। सरकारले सिंहदरबार परिसरको परिमार्जित गुरुयोजना स्वीकृत गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।
यस गुरुयोजनामा संसद भवन परिसरमा प्रवेश लगायतको विषय समावेश गरिएको छ ।
बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले भने, ‘सिंहदरबारको एउटा गुरुयोजना निर्माण भएको छ, भित्रको आन्तरिक कुरा अलि व्यवस्थित बनाउनका लागि हो । प्रवेशका लागि सहजीकरण गर्नका लागि हो ।’
मन्त्री पोखरेलले यसमा केके विषय छन् भन्ने विस्तृतमा खुलाएनन् ।