मुख्य समाचार
सत्य लेखेकै आधारमा सञ्चारकर्मीले डराउनु नपर्ने वातावरण निर्माण गर्नु सबैको साझा दायित्व
सत्य लेखेकै आधारमा सञ्चारकर्मीले डराउनु नपर्ने वातावरण निर्माण गर्नु सबैको साझा दायित्व

। नेपाली कांग्रेसका सभापति गगन थापाले सत्य लेखेकै आधारमा सञ्चारकर्मीले डराउनु नपर्ने वातावरण निर्माण गर्नु सबैको साझा दायित्व भएको बताएका छन्।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आइतबार बिहान सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै सभापति थापाले स्वतन्त्र र निर्भय प्रेसलाई लोकतन्त्रको प्रमुख आधारस्तम्भका रूपमा अर्थ्याएका छन्।




‘लोकतन्त्रको आधार स्तम्भ नै स्वतन्त्र र निर्भय प्रेस हो। तर आजको बदलिँदो समयमा सूचना संकलन र सत्यको खोजी गर्ने कार्य चुनौतीपूर्ण बन्दै गएको छ,’ उनले लेखेका छन् ।
बदलिँदो समयमा सूचना सङ्कलन र सत्यको खोजी गर्ने कार्य थप चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्दै उनले भनेका छन्, ‘कतिपय अवस्थामा देखिने असुरक्षा र दबाबका बीच पनि सत्यको पक्षमा उभिनुहुने सञ्चारकर्मी साथीहरूमा हार्दिक सम्मान व्यक्त गर्दछु।’

प्रेस स्वतन्त्रतालाई कुनै व्यक्ति वा संस्थाको विरुद्धमा हुने प्रहारका रूपमा नबुझी नागरिकको सुसूचित हुन पाउने अधिकारको रक्षाका रूपमा लिनुपर्नेमा उनले जोड दिएका छन्।




सभापति थापाले सम्पूर्ण सञ्चारकर्मीहरूलाई विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामनासमेत दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। काठमाडौं र ललितपुरको विभिन्न मसाज सेन्टरबाट २५८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार ५७ वटा मसाज सेन्टरमा छापा मारेको थियो । पक्राउ परेकाहरूमाथि अनैतिक क्रियाकलाप गरेको आरोप छ । प्रहरीले काठमाडौँको ठमेल, बौद्ध तथा ललितपुरको विभिन्न ठाउँमा रहेका मसाज सेन्टर छापा मार्दा २४० जना महिला र १८ जना ...
। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिको सपना अझै पूरा नभएको बताएका छन् । आज यहाँ मुसिकोट नगरपालिका–१० खर्सुपानीमा आयोजित शहीद कामी बुढा स्मृति पार्क उद्घाटन कार्यक्रममा उनले सबै कम्युनिस्टहरू एकताबद्ध भएर क्रातिको सपना पूरा गरिने बताएका हुन् । ‘हामी समाजवादको यात्रामा अगाडि बढ्ने भनेर लागिरहेका छौँ, त्यसका लागि विभिन्न कम्युनिस्ट ...
। संघीय संसद् सचिवालयले सांसद्का लागि स्वकीय सचिवको सुविधाका सम्बन्धमा दलहरूको धारणा मागेको छ । धारणा माग भएपछि विपक्षी दलहरू छलफलमा छन् । प्रतिनिधिसभाका सचिव हर्कराज राईले यही वैशाख १४ गते संसदीय दलहरू र स्वतन्त्र सांसदलाई पत्र लेखेका थिए । पत्रमा सांसद्हरुको लागि स्वकीय सचिवको व्यवस्था गर्न लिखित माग प्राप्त गर्न निर्देशन भएअनुसार पत्राचार गरिएको भनिएको छ ...
। सरकारले अध्यादेश मार्फत सम्पत्ति शुद्धीकरण विभागलाई थप शक्तिशाली बनाएको छ । सरकारले आर्थिक क्षेत्रमा कर, तस्करी, बीमा, बैंक तथा सेयर बजारसँग सम्बन्धित कसुर अनुसन्धानको जिम्मा विभागलाई लगाएको हो । सरकारले अध्यादेश मार्फत सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ संशोधन गरेको हो । सरकारले प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाएको अध्यादेश १८ वैशाखमा स्वीकृत भएको हो । अध्यादेशले सम्पत्ति शुद्धीकरण ...
। सर्वोच्च शिखर सगरमाथा आरोहणमा बाटो बनाउने क्रममा आइसफल डाक्टरले बेवारिसे शव फेला पारेका छन् । नेपाल पर्वतारोहण संघका अध्यक्ष फुरगेल्जे शेर्पाका अनुसार सगरमाथा आधार शिविरबाट क्याम्प १ मा जाने क्रममा खुम्बु आइसफल क्षेत्रमा एक बेवारिसे शव फेला परेको हो । हिउँले आधा पुरिएको अवस्थामा शव भेटिएको थियो । मुख्य आरोहण मार्गमा भेटिएको उक्त शवले सुरक्षा र ...