मुख्य समाचार
इन्धन संकटका कारण अमेरिकी ‘स्पिरिट एयरलाइन्स’ ले सबै उडान रद्द
इन्धन संकटका कारण अमेरिकी ‘स्पिरिट एयरलाइन्स’ ले सबै उडान रद्द

: इन्धन संकटका कारण अमेरिकी ‘स्पिरिट एयरलाइन्स’ ले सबै उडान रद्द गरेको छ । इन्धन संकटका कारण स्पिरिट एयरलाइन्सले क्रमवद्ध उडान घटाएको थियो । अमेरिकाको कम लागत विमान कम्पनी स्पिरिट एयरलाइन्सले सबै उडानहरू रद्द गरिएको जनाएको छ । कम्पनीले सम्भावित ह्वाइट हाउसको उद्धार योजना असफल भएपछि ‘क्रमबद्ध रूपमा सञ्चालन बन्द गर्ने’ प्रक्रिया सुरु गरेको थियो ।

एयरलाइन्सले शनिबार विहान विज्ञप्ती जारी गर्दै भनेको छ, ‘स्पिरिट एभिएसन होल्डिङ्स, इंक, स्पिरिट एयरलाइन्सको मूल कम्पनीले आज अत्यन्तै दुःखका साथ जानकारी गराउँछ कि कम्पनीले तत्काल प्रभावबाट क्रमबद्ध रूपमा सञ्चालन बन्द गर्ने प्रक्रिया सुरु गरेको छ । सबै स्पिरिट उडानहरू रद्द गरिएको छ । यात्रुहरू विमानस्थल नजान अनुरोध गरिन्छ ।’

तथ्यांक अनुसार, स्पिरिटसँग मे १ देखि मे १५ बीच ४,११९ घरेलु उडानहरू निर्धारित थिए, जसले ८,०९,६३८ सिट उपलब्ध गराउने थियो । दुई महिनाअघि सुरु भएको इरान युद्धका कारण जेट इन्धनको मूल्य दोब्बर भएपछि कम्पनीको पतन हुने अवस्था आएको हो । जसले हजारौं रोजगारीमा असर पर्नेछ । यो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि पनि झट्का हो । जसले केही सल्लाहकार र रिपब्लिकन सांसदहरूको विरोधका बाबजुद स्पिरिटलाई जोगाउन ५०० मिलियन डलरको प्रस्ताव गरेका थिए ।



स्पिरिटले आफ्ना ऋणदाताहरूसँग एक सम्झौता गरेको थियो, जसले वसन्तको अन्त्य वा गर्मीको सुरुवातसम्म दोस्रो पटकको दिवालियापनबाट बाहिर निस्कन मद्दत गर्ने थियो । तर इरानसँगको अमेरिकी युद्धपछि जेट इन्धनको मूल्य बढेर योजनाहरू असफल भए, जसले कम्पनीको लागत अनुमान र दिवालियापनबाट बाहिरिने योजना दुवैमा बाधा पुर्‍यायो ।

स्पिरिट बोर्ड बैठक उद्धारबारे सहमति बिना टुंगिएको एक स्रोतले रोयटर्सलाई बताएको छ । राष्ट्रपति ट्रम्पले शुक्रबार ह्वाइट हाउसले स्पिरिट र यसको ऋणदातालाई अन्तिम उद्धार प्रस्ताव दिएको बताएका थिए । तर ५०० मिलियन डलरको वित्तीय प्याकेजमा सहमति नभएपछि वार्ता असफल भएको हो। स्पिरिटको पुनर्संरचना योजनामा २०२६ मा जेट इन्धनको मूल्य प्रति ग्यालन करिब २.२४ डलर र २०२७ मा २.१४ डलर रहने अनुमान गरिएको थियो । तर अप्रिलको अन्त्यसम्म मूल्य बढेर करिब ४.५१ डलर पुगेपछि नयाँ वित्तीय सहयोग बिना कम्पनी टिक्न नसक्ने अवस्था आयो ।

अमेरिकी यातायात मन्त्री सीन डफीले धेरै एयरलाइन्सलाई स्पिरिट किन्न आग्रह गरे पनि कुनै पनि इच्छुक पक्ष फेला नपरेको बताएका छन् ।
स्पिरिट जस्तो ठूलो अमेरिकी एयरलाइन्स विगत २० वर्षमा यसरी बन्द भएको थिएन । एक समयमा यसले अमेरिकी उडानहरूको करिब ५ प्रतिशत हिस्सा ओगट्थ्यो र सस्तो भाडा उपलब्ध गराउन सहयोग गर्थ्याे ।

यस पतनले इरान युद्धका कारण इन्धन मूल्यमा आएको उछालले कमजोर एयरलाइन्सहरूलाई कसरी असर गरिरहेको छ भन्ने देखाउँछ । विश्वभर एयरलाइन्सहरूले बढ्दो इन्धन खर्चका कारण भाडा बढाइरहेका छन् र केहीले उडानहरू पनि घटाइरहेका छन् । जर्मन लुफ्थान्साले हालै २०,००० उडान रद्द गरेको थियो भने भारतको एयर इन्डियाले पनि सबै उडानमा इन्धन शुल्क बढाउँदै दैनिक १०० उडान कटौती गर्ने घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम