मुख्य समाचार
सुकुम्बासी बस्तीहरूमा डोजर चलाएर खाली गराउने अभियान सुरु गरेपछि सुनसरीको धरान उपमहानगरपालिकामा सुकुम्बासीहरूले प्रदर्शन
सुकुम्बासी बस्तीहरूमा डोजर चलाएर खाली गराउने अभियान सुरु गरेपछि सुनसरीको धरान उपमहानगरपालिकामा सुकुम्बासीहरूले प्रदर्शन

: सरकारले देशभरका सुकुम्बासी बस्तीहरूमा डोजर चलाएर खाली गराउने अभियान सुरु गरेपछि सुनसरीको धरान उपमहानगरपालिकामा सुकुम्बासीहरूले प्रदर्शन गरेका छन् । आफ्ना बासस्थान जोगाउन माग गर्दै हजारौँ सुकुम्बासीहरू सडकमा उत्रिएपछि धरानको मुख्य बजार क्षेत्र दिनभर तनावग्रस्त बनेको थियो ।

nullप्रदर्शनकारीहरू छाता चोकमा भेला भई सरकारविरुद्ध चर्का नाराबाजी गर्दै विरोध जनाएका थिए । विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर उत्रिएका उनीहरूले ‘बालेन तेरो पाराले, दुःख पाए साराले’, ‘संविधान अनुसार सबैलाई बाँच्न दे’, ‘राज्य आतंक बन्द गर’ जस्ता नारा लगाएका थिए ।
प्रदर्शनमा सहभागीहरूले आफूहरूलाई उचित विकल्प नदिई बल प्रयोग गरेर बस्ती हटाउने कार्य अन्यायपूर्ण भएको बताएका छन् । उनीहरूले लामो समयदेखि बसोबास गर्दै आएको स्थानबाट विस्थापित गर्न खोज्नु मानव अधिकारको उल्लंघन भएको भन्दै तत्काल यस्तो अभियान रोक्न सरकारसँग माग गरेका छन् ।

nullनेपाल बसोबास बस्ती संरक्षण समाज धरानका अध्यक्ष सुवास थुलुङ राईको नेतृत्वमा आयोजना गरिएको उक्त आन्दोलनमा स्थानीय राजनीतिक दलका प्रतिनिधिहरूको समेत सहभागिता देखिएको थियो । नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाल कम्युनिस्ट पार्टीका स्थानीय नेताहरूले सुकुम्बासीहरूको मागप्रति समर्थन जनाउँदै प्रदर्शनमा साथ दिएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राईले सुकुम्बासीहरूमाथि भइरहेको ‘राज्य आतंक’ तत्काल बन्द गर्न माग गरे । उनले संविधानले प्रत्येक नागरिकलाई बासस्थानको अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै सुकुम्बासीहरूलाई वैकल्पिक व्यवस्था नगरी हटाउने प्रयास स्वीकार्य नहुने बताए । ‘हामीलाई बसोबासको अधिकार चाहिन्छ, बल प्रयोग होइन,’ अध्यक्ष राईले भने, ‘यदि सरकार आफ्नो निर्णयबाट पछि नहटे कडा आन्दोलनमा उत्रन बाध्य हुनेछौँ ।’

प्रदर्शनमा धरानका करिब १० हजारभन्दा बढी सुकुम्बासीहरूको सहभागिता रहेको थियो । उनीहरू सडकमा उत्रिएपछि केही समय यातायात समेत प्रभावित भएको थियो भने सुरक्षाका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । धरानमा मात्रै करिब ३० हजारभन्दा बढी सुकुम्बासीहरूको बसोबास रहेको अनुमान गरिएको छ । तीमध्ये अधिकांशले वर्षौदेखि सार्वजनिक तथा ऐलानी जग्गामा बसोबास गर्दै आएका छन् ।

nullसरकारले भने सार्वजनिक जग्गा अतिक्रमण हटाउने नीति अन्तर्गत देशभरका सुकुम्बासी बस्तीहरू खाली गराउने अभियान सञ्चालन गर्दै आएको छ । तर स्थानीय तहमा यसको कार्यान्वयन गर्दा उचित पुनःस्थापना र व्यवस्थापनको अभाव देखिएको भन्दै आलोचना बढ्दै गएको छ । धरानमा भएको पछिल्लो प्रदर्शनले सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक रहेको स्पष्ट संकेत गरेको छ । सरोकारवाला पक्षहरूबीच संवाद र सहमति बिना समस्या झन् जटिल बन्ने देखिएको स्थानीयहरूले बताएका छन् । धरानका कार्यबाहक मेयर अइन्द्रबिक्रम बेघाले सुकुम्बासीका घरमा डोजर नचलाउने र घरवार बिहिन बनाउन नदिने अवस्थाको आश्वासन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सल्यानमा भवन निर्माणका लागि जग खन्ने क्रममा ठूलो मात्रामा विस्फोटक पदार्थ फेला परेको छ। जिल्ला प्रहरी कार्यालय सल्यानको कम्पाउण्डभित्र नयाँ भवन निर्माणका लागि जग खन्ने क्रममा पुराना बम तथा बम बनाउने सामग्री भेटिएको हो। प्रहरीका अनुसार उत्खननका क्रममा ८२ वटा सकेट बम, ३ वटा सुतली बम, १ बोतल बम, ७ थान रेडियो वेभ, करिब ५०० ...
: नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । नेकपाले आउँदो मंसिर ११–१५ गते काठमाडौंमा हुने गरी एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको हो । नेकपाले सार्वजनिक गरेको कार्यतालिका अनुसार आउँदो असार र साउन मसान्तसम्म पार्टी सदस्यता नविकरण र नयाँ सदस्यता वितरण, भदौं १५ गतेसम्म वडा तहका अधिवेशनहरु सम्पन्न ...
: राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गरेसँगै विभिन्न समयमा राजनीतिक नियुक्त पाएकाहरू पदमुक्त हुने भएका छन्। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले प्रशासनिक सुदृढीकरण र राज्यका निकायहरूलाई नयाँ गति दिने उद्देश्यले चालेको यो कदमसँगै विभिन्न ऐन र संरचनाअन्तर्गत राजनीतिक नियुक्ति पाएका कूल १,५९४ जना पदाधिकारीहरू एकमुष्ट रूपमा ...
: त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले शैक्षिक पात्रो सुधार्न अनियमित रहेका परीक्षा धमाधम सञ्चालन गरिरहेको छ। त्रिवि परीक्षा नियन्त्रण कार्यालयले आगामी साउनदेखि नियमित शैक्षिक पात्रोअनुसार परीक्षा सञ्चालन गर्न अहिले अनियमित भएका परीक्षालाई सञ्चालन गरिरहेको कार्यालयका परीक्षा नियन्त्रक लक्ष्मण पौडेलले बताए। अहिले अनियमित भएका शैक्षिक पात्रोलाई सुर्धानका लागि महिनामा तीनदेखि चार प्रकारका परीक्षा लिइरहेका उनको भनाइ छ। ...
: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ । आज बिहान सभापति लामिछानेको निजी निवासमा लामिछाने भेटवार्ता भएको गोरले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिए। उनका अनुसार भेटमा सभापति लामिछानेसँग संयुक्त राज्य अमेरिका–नेपाल साझेदारीलाई सुदृढ पार्ने विषयमा छलफल भएको ...