। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानान्तरण हुनुपरेकै कारण सुकुमवासीले आत्महत्या गरेको प्रमाणित भएमा राज्यले गम्भीर रूपमा आवश्यक कदम लिने बताएको छ ।
‘कतिपयले सुकुमवासीले आत्महत्या गर्नुमा राज्य प्रेरित हत्या हो भनेर प्रश्न उठाइरहेको छ नि’ भन्ने सञ्चारकर्मीको जिज्ञासमा रास्वपाका प्रवक्ता मनिष झाले यस्तो बताएका हुन् ।
स्थानान्तरण भएकै कारण आत्महत्या गर्न बाध्य भएको भन्ने कुरा प्रमाणित हुन बाँकी रहेको उनको भनाइ थियो ।
उनले भने, ‘पोस्टमार्टम लगायत सुरक्षा निकायबाट प्रमाणित भएर उहाँहरू स्थानान्तरण भएकै कारण आत्महत्या गर्न बाध्य हुनुभयो भन्ने कुरा प्रमाणित हुन बाँकी छ । प्रमाणित भएपछि राज्यले गम्भीर रूपमा आवश्यक कमद लिने नै छ ।’
शुक्रबार बल्खुको सुकुमवासी बस्ती नजिकै बागमती खोलामा एक व्यक्ति मृत फेला परेका थिए । शुक्रबार बिहान घर भत्केको हेर्न सक्दिनँ भन्दै निस्किएका ६१ वर्षीय ईन्द्रबहादुर राई मृत फेला परेका थिए ।