मुख्य समाचार
इन्टर मिलानले २१औं पटक इटालियन सिरी ए को उपाधि जिते
इन्टर मिलानले २१औं पटक इटालियन सिरी ए को उपाधि जिते

। इन्टर मिलानले २१औं पटक इटालियन सिरी ए को उपाधि जितेको छ । आइतबार राति भएको खेलमा पार्मालाई २-० ले पराजित गर्दै इन्टरले ३ खेल बाँकी छँदै उपाधि पक्का गरेको हो ।

सान सिरोमा भएको खेलमा इन्टरका लागि मार्कुस थुराम र हेनरिक मिखातर्‍यानले समान एक गोल गरे । थुरामले पहिलो हाफमा इन्जुरी टाइममा गोल गर्दै अग्रता दिलाएका थिए भने मिखातर्‍यानले ८०औं मिनेटमा गोल गर्दै जित पक्का गरे ।

यो जितपछि शीर्ष स्थानको इन्टरले दोस्रो स्थानको नापोलीमाथि १२ अंकको अग्रता बनाएको छ । इन्टरले ३५ खेलबाट ८२ अंक जोडेर शीर्ष स्थानमा छ । दोस्रो स्थानको नापोलीको ३५ खेलबाट ७० अंक छ ।

नापोलीले बाँकी खेल जितेर इन्टरले बाँकी खेलमा हार बेहोरेपछि इन्टरलाई उछिन्न सक्दैन । सन् २०२४ मा च्याम्पियन बनेको इन्टरले एक सिजनपछि नै लिग उपाधि जितेको हो ।

इन्टर सर्वाधिक सिरी ए उपाधि जित्नेमा दोस्रो स्थानमा छ । युभेन्ट्सले सर्वाधिक ३६ पटक सिरी ए उपाधि जितेको छ भने एसी मिलानले १९ पटक उपाधि जितेर तेस्रोमा छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नवोदित खेलाडीको अग्रपंक्तिमा रहने खेलाडी हुन्, १८ वर्षीय स्पेनी स्टाइकर लामिन यमाल । आफ्नो करिअरको सुरुआती चरणमै यमालले छ वटा उपाधि जितिसकेका छन् । तीमध्ये पाँच उपाधि उनले आफ्नो बाल्यकालदेखिको क्लबबाट उपाधि जितेका उनले एकपटक स्पेनिस टोलीबाट युरोपियन च्याम्पियन बनेका छन् । यमालले पहिलो पटक २०२२–२३ सिजनमा ला लिगा उपाधि जिते । त्यसपछि उनले स्पेनको ...
। इंग्लिस क्लब एस्टन भिल्लाले ३० वर्षको उपाधि खडेरी अन्त्य गर्दै युरोपा लिग फुटबलको उपाधि जितेको छ । इस्तानबुलस्थित बेसिक्टास पार्कमा बुधबार राति भएको फाइनलमा जर्मन क्लब फ्राइबर्गलाई ३–० ले हराउँदै एस्टन भिल्लाले दोस्रो ठूलो युरोपियन उपाधि जित्न सफल भयो । यसअघि भिल्लाले सन् १९९६ मा फुटबल लिग कपको उपाधि जितेयता कुनैपनि उपाधि जित्न सकेको थिएन । ...
। एसियन गेम्सको तयारीका लागि भइरहेको नेपाल र मलेसियन महिला टोलीबीचको पहिलो टी-२०आई खेलमा नेपालले संघर्षपूर्ण जित हासिल गरेको छ । मलेसियाले दिएको ६८ रनको लक्ष्य नेपालले १७.३ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्दै २ विकेटको जित निकालेको हो । सम्झना खड्काले ३२ रन बनाइन् भने रुबी पोद्दारले १५ रन बनाइन् । कविता जोशीले ६ रन ...
। अमेरिका आईसीसी क्रिकेट विश्वकप लिग २ को शीर्षस्थानमा फर्किएको छ । बुधबार भएको खेलमा स्कटल्यान्डमाथि ६ विकेटको जित निकाल्दै अमेरिका शीर्षस्थानमा फर्किएको हो । स्कटल्यान्डले प्रस्तुत गरेको १७० रनको लक्ष्य अमेरिकाले २७.१ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो । स्मित पटेल र शयान जहांगिरले समान ३७ रन बनाए भने साइतेजा मुक्कामल्लाले ३५ रन बनाए ।मिलिन्द ...
। आर्सनलले २२ वर्षपछि इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि जितेको छ । गएराति भएको खेलमा दोस्रो स्थानको म्यान्चेस्टर सिटीले बर्नमाउथसँग १-१ गोलको बराबरी खेलेसँगै आर्सनलले उपाधि जित्ने पक्का भएको हो । प्रिमियर लिगमा अब एक-एक खेल मात्र हुन बाँकी छ । शीर्षस्थानको आर्सनलको ३७ खेलमा ८२ अंक छ भने सिटी ७८ अंकसहित दोस्रो स्थानमा छ । ...