मुख्य समाचार
म्यान्चेस्टर युनाइटेड दुई वर्षपछि युरोपियन च्याम्पियन्स लिग फुटबलमा स्थान
म्यान्चेस्टर युनाइटेड दुई वर्षपछि युरोपियन च्याम्पियन्स लिग फुटबलमा स्थान

। इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेड दुई वर्षपछि युरोपियन च्याम्पियन्स लिग फुटबलमा स्थान बनाएको छ ।

इंग्लिस प्रिमियर लिगअन्तर्गत गएराति भएको लिभरपुलसँगको खेलमा जित निकाल्दै युनाइटेडले शीर्ष ४ मा फिनिस गर्ने पक्का गरेर च्याम्पियन्स लिगका लागि छनोट भएको हो ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको रोमाञ्चक खेलमा युनाइटेडले लिभरपुललाई ३–२ ले हरायो । खेलको सुरुवातबाटै आक्रामक देखिएको युनाइटेडले छैटौं मिनेटमा माथिउस कुन्हा र १४औं मिनेटमा बेन्जामिन सेस्कोको गोलमार्फत पहिलो हाफमै २–० को अग्रता बनाएको थियो ।

तर दोस्रो हाफ सुरु हुनेबित्तिकै लिभरपुलले खेलमा फर्कने संकेत दियो । ४७औं मिनेटमा डोमिनिक सोबोस्लाई र ५६औं मिनेटमा कोडी गाक्पोले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए ।

खेल अन्त्यतिर नाटकीय बन्यो । ७७औं मिनेटमा कोबी माइनुले निर्णायक गोल गर्दै युनाइटेडलाई ३–२ को जित दिलाए ।

हालै पाँच वर्षे नयाँ सम्झौता गरेका माइनुले निर्णायक गोल गर्दै टोलीलाई च्याम्पियन्स लिगमा फर्काएका हुन् । यसअघि पूर्व प्रशिक्षक रुबेन अमोरिमको समयमा उनले लिगमा सुरुवाती रोजाइमा स्थान पाएका थिएनन् ।

यस जितसँगै युनाइटेडले सन् २०१५–१६ पछि पहिलोपटक लिभरपुलमाथि लिग डबल पनि पूरा गरेको छ ।

यता अन्तरिम प्रशिक्षककोफ रूपमा आएका माइकल क्यारिकले भने ठूला क्लबहरूमाथि लगातार जित निकाल्दै स्थायी प्रशिक्षक बन्ने दाबी बलियो बनाएका छन् ।

उनको आगमनपछि युनाइटेडले १४ खेलमा १० जित, २ हार र २ बराबरीको नतिजा निकालेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम