मुख्य समाचार
कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले कानुन व्यवसायीहरू निष्पक्षतामा बढी विश्वास राख्ने बताए
कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले कानुन व्यवसायीहरू निष्पक्षतामा बढी विश्वास राख्ने बताए

: कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले कानुन व्यवसायीहरू निष्पक्षतामा बढी विश्वास राख्ने बताएकी छन्। बाह्रखरी मिडियाले गोकर्ण गल्फ कोर्समा शनिबार् आयोजना गरेको कार्यक्रममा उनले गल्फमा अझ बढी अनुशासन र निष्पक्षता देखिएको बताइन्।

'कानुन व्यवसायी र न्यायाधीश भएको नाताले हामीले सधैं निष्पक्षताको कुरा उठाउँदै आएका छौं। जहाँ पनि 'फेयरनेस'को कुरा गर्छौं। तर, गल्फ कोर्समा पाइला टेक्दा सबैभन्दा ठूलो निष्पक्षताको अभ्यास त यहाँ हुँदो रहेछ भन्ने लाग्यो,' उनले भनिन्।

गल्ती लुकाउने ठाउँ हुँदाहुँदै पनि गल्फका खेलाडीहरूले निष्पक्षताका विषयमा ठूलो अभ्यास गरिरहेको उनले बताइन्। उनले गल्फमा गल्तीमाथि गल्ती गर्ने प्रतिस्पर्धा पनि नहुने स्पष्ट पारिन्। 'गल्फमा गल्तीमाथि गल्तीको प्रतिस्थापन गर्ने प्रतिस्पर्धा हुँदैन। मान्छेलाई प्रतिशोध लिने प्रतिस्पर्धा पनि हुँदैन। स्वस्थ प्रतिस्पर्धा हुन्छ,' उनले भनिन्।



उनले गल्फका हरेक खेलाडीहरूमा संयमता र अनुशासन देखिएको बताइन्। उनले अहिले देशमा प्रताड्ना दिने अभिव्यक्ति भन्दा पनि स्वस्थ प्रतिक्रियासहित अगाडि बढ्नुपर्ने बताइन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै बहुमतीय प्रणालीको मर्ममाथि पुनर्विचार गर्न सरकारलाई आग्रह गरेका छन् । परिषद्का ६ सदस्यमध्ये तीन जनाबाटै निर्णय गर्न सकिने प्रावधान राखिएको अध्यादेशप्रति असहमति जनाउँदै उनले उक्त प्रस्ताव पुनः विचार गरी पठाउन आग्रह गरेका हुन् । 'तत्कालीन मन्त्रिपरिषद्को २०८२।०८।०२ को निर्णयबमोजिम प्राप्त भएको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार ...
— राष्ट्रपति रामचन्द्र पौडेलले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेका छन्। मन्त्रिपरिषद्ले गत मंगलबार सिफारिस गरेको उक्त अध्यादेश आइतबार राष्ट्रपति पौडेलले जारी गरेका हुन्। यसअघि राष्ट्रपति पौडेलले सार्वजनिक खरिद, सम्पत्ती शुद्धीकरण, सहकारी, विश्वविद्यालय, स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी र सार्वजनिक पदाधिकारी पदमुक्तिसम्बन्धी अध्यादेश जारी गरिसकेका छन् । केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशमार्फत २० वटा ...
— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आइतबारको सचिवालयको बैठकले हाल हटाइएका अतिक्रमित संरचना र सुकुमवासी बस्तीबाट हटाइएका नागरिकलाई यस वर्षको चैत मसान्तभित्र गाँस, बास, स्वास्थ्यलगायत सबै व्यवस्था गर्न नेपाल सरकारलाई आग्रह गरेको छ । उक्त पार्टीको केन्द्रीय कार्यालय, वनस्थलीका भएको बैठकपछि प्रवक्ता मनिष झाले अधिकार सम्पन्न प्राधिकरण गठन गरेर सुकुमवासीको लगत संकलन नगरेसम्म अधिग्रहण गरिएका संरचनामा ...
— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपतिबाट संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता भएको बारेमा विस्तृत अध्ययन गर्ने बताएका छन् । आइतबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले विस्तृत अध्ययनपछि मात्रै आफूले उक्त विषयमा धारणा बनाउने बताएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार संवैधानिक परिषद्(काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक ...
: पहिरोका कारण नेपाल–चीनबीचको उत्तरी नाका तातोपानी ५ दिनदेखि ठप्प हुन पुगेपछि नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले पहिरो क्षेत्रको निरीक्षण गरेका छन्। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका– २ स्थित इकोमा आएको पहिरोका कारण मंगलबारबाट तातोपानी नाका बन्द छ। नाका बन्द भएपछि राजदूत चाङले खासा हुँदै नेपाल प्रवेश गरी ६ सदस्यीय टोलीसहित स्थलगत निरीक्षण गरेका थिए। राजदूतको टोलीले ...