मुख्य समाचार
अमेरिकाले जर्मनबाट आफ्ना पाँच हजार सैनिक फिर्ता गर्ने घोषणा
अमेरिकाले जर्मनबाट आफ्ना पाँच हजार सैनिक फिर्ता गर्ने घोषणा

: अमेरिकाले जर्मनबाट आफ्ना पाँच हजार सैनिक फिर्ता गर्ने घोषणा गरेको छ । इरानसँगको युद्धको विषयलाई लिएर बिच्किएको अमेरिकाले जर्मनीमा खटिएका आफ्ना सैनिकमध्ये पाँच हजारलाई फिर्ता गर्ने घोषणा गरेको हो । अमेरिकी रक्षा विभागले जर्मनीबाट सैनिक फिर्ता लिने योजना बनाएको हो । यो निर्णय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जर्मन चान्सलर फ्रिड्रिख मेर्जबीच इरानसँगको युद्धलाई लिएर भएको विवादपछि आएको हो।

यो निर्णय ट्रम्पले मेर्जको आलोचना गरेको एक दिनपछि आएको हो । मेर्जले अमेरिकालाई इरानी वार्ताकारहरूले ‘अपमानित’ बनाएको टिप्पणी गरेका थिए । गत डिसेम्बरसम्म जर्मनीभर रहेका विभिन्न सैन्य अड्डाहरूमा ३६ हजार बढी सक्रिय अमेरिकी सैनिक तैनाथ थिए, जसले त्यहाँ अमेरिकाको ठूलो सैन्य उपस्थिति देखाउँछ ।

जर्मनीका रक्षा मन्त्री बोरिस पिस्टोरियसले भनेका छन्, ‘युरोपमा, विशेषगरी जर्मनीमा अमेरिकी सैनिकहरूको उपस्थिति हाम्रो र अमेरिकाको दुवै हितमा छ ।’ तर उनले यो निर्णय अप्रत्याशित नभएको पनि स्पष्ट पारे । उनका अनुसार अमेरिका युरोप तथा जर्मनीबाट सैनिक फिर्ता लिने सम्भावना ‘पहिले नै देखिएको’ थियो ।


युरोपमा अमेरिकाको सबैभन्दा ठूलो सैन्य तैनाथी जर्मनीमै छ । इटालीमा करिब १२ हजार र बेलायतमा करिब १० हजार अमेरिकी सैनिक रहेका छन् । धेरै सैनिकहरू जर्मनीको दक्षिण–पश्चिमी शहर कैसरस्लाउटर्न नजिकको रामस्टाइन एयर बेसमा तैनाथ छन् । ट्रम्पले यसअघि पनि जर्मनीबाट अमेरिकी सैनिक घटाउने प्रस्ताव गरेका थिए, तर ती अहिलेसम्म कार्यान्वयनमा आएका थिएनन् । जापान बाहेक अमेरिकाको सबैभन्दा ठूलो सैन्य उपस्थिति जर्मनीमै छ । सन २०२० मा जर्मनीबाट १२ हजार सैनिक अन्य नाटो देशहरूमा वा अमेरिकामा फिर्ता लैजाने प्रस्ताव अमेरिकी संसद (कङ्ग्रेस) ले रोकेको थियो र पछि राष्ट्रपति जो बाइडेनले त्यसलाई उल्ट्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम