। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सुकुम्बासी बस्ती खाली गराउने सरकारको कार्यको विरोध गरेका छन् ।
सोमबार काठमाडौंको थापाथलीस्थित सरकारले हटाएको सुकुमवासी बस्तीमा पुगेका अध्यक्ष राईले गरिब तथा भूमिहीन नागरिकलाई सडकमा बस्न बाध्य बनाउने सरकारको नीति स्वीकार्य नहुने बताएका हुन् ।
उनले सुकुमवासी पनि नेपाली नागरिक भएकाले उनीहरूको गास, वास र कपासको अधिकार सुनिश्चित गर्नुपर्ने माग गरे ।
‘सुकुमवासीलाई विस्थापित गर्नु हुँदैन । उहाँहरू पनि नेपाली नागरिक हुनुहुन्छ । यो देश गरिबको पनि हो,’ उनले भने, ‘गरिब नागरिकलाई सडकमा बस्न बाध्य बनाउनु हुँदैन । गरिबको लागि बासस्थानको उचित व्यवस्थापन गर्नुपर्छ भन्ने हाम्रो माग हो ।’
राज्यले सबै वर्ग र तहका नागरिकका समस्या समाधान गर्ने विषयलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।