मुख्य समाचार
स्थानीय तह निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार हुन क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीबाट उत्तीर्ण हुनैपर्ने निर्णय
स्थानीय तह निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार हुन क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीबाट उत्तीर्ण हुनैपर्ने निर्णय

। राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार हुन क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीबाट उत्तीर्ण हुनैपर्ने निर्णय गरेको छ ।

आज पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

रास्वपाले उम्मेदवारका आकांक्षी धेरै हुने भएपछि छनोटमा सहज बनाउन क्यान्डिडेट क्लब बनाएको छ । हालै बसेको संसदीय दलको बैठकले स्थानीय तह निर्वाचन उमेदवार छनोट रूपरेखा तथा क्यान्डिडेट क्लब सम्पादन समिति बनाएको हो ।

उक्त समितिको संयोजकमा सह-महामन्त्री विपिनकुमार आचार्य छन् । त्यस्तै उक्त समितिको सचिवमा केन्द्रीय सदस्य रामकुमार (आरके) ढुंगाालाई सचिव तोकिएको छ । उता संघीय सांसदहरूसहित अन्य ५ जना सदस्य रहेका छन् ।

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अहिलेबाटै आगामी स्थानीय तहको निर्वाचन तयारी थालेको छ।

२०७९ वैशाखमा भएको स्थानीय चुनावको पाँच वर्षे कार्यकाल आगामी २०८४ सालमा पूरा हुँदैछ । यस्तोमा रास्वपाले स्थानीय तह र प्रदेश सभाको चुनाव एकै समयमा गर्ने गरी अहिलेबाटै आवश्यक तयारी अघि बढाएको हो ।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीको स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८३ को मस्यौदा प्रतिवेदन पार्टीको सचिवालय बैठकमा पार्टी सभापति रवि लामिछानेज्युलाई उम्मेदवार छनौट रुपरेखा निर्माण समितिको तर्फबाट हस्तान्तरण गरिएको थियो

यी हुन् क्यान्डिडेट क्लबका सदस्यहरू

१. विपिन कुमार आचार्य (सह-महामन्त्री) संयोजक ९८५१२४८०६३
२. रामकुमार (आरके) ढुंगाना (केन्द्रीय सदस्य) सचिव ९८५१०१२८७५
३. समिक्षा बास्कोटा (केन्द्रीय सदस्य) सदस्य ९८५१०६७५०८
४. केपी खनाल (केन्द्रीय सदस्य) सदस्य ९८५१०१९८०२
५. कामिनी चौधरी (केन्द्रीय सदस्य) सदस्य ९८५१३२९६२१
६. रामकृष्ण भट्टराई (केन्द्रीय सदस्य) सदस्य ९८५१०५६१२७
७. डिल्लिश्वर कार्की (रोहन) (केन्द्रीय सदस्य) सदस्य ९८२४३४८०६४

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। रास्वपा सभापति रवि लामिछानेले देशभरका स्थानीय तहहरूले आफ्नो पार्टीको काँधमा बन्दुक हान्ने काम गरेको भन्दै आपत्ति जनाएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अव्यवस्थित व्यवसायीलाई स्थानीय तहले आफ्नो पार्टीको नाम बदनाम हुनेगरी ब्रिफिङ गरेको जिकिर गरे । ‘देशभरिका विभिन्न स्थानीय निकायहरूले रास्वपाको काँधमा बन्दुक हानेर अव्यवस्थित व्यवसायीलाई देख्यौ तिमीहरूको काम गरिरहनुभएको छ, ...
। राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेशले कूल संरचनाको बहुमत प्रतिनिधित्व नगरेको भन्दै पुनर्विचारका लागि फिर्ता गरेका छन् । उनले बुहमतीय प्रणालीलाई जीवन्त र निरन्तर राखिराख्नु पर्ने भन्दै अध्यादेश पुनर्विचार गर्न भनेका हुन् । ‘संवैधानिक परिषद्को कूल संरचनाको बहुमतलाई प्रतिनिधित्व नगरेको देखिएको हुँदा बहुमतीय प्रणालीलाई जीवन्त र निरन्तर राखिराख्न सर्वोच्च अदालतको पूर्ण इजलासको आदेशलाई ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संघीय सरकार निर्माण लगत्तै स्थानीय चुनावको तयारीमा जुटेको छ । पहिलो पटक स्थानीय चुनावमा सहभागी हुन लागेको रास्वपाले अरू दलभन्दा एक कदम अगाडि बढेर तयारी थालेको हो । २०७९ वैशाखमा स्थानीय तहको चुनाव हुँदा रास्वपा दल नै गठन भएको थिएन । रास्वपाले स्थानीय तहको उपचुनावमा भने भाग लिएको थियो । प्रतिनिधिसभा निर्वाचनमा ...
। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक नेतृत्वबाट प्राप्त स्पष्ट प्रतिबद्धता र आश्वासनले निजी क्षेत्रको खस्किएको आत्मविश्वास पुनर्स्थापित हुने विश्वास व्यक्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले आज काठमाडौंमा आयोजना गरेको निजी क्षेत्रसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले निजी क्षेत्रको लगानी र व्यावसायिक सक्रियता अभिवृद्धि गर्न राज्य र राजनीतिक दलहरूको सहयोग अपरिहार्य रहेको बताएका ...
। नेकपा एमालेले पार्टी सदस्यता नवीकरणलाई अनलाइन माध्यमबाट गर्ने तयारी गरेको छ । यसअघि भौतिक रूपमा उपस्थित भएर मात्रै नवीकरण गर्ने नीति लिएको थियो । तर त्यो शैली बदल्ने प्रस्ताव संगठन विभागले राखेको छ । ‘भौतिक रूपमा आफैं उपस्थित भएर सदस्यता नवीकरण गर्ने नीति थियो, तर अब अनलाइनमा जाने कि भनेर संगठन विभागले प्रस्ताव तयार पारेको छ,’ ...