मुख्य समाचार
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक

: नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । नेकपाले आउँदो मंसिर ११–१५ गते काठमाडौंमा हुने गरी एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको हो ।

नेकपाले सार्वजनिक गरेको कार्यतालिका अनुसार आउँदो असार र साउन मसान्तसम्म पार्टी सदस्यता नविकरण र नयाँ सदस्यता वितरण, भदौं १५ गतेसम्म वडा तहका अधिवेशनहरु सम्पन्न गर्ने, भदौं १६ देखि भदौं मसान्तसम्म पालिका तहका अधिवेशन सम्पन्न गर्ने, असोज मसान्तसम्म जिल्लास्तरका अधिवेशन सम्पन्न गर्ने, कातिक १५ सम्म प्रदेशस्तरका अधिवेशन सम्पन्न गर्ने जनाएको छ ।

नेकपाले पार्टीको सबै तहका अधिवेशन तथा एकता राष्ट्रिय महाधिवेशनसम्बन्धी दस्तावेज तथा कार्यविधिको तयारी केन्द्रीय कार्यसमिति वैठकको निर्णयबाट गरिने जनाएको छ । २०८२ चैत १९ देखि सुरु भई १० दिन सञ्चालन भई बैसाख १४ मा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालको अध्यक्षतामा बसेको वैठकले पार्टीको वैचारिक। सांगठनिक तथा समसामयिक राजनीतिक विषयमा गरिएका निर्णयहरु समेत सार्वजनिक गरिएको छ ।



पार्टीको तत्कालीन कार्ययोजना अन्तर्गत वैचारिक, राजनीतिक, सांगठनिक र साँस्कृतिक स्पष्टतासहित पार्टी पुनर्गठन प्रक्रिया अघि बढाउँदै मंसिर १५ गते हुने एकता राष्ट्रिय महाधिवेशनबाट पूर्णता दिइने जनाइएको छ । यस्तै पार्टीको वडादेखि केन्द्रसम्मका कमिटीहरुमा अनुभवी, प्रौढ र युवा तथा नवयुवाहरुको समावेशीता रहने, जसमा नवयुवाहरुको प्रतिनिधित्व ५० प्रतिशत पुर्‍याउने निर्णय गरिएको छ ।

सिङ्गो कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन र एकीकृत कम्युनिष्ट पार्टी निर्माणका लागि पहल गरिने निर्णय समेत गरिएको छ । नेपालको संविधान र लोकतन्त्रको रक्षा एवम् सुदृढिकरणको उद्देश्यसहितका साझा समझदारी कायम गर्दै सडक र सदन दुबै मोर्चाबाट सशक्त भूमिका निर्वाह गर्ने, अन्तर्राष्ट्रिय क्षेत्रको कामलाई वैचारिक, राजनीतिक र कुटनीतिक रुपमा ठोस ढङ्गले अगाडि बढाउने नेकपाले निर्णय गरेको छ ।

यस्तै नेकपाको तर्फबाट संविधान संशोधन सुझाव कार्यदल गठन गरिएको छ । जसमा देव गुरुङ, प्रकाश ज्वाला, प्रेमबहादुर सिंह, रनध्वज लिम्बू, रेखा शर्मा, गणेश विश्वकर्मा, वरिष्ठ अधिवक्ता डा. मुक्तिनारायण प्रधान, वरिष्ठ अधिवक्ता डा. खिमलाल देवकोटा, डम्बरविक्रम कार्की, अधिवक्ता जेगदेव चौधरी र डा. रामबहादुर चौधरी रहेका छन् । १० दिनसम्म चलेको उक्ता वैठकले विभिन्न १९ वटा समसामयिक प्रस्तावहरु पारित गरेको पार्टी प्रवक्ता प्रकाश ज्वालाले जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सरकारले देशभरका सुकुम्बासी बस्तीहरूमा डोजर चलाएर खाली गराउने अभियान सुरु गरेपछि सुनसरीको धरान उपमहानगरपालिकामा सुकुम्बासीहरूले प्रदर्शन गरेका छन् । आफ्ना बासस्थान जोगाउन माग गर्दै हजारौँ सुकुम्बासीहरू सडकमा उत्रिएपछि धरानको मुख्य बजार क्षेत्र दिनभर तनावग्रस्त बनेको थियो । nullप्रदर्शनकारीहरू छाता चोकमा भेला भई सरकारविरुद्ध चर्का नाराबाजी गर्दै विरोध जनाएका थिए । विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर ...
: सल्यानमा भवन निर्माणका लागि जग खन्ने क्रममा ठूलो मात्रामा विस्फोटक पदार्थ फेला परेको छ। जिल्ला प्रहरी कार्यालय सल्यानको कम्पाउण्डभित्र नयाँ भवन निर्माणका लागि जग खन्ने क्रममा पुराना बम तथा बम बनाउने सामग्री भेटिएको हो। प्रहरीका अनुसार उत्खननका क्रममा ८२ वटा सकेट बम, ३ वटा सुतली बम, १ बोतल बम, ७ थान रेडियो वेभ, करिब ५०० ...
: राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गरेसँगै विभिन्न समयमा राजनीतिक नियुक्त पाएकाहरू पदमुक्त हुने भएका छन्। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले प्रशासनिक सुदृढीकरण र राज्यका निकायहरूलाई नयाँ गति दिने उद्देश्यले चालेको यो कदमसँगै विभिन्न ऐन र संरचनाअन्तर्गत राजनीतिक नियुक्ति पाएका कूल १,५९४ जना पदाधिकारीहरू एकमुष्ट रूपमा ...
: त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले शैक्षिक पात्रो सुधार्न अनियमित रहेका परीक्षा धमाधम सञ्चालन गरिरहेको छ। त्रिवि परीक्षा नियन्त्रण कार्यालयले आगामी साउनदेखि नियमित शैक्षिक पात्रोअनुसार परीक्षा सञ्चालन गर्न अहिले अनियमित भएका परीक्षालाई सञ्चालन गरिरहेको कार्यालयका परीक्षा नियन्त्रक लक्ष्मण पौडेलले बताए। अहिले अनियमित भएका शैक्षिक पात्रोलाई सुर्धानका लागि महिनामा तीनदेखि चार प्रकारका परीक्षा लिइरहेका उनको भनाइ छ। ...
: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ । आज बिहान सभापति लामिछानेको निजी निवासमा लामिछाने भेटवार्ता भएको गोरले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिए। उनका अनुसार भेटमा सभापति लामिछानेसँग संयुक्त राज्य अमेरिका–नेपाल साझेदारीलाई सुदृढ पार्ने विषयमा छलफल भएको ...