मुख्य समाचार
अमेरिकी सेनामा एआईको प्रयोग तीव्र, ठूला कम्पनीहरूसँग सहकार्य
अमेरिकी सेनामा एआईको प्रयोग तीव्र, ठूला कम्पनीहरूसँग सहकार्य

— अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग बढाउन गुगल, ओपनएआई र एक्सएआईसँग नयाँ सम्झौता गरेको छ । आफ्ना पछिल्ला सैन्य र अन्य रक्षा गतिविधिमा पेन्टागनले एआई प्रविधिको प्रयोग बढाएको देखिन्छ । सीएनएनमा प्रकाशित समाचारअनुसार माइक्रोसफ्ट, अमेजन वेब सर्भिसेज, एनभिडिया, ओर्‍याकल र रिफ्लेक्सन गरी एकसाथ ८ ठूला प्रविधि कम्पनीका विभिन्न एआई सेवा र प्रणाली खरिदको तयारी बढाएको छ ।

गत साता सार्वजनिक गरिएको विज्ञप्तिअनुसार पेन्टागनले गुगलको जेमिनाई, ओपनएआईका मोडेल र एक्सएआईको ग्रोकलाई रक्षा प्रणालीका विभिन्न नेटवर्कमा प्रयोग गर्नेछ । यी प्रविधिलाई युद्धको समय वा जटिल डेटाको वर्गीकरणका काममा प्रयोग गरिने उल्लेख छ । क्लासिफाइडसँगै अन्य सञ्जालमा पनि एआईको प्रयोग बढाउने बताइएको छ ।

रोयटर्सका अनुसार अमेरिकी सरकारको पछिल्लो एआई खरिदमा एन्थ्रोपिक भने सामेल छैन । भेनेजुएला मिसनमा क्लउड प्रयोगको शैली विवादमा आएपछि अमेरिकी सरकारले सो कम्पनीलाई कालोसूचीमा राखेको छ । तर, अमेरिकी सरकारले गएका केही महिनामा विभिन्न सैन्य गतिविधिमा एन्थ्रोपिकको क्लउड प्रयोग गरेको जनाएको थियो ।

अमेरिकी युद्ध मामिलामन्त्री पिट हेगसेथले अमेरिकी सेनाका सबै क्षेत्रमा एआईको प्रयोगलाई प्राथमिकता दिने नीति रहेको उल्लेख गरेका छन् । अमेरिकी सेनाको आधिकारिक एआई प्लाटफर्म, जेनएआईमा सरकारको आफ्नो र ठूला प्रविधि कम्पनीहरूसँग खरीद गरिएका सेवाको सफल परीक्षण भएको र झन्डै १३ लाख कर्मचारीले अहिले नै जेनएआई प्रयोग गरिरहेको मन्त्रालयको दाबी छ ।

गत अक्टोबरमा मात्रै २ अर्ब डलर लगानी जुटाएको रिफ्लेक्सन एआईमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा त्यसको प्रवर्द्धनमा संलग्न रहेको रोयटर्सले उल्लेख गरेको छ । यी ८ कम्पनीबाहेक प्यालेन्टियर टेक्नोलोजीसँग पनि अमेरिकी सरकारको एआई सेवा खरिदसम्बन्धी छुट्टै सम्झौता यथावत् छ ।

अमेरिकी सरकाले एआई प्रविधि विस्तारका लागि खर्च पनि अत्याधिक बढाएको छ। रोयटर्सका अनुसार अमेरिकाले सन् २०२६ को रक्षा बजेटमा एआई र स्वचालित प्रणालीका लागि लगभग १३.४ अर्ब अमेरिकी डलर छुट्याएको छ । ठूला प्रविधि कम्पनीसँग भएका सम्झौताका लागि २० करोड अमेरिकी डलरसम्म छुट्ट्याइएको र कतिपय कम्पनीसँग एकभन्दा बढी सेवा लिने तयारी भएको सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

चीन, रूस, इजरायल, भारत, जापान, दक्षिण कोरियालगायत देशहरूले पनि एआईलाई रक्षा प्रणालीमा तीव्र रूपमा प्रयोग गर्ने तयारी गरिरहेको विभिन्न सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम