मुख्य समाचार
म्यान्चेस्टर युनाइटेड दुई वर्षपछि युरोपियन च्याम्पियन्स लिग फुटबलमा स्थान
म्यान्चेस्टर युनाइटेड दुई वर्षपछि युरोपियन च्याम्पियन्स लिग फुटबलमा स्थान

। इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेड दुई वर्षपछि युरोपियन च्याम्पियन्स लिग फुटबलमा स्थान बनाएको छ ।

इंग्लिस प्रिमियर लिगअन्तर्गत गएराति भएको लिभरपुलसँगको खेलमा जित निकाल्दै युनाइटेडले शीर्ष ४ मा फिनिस गर्ने पक्का गरेर च्याम्पियन्स लिगका लागि छनोट भएको हो ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको रोमाञ्चक खेलमा युनाइटेडले लिभरपुललाई ३–२ ले हरायो । खेलको सुरुवातबाटै आक्रामक देखिएको युनाइटेडले छैटौं मिनेटमा माथिउस कुन्हा र १४औं मिनेटमा बेन्जामिन सेस्कोको गोलमार्फत पहिलो हाफमै २–० को अग्रता बनाएको थियो ।

तर दोस्रो हाफ सुरु हुनेबित्तिकै लिभरपुलले खेलमा फर्कने संकेत दियो । ४७औं मिनेटमा डोमिनिक सोबोस्लाई र ५६औं मिनेटमा कोडी गाक्पोले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए ।

खेल अन्त्यतिर नाटकीय बन्यो । ७७औं मिनेटमा कोबी माइनुले निर्णायक गोल गर्दै युनाइटेडलाई ३–२ को जित दिलाए ।

हालै पाँच वर्षे नयाँ सम्झौता गरेका माइनुले निर्णायक गोल गर्दै टोलीलाई च्याम्पियन्स लिगमा फर्काएका हुन् । यसअघि पूर्व प्रशिक्षक रुबेन अमोरिमको समयमा उनले लिगमा सुरुवाती रोजाइमा स्थान पाएका थिएनन् ।

यस जितसँगै युनाइटेडले सन् २०१५–१६ पछि पहिलोपटक लिभरपुलमाथि लिग डबल पनि पूरा गरेको छ ।

यता अन्तरिम प्रशिक्षककोफ रूपमा आएका माइकल क्यारिकले भने ठूला क्लबहरूमाथि लगातार जित निकाल्दै स्थायी प्रशिक्षक बन्ने दाबी बलियो बनाएका छन् ।

उनको आगमनपछि युनाइटेडले १४ खेलमा १० जित, २ हार र २ बराबरीको नतिजा निकालेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...