मुख्य समाचार
पाहुना टोली एबीएफसी कोलकाता (भारत) लाई २-० गोल अन्तरले स्तब्ध पार्दै आयोजक राइनो क्लब सेमिफाइनलमा प्रवेश
पाहुना टोली एबीएफसी कोलकाता (भारत) लाई २-० गोल अन्तरले स्तब्ध पार्दै आयोजक राइनो क्लब सेमिफाइनलमा प्रवेश

: मध्यविन्दुको राइनो रंगशालामा जारी राइनो संरक्षण गोल्डकपमा आयोजक राइनो क्लबले सानदार जित दर्ता गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार सम्पन्न अन्तिम क्वार्टरफाइनल खेलमा पाहुना टोली एबीएफसी कोलकाता (भारत) लाई २-० गोल अन्तरले स्तब्ध पार्दै आयोजक राइनो क्लब सेमिफाइनलमा प्रवेश गरेको हो।

अत्यन्तै आक्रामक र प्रतिस्पर्धात्मक शैलीमा खेलिएको उक्त खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दुवै टोलीले सुरुवाती समयमा रक्षात्मक खेल प्रदर्शन गरे पनि दोस्रो हाफमा आयोजक टोलीले आक्रामक रणनीति अपनाउँदै दुई गोल गर्न सफल भयो।
राइनो क्लबका लागि विकि चाम्लिङ राई र कृष्ण आलेले समान एक-एक गोल गर्दै टोलीको जित सुनिश्चित गरे। खेलमा उत्कृष्ट प्रदर्शन गरेका आयोजक राइनो क्लबका कृष्ण आले 'म्यान अफ द म्याच' घोषित भए।

प्रतियोगिता अन्तर्गत आइतबार हुने पहिलो सेमिफाइनल खेलमा दुई विभागीय टोलीहरू नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल एफसी बीच प्रतिस्पर्धा हुनेछ। राइनो क्लबका अध्यक्ष दोमन भण्डारीका अनुसार प्रतियोगिताको विजेताले नगद ८ लाख र उपविजेताले ४ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। गोल्डकपको फाइनल खेल यही वैशाख २३ गते हुनेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...