: रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलले फिर्ता गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबारे आफूले बुझेर मात्र प्रतिक्रिया दिने बताएका छन्।
सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले अध्यादेश फिर्ताका सम्बन्धमा भर्खरै जानकारी पाएकाले बुझ्नै बाँकी रहेको बताए। 'तपाईंले भनेपछि अध्यादेश फिर्ता भएको थाहा पाएँ। यसबारे बुझ्छु। बुझेपछि प्रतिक्रिया दिन्छु,' उनले भने।
राष्ट्रपति पौडेलले आइतबार संवैधानिक परिषदसम्बन्धी अध्यादेश सरकारलाई नै फिर्ता पठाएका छन्। उनले अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाएका हुन्।
राष्ट्रपति पौडेलले यसअघि संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरणका लागि २०८२ असार २५ मा पेस भएको सन्देशसहित उक्ता विधेयक फिर्ता पठाएको, तत्कालीन मन्त्रिपरिषदको २०८३-८-२ को निर्णय बमोजिम प्राप्त भएको संवैधानिक परिषद पहिलो संशोधन अध्यादेश २०८२ जारी नभएको समेत स्मरण गराएका छन्। राष्ट्रपति पौडेलले पहिलो संशोधन अध्यादेश २०८३ को विषयवस्तुको सन्दर्भमा पुनर्विचार गर्न पठाएका हुन्।