थन्किएर बसेको जानकारी दिए । ‘चौकी परिसरमा दैनिक मालबाहक सवारीसाधनको संख्या थपिदै गएको छ, भारततर्फबाट बढी सवारीसाधन भित्रिन्छन् । तर त्यहीँ अनुपातमा यहाँबाट छुटदैनन्,’ उनले भने, ‘औद्योगिक कच्चा पदार्थ, इन्धन र एमआरपी नचाहिने केही बस्तुबाहेक अन्य बस्तु जाँचपास भएका छैनन्।’

यस्तै अवस्था भारततर्फ पनि रहेको घिमिरेले बताए । ‘भारतीय आइसिपी बाहिर लक्ष्मीपुरसम्मै आइतबार करिब ७ सय मालबाहक सवारीसाधन लाम लागेर बसेका थिए,’ उनले भने, ‘भारततर्फ आइसिपी परिसरमा पनि ठूलो संख्यामा नेपालतर्फ आउने मालबाहक साधन थन्किएका छन् ।’

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह बिष्टले सातायता भन्सार कार्यालयको राजश्व असूली पनि घटेको बताए । वैशाख महिनामा आइतबारसम्म यो भन्सारले १२ अर्ब २५ करोड रुपैयाँ मात्र राजश्व संकलन गर्न सकेको उनले जानकारी दिए । ‘वैशाखमा २३ अर्ब २४ करोड राजश्व संकलनको लक्ष्य छ,’ उनले भने, ‘आइतबारसम्म ५३ प्रतिशत मात्र असूली हुन सकेको छ ।’ आइतबार १७ करोड रुपैयाँ मात्र राजश्व संकलन भएको थियो । सामान्य दिनमा यो भन्सारले ६० देखि ६५ करोड रुपैयाँ राजश्व संकलन गरिरहेको थियो ।

औद्योगिक कच्चा पदार्थ, बल्क आइटम, आयोजनाका सामान, डर्टी कार्गो, फलफुल, तरकारीबाहेकका बस्तु जाँचपास नभएको उनले बताए । नेपाल सरकारले २०८२ चैत २६ मा जारी गरेको सूचना अनुसार गत मंगलबारदेखि वीरगन्जलगायत देशभरका भन्सार नाकाबाट आयातित मालसामानको जाँचपास प्रभावित भएको छ ।

व्यवसायीहरूको छाता वीरगन्ज उद्योग वाणिज्य संघले सरोकारवालासँग पर्याप्त छलफल नै नगरी एकपक्षीय रूपमा एमआरपी लागू गर्ने निर्णय निजी क्षेत्र मैत्री नभएको भन्दै सरकारको यो कदमप्रति आपत्ति जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले धितोपत्रको कारोबारमा हुने लाभमा लाग्ने पुँजीगत लाभ कर घटाउने भएको छ । अर्थ मन्त्रालयले पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजना, २०८३ मार्फत सेयर कारोबारमा पुँजीगत लाभकर अधिकतम ५ प्रतिशत कायम गर्ने घोषणा गरेको हो । कार्ययोजना अनुसार नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएको सेयरको हकमा व्यक्तिको हकमा तीन सय पैंसठ्ठी दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको ...
। नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार ७३७ मेट्रिक टन एलपी ग्यास आयात भएको जनाएको छ । उक्त परिमाणको ग्यास ३७ लाख १३ हजार ८९४ सिलिन्डर बराबर हो । इन्डियन आयल कर्पोरेसन –आईओसी) का विभिन्न रिफाइनरी तथा बोटलिङ प्लान्टबाट यही सेप्टेम्बर १० तारिखसम्म थप १९ हजार २१८ मेट्रिक टन ग्यास लोडिङ भइसकेको निगमका सहप्रवक्ता ...
। नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ-४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै रु एक अर्ब ७८ करोड ४४ लाख राजस्व सङ्कलन भएको छ । रसुवाको भोटेकोशीमा गएको बाढीका कारण (रसुवागढी–केरुङ)नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट मालवस्तुको पैठारी ह्वात्तै बढेको छ । भन्सार प्रमुख बिदुर चुडालका अनुसार रसुवागढी-केरुङनाका र तातोपानीनाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङको ...
। रसुवागढी र तातोपानी नाका बन्द भएपछि नेपाल–चीन उत्तरी कोरला नाकाबाट चिनियाँ मालवस्तु पैठारी बढिरहेको छ । कोरला नाकाबाट भित्रिएका कन्टेनर र मालवस्तु पैठारी गर्न पुगेका सयौं कन्टेनरहरू मुस्ताङ भन्सार कार्यालय बाहिरको करिब तीन किलोमिटर सडकमा पार्किङमा राखिएको छ । कोरला नाकास्थित मुस्ताङ भन्सारले दैनिक १०० भन्दा बढी कन्टेनरहरूको जाँच गरिरहेको छ । रसुवा र तातापानी नाकाको ...
: पछिल्लो पाँच दिनमा काठमाडौं उपत्यकामा २ लाख ३३ हजार ६६२ सिलिण्डर ग्यास बिक्री गरिएको छ। पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा गएको पहिरोको कारण राजमार्ग अवरुद्ध भएपछि तराईका उद्योगमा सिलिण्डर रिफिल गरी वैकल्पिक बाटोबाट विभिन्न कम्पनीका सिलिण्डर काठमाडौँमा ल्याई बिक्री गरिएका हुन्। निगमका अनुसार सोमबार ४८ हजार १०९, मङ्गलबार ४६ हजार २१८,बुधबार ५३ हजार ४६९, बिहीबार ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम