मुख्य समाचार
हत्या आरोपीलाई उन्मुक्ति दिन खोजिएको भन्दै अदालतबाहिर धर्ना
हत्या आरोपीलाई उन्मुक्ति दिन खोजिएको भन्दै अदालतबाहिर धर्ना

— परोहा नगरपालिका–२, जिंगडवाका ६५ वर्षीय शेख मतिनको हत्याका आरोपितलाई उन्मुक्ति दिन लागिएको भन्दै परिवारजन र आफन्तहरू सोमबार न्यायको माग गरिएका प्लेकार्ड र मनमा आक्रोश बोकेर जिल्ला अदालतको गेट नजिक धर्नामा बसे ।

पीडितलाई न्याय दिलाउने अन्तिम आश्रयस्थल मानिने अदालतको गेटबाहिर पीडितका आफन्त र स्थानीय युवा 'हत्यारालाई कारबाही गर्, मृतक शेख मतिनलाई न्याय दे, अन्यायको अन्त्य गर्, पीडितलाई न्याय दे' लेखिएका प्लेकार्ड बोकेर दिनभर धर्नामा बसेका हुन् ।

मृतका आफन्त शेख असिमका अनुसार २०८१ चैत २१ गते रौतहटको परोहा नगरपालिका–२ मा छलफल भइरहँदा सामान्य कुरालाई लिएर ६५ वर्षीय मतिनलाई स्थानीय शेख फजले हक, शेख नथुनी, शेख जावेद, मासुम, शेख सकिल र शेख रोज महम्मद मिलेर निर्घात कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर मतिनलाई उपचारका लागि गरुडा, चन्द्रनिगाहपुर र थप उपचारका लागि वीरगन्ज लगिएको थियो । त्यहाँ पनि उपचार सम्भव नभएपछि तत्कालै काठमाडौं लैजाँदै गर्दा चैत २३ गते बाटोमै उनको मृत्यु भएको असिमले जानकारी दिए ।

घटनामा संलग्न ६ जनाविरुद्ध इलाका प्रहरी गरुडामा कर्तव्य ज्यान कसुरमा जाहेरी दर्ता गराइएको मृतकका छोरा सदरे आलमले बताए । ‘हामीले बुवाको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दर्ता गराउन निकै सास्ती भोग्नु पर्‍यो,’ उनले भने, ‘अहिले पनि रातारात एक जनालाई गरुडा प्रहरीले हाजिर गराएको छ । यसको छानबिन हुनुपर्छ ।’

घटनापछि फरारमध्ये परोहा नगरपालिका–१ का शेख रोज महम्मद एक साताअघि राती हाजिर भएपछि पीडितले शंका गरेका छन् । प्रहरीमाथि शंका लागेको र पीडकको बयानसहित मिसिल कमजोर बनाएको भन्ने सुन्नमा आएकाले दबाबका लागि अदालत बाहिर खबरदारीसहित धर्ना दिएको पीडित सदरे आलमले सुनाए । इलाका प्रहरी गरुडाका डीएसपी शंकरप्रसाद आचार्यले शेख मतिनको मुद्दामा पीडितलाई न्याय दिलाउन कुनै कसर बाँकी नराखेको दाबी गरे ।

‘मिलेमतोमा रातारात हाजिर गराएको भन्ने आरोप सरासर गलत हो,’ उनले भने, ‘यो मुद्दामा कानुनबमोजिम सबै काम सकेर मिसिल बुझाएका छौं । यसमा कसैले शंका नगरे हुन्छ ।’ घटनापछि फरार शेख रोज महम्मदलाई सोमबार जिल्ला अदालतमा हाजिर गराए पनि बयान नसकिएकाले मंगलबार मात्र थुनछेक बहस हुने अदालतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीका प्रतिनिधिले उठिबास रोक्न माग गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई ज्ञापनपत्र बुझाएका छन् । भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासी संघर्ष समितिले सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको ज्ञापनपत्रमा आवास, जीविकोपार्जन र खाद्य सुरक्षा नागरिकको मौलिक हक भएको उल्लेख गर्दै विकल्प नदिई नागरिकलाई उठिबास लगाउने मानवअधिकारविपरीतको कार्य रोक्न माग गरेका हुन् ...
— सर्वोच्च अदालतले विद्यार्थी संगठन खारेज गर्ने सरकारी निर्णयविरुद्ध कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले सोमबार विद्यार्थी संगठन खारेज गर्नुको आधार र कारणसहित लिखित जवाफ पेस गर्न आदेश गरेको हो । सन्दिप थापासहित पाँच जनाले दायर गरेको रिटमा सर्वोच्चले छलफलमा बोलाउने आदेश गरेको हो । २८ वैशाखमा दुवै पक्षलाई छलफलका लागि ...
— संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले मंगलबार संवैधानिक निकायका पूर्वप्रमुख, पूर्वमुख्य सचिव, परराष्ट्रविद् तथा पूर्वप्रशासकसँग छलफल गर्ने भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ देखि ५ बजेसम्म उक्त परामर्श गर्न लागेको हो । कार्यदलका सदस्य सचिव लिलाधर सुवेदीका अनुसार छलफलका क्रममा ...
— कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको सोमबार बसेको बैठकले लिपुलेक–लिम्पियाधुरा–कालापानी क्षेत्रबारे भारत र चीनबीच भएको सहमतिप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डताको संरक्षणका लागि प्रभावकारी कूटनीतिक पहल गर्न सरकारलाई आग्रह गरेको छ । बैठकले नेपाली भूमि लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा सञ्चालन गर्ने गरी भारत र चीनबीच भएको सहमतिलाई नेपालको जानकारी र सहमतिविना गरिएको भन्दै ...
— सन् २०२६ को अप्रिल महिनामा नेपाल भित्रिने अन्तर्राष्ट्रिय पर्यटकको संख्यामा अघिल्लो वर्षको तुलनामा केही गिरावट देखिएको छ । अध्यागमन विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार अप्रिल २०२६ मा कुल १ लाख ७ हजार ९३४ जना पर्यटक नेपाल भित्रिएका छन् । यो संख्या गत वर्ष २०२५ को सोही महिना (१ लाख १६ हजार ४९०) को तुलनामा ७.३ प्रतिशतले ...