मुख्य समाचार
बार्सिलोनाले उपाधि जित्न ‘एल क्लासिको’ सम्म पर्खनुपर्ने, रचिएला इतिहास ?
बार्सिलोनाले उपाधि जित्न ‘एल क्लासिको’ सम्म पर्खनुपर्ने, रचिएला इतिहास ?

। आउँदो एल क्लासिको खेल जिते बार्सिलोनाले ला लिगाको उपाधि जित्ने भएको छ । गएराति भएको खेलमा रियल मड्रिडले इस्पान्योललाई पराजित गरेपछि बार्सिलोनाले उपाधिका लागि अझै पर्खनुपर्ने भएको हो ।

आरसीडीई स्टेडियममा भएको खेलमा रियल मड्रिड २–० ले विजयी भयो । जितमा भिनिसियस जुनियरले दोस्रो हाफमा दुई गोल गरे ।

उनले पहिलो गोल गोन्सालो गार्सियासँगको उत्कृष्ट वन–टु पासपछि गरेका थिए भने दोस्रो गोल जुड बेलिङहमको ब्याकहिल पासमा गरे । यसअघि भिनिसियसको एक प्रहार पोस्टमा लागेर फर्किएको थियो ।

इस्पान्योलका ओमार एल हिलालीलाई भिनिसियसमाथि फाउल गरेपछि रेफ्रीले रातो कार्ड देखाए पनि भिडियो सहायक रेफ्री (भीएआर) को सहायतामा निर्णय उल्टाइएको थियो ।

यस नतिजासँगै बार्सिलोनालाई उपाधि जित्न अझै कुर्नुपर्ने भएको छ । अब उनीहरूले अर्को आइतबार आफ्नै मैदान नोउ क्याम्पमा चिरप्रतिद्वन्द्वी रियल मड्रिडविरुद्ध हुने ‘एल क्लासिको’ मा बराबरी खेले मात्र पनि च्याम्पियन बन्नेछन् ।

ला लिगाको ९७ वर्षे इतिहासमा ‘एल क्लासिको’ मै उपाधि जितिएको उदाहरण छैन, जसले यसपटक इतिहास बन्ने सम्भावना बढाएको छ ।

बार्सिलोना हाल रियलभन्दा ११ अंकले अघि छ र सिजनको अन्तिम चार खेल जितेमा १०० अंक पुर्‍याउँदै कीर्तिमान बराबरी गर्नेछ । यसअघि रियल मड्रिड (२०११–१२) र बार्सिलोना (२०१२–१३) ले १०० अंक बनाएका थिए ।

यस्तै, बार्सिलोनाले यो सिजन जित हासिल गरेमा २९औं ला लिगा उपाधि जित्नेछ । यस्तै एकै सिजनमा सबैभन्दा धेरै जित (३३) को नयाँ कीर्तिमान पनि बनाउन सक्छ ।

यता रियल मड्रिडका लागि भने यो सिजन निराशाजनक बन्ने देखिएको छ । २००९–१० पछि दोस्रो पटक उनीहरू ट्रफीविहीन सिजनतर्फ उन्मुख भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नवोदित खेलाडीको अग्रपंक्तिमा रहने खेलाडी हुन्, १८ वर्षीय स्पेनी स्टाइकर लामिन यमाल । आफ्नो करिअरको सुरुआती चरणमै यमालले छ वटा उपाधि जितिसकेका छन् । तीमध्ये पाँच उपाधि उनले आफ्नो बाल्यकालदेखिको क्लबबाट उपाधि जितेका उनले एकपटक स्पेनिस टोलीबाट युरोपियन च्याम्पियन बनेका छन् । यमालले पहिलो पटक २०२२–२३ सिजनमा ला लिगा उपाधि जिते । त्यसपछि उनले स्पेनको ...
। इंग्लिस क्लब एस्टन भिल्लाले ३० वर्षको उपाधि खडेरी अन्त्य गर्दै युरोपा लिग फुटबलको उपाधि जितेको छ । इस्तानबुलस्थित बेसिक्टास पार्कमा बुधबार राति भएको फाइनलमा जर्मन क्लब फ्राइबर्गलाई ३–० ले हराउँदै एस्टन भिल्लाले दोस्रो ठूलो युरोपियन उपाधि जित्न सफल भयो । यसअघि भिल्लाले सन् १९९६ मा फुटबल लिग कपको उपाधि जितेयता कुनैपनि उपाधि जित्न सकेको थिएन । ...
। एसियन गेम्सको तयारीका लागि भइरहेको नेपाल र मलेसियन महिला टोलीबीचको पहिलो टी-२०आई खेलमा नेपालले संघर्षपूर्ण जित हासिल गरेको छ । मलेसियाले दिएको ६८ रनको लक्ष्य नेपालले १७.३ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्दै २ विकेटको जित निकालेको हो । सम्झना खड्काले ३२ रन बनाइन् भने रुबी पोद्दारले १५ रन बनाइन् । कविता जोशीले ६ रन ...
। अमेरिका आईसीसी क्रिकेट विश्वकप लिग २ को शीर्षस्थानमा फर्किएको छ । बुधबार भएको खेलमा स्कटल्यान्डमाथि ६ विकेटको जित निकाल्दै अमेरिका शीर्षस्थानमा फर्किएको हो । स्कटल्यान्डले प्रस्तुत गरेको १७० रनको लक्ष्य अमेरिकाले २७.१ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो । स्मित पटेल र शयान जहांगिरले समान ३७ रन बनाए भने साइतेजा मुक्कामल्लाले ३५ रन बनाए ।मिलिन्द ...
। आर्सनलले २२ वर्षपछि इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि जितेको छ । गएराति भएको खेलमा दोस्रो स्थानको म्यान्चेस्टर सिटीले बर्नमाउथसँग १-१ गोलको बराबरी खेलेसँगै आर्सनलले उपाधि जित्ने पक्का भएको हो । प्रिमियर लिगमा अब एक-एक खेल मात्र हुन बाँकी छ । शीर्षस्थानको आर्सनलको ३७ खेलमा ८२ अंक छ भने सिटी ७८ अंकसहित दोस्रो स्थानमा छ । ...