मुख्य समाचार
प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएकोले लोकतन्त्रका लागि भएका विभिन्न आन्दोलनमा प्रेसको भूमिका महत्वपूर्ण रहेको
प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएकोले लोकतन्त्रका लागि भएका विभिन्न आन्दोलनमा प्रेसको भूमिका महत्वपूर्ण रहेको

: राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएकोले लोकतन्त्रका लागि भएका विभिन्न आन्दोलनमा प्रेसको भूमिका महत्वपूर्ण रहेको बताएका छन्। विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३), २०२६ को अवसरमा शुभकामना दिँदै उनले प्रेस स्वतन्त्रता प्रेसको मात्र नभएर नागरिकहरूको सुसूचित हुन पाउने संवैधानिक हक कार्यान्वयन गर्न पनि उत्तिकै महत्त्वपूर्ण हुने बताएका हुन्।

‘प्रेस जति निष्पक्ष, स्वतन्त्र र सबल हुन्छ लोकतान्त्रिक व्यवस्था पनि त्यति नै सुदृढ हुँदै जान्छ। प्रेस स्वतन्त्रता सुनिश्चित गर्दै पत्रकारहरूलाई सञ्चार कार्य गर्नाका लागि सुरक्षित वातावरण हुनु पर्दछ भन्ने मलाई लाग्दछ।’ उनले भने, ‘हाम्रो संविधानले पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूत गरेको छ। सूचना सङ्कलनदेखि प्रवाह गर्ने प्रक्रियासम्म स्वतन्त्र एवम् निर्वाधरुपमा संलग्नभई समाचार संप्रेषण गरी सबै वर्ग एवम् समुदायको आवाज मुखरित हुनुपर्दछ।’

उनले स्वतन्त्र पत्रकारिताले सत्यको अन्वेषण र तथ्यको सम्प्रेषण गरी समाजमा सही र सत्य कुरा स्थापित गर्न विशेष ध्यान दिनुपर्ने बताए। सामाजिक सञ्जालबाट प्रवाहित हुने मिथ्या र भ्रामक सूचनाले नागरिकलाई दिग्भ्रमित पार्ने उनको भनाई छ।



‘नागरिकलाई दिग्भ्रमित गर्ने अपुष्ट, भ्रामक, र आधारहीन प्रकाशन र प्रसारणका सूचना संप्रेषण गर्ने तथा आम नागरिकलाई सही विचार निर्माण गर्न बाधासमेत उत्पन्न गर्ने गर्दछ। त्यसैले स्वतन्त्र पत्रकारिताले सत्यको अन्वेषण र तथ्यको सम्प्रेषण गरी समाजमा सही र सत्य कुरा स्थापित गर्न विशेष ध्यान दिनु पर्दछ भन्ने मलाई लाग्दछ।’ शुभकामना सन्देशमा भनिएको छ, ‘बढ्दो सामाजिक सञ्जालको प्रयोग र यसका माध्यमबाट प्रवाहित हुन सक्ने मिथ्या र भ्रामक सूचनाले नागरिकलाई दिग्भ्रमित पार्न सक्ने तथा विद्यमान प्रणालीलाई कमजोर बनाउने चुनौती हाम्रो सामु छ। यस्ता चुनौती सामना गर्दै जनतालाई सत्य, तथ्य र विश्वसनीय सूचना प्रवाह गर्न आजको दिनले नेपाली प्रेस जगत्‌लाई थप ऊर्जा, हौसला र उत्प्रेरणा देओस् भन्ने कामना गर्दछु।’

उनले नेपाली सञ्चार जगत्‌लाई संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक सक्रिय भई आमनागरिकलाई सत्य सूचना सम्प्रेषित गर्न सधैँ सफलता प्राप्त होस् भन्ने कामना गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सरकारले देशभरका सुकुम्बासी बस्तीहरूमा डोजर चलाएर खाली गराउने अभियान सुरु गरेपछि सुनसरीको धरान उपमहानगरपालिकामा सुकुम्बासीहरूले प्रदर्शन गरेका छन् । आफ्ना बासस्थान जोगाउन माग गर्दै हजारौँ सुकुम्बासीहरू सडकमा उत्रिएपछि धरानको मुख्य बजार क्षेत्र दिनभर तनावग्रस्त बनेको थियो । nullप्रदर्शनकारीहरू छाता चोकमा भेला भई सरकारविरुद्ध चर्का नाराबाजी गर्दै विरोध जनाएका थिए । विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर ...
: सल्यानमा भवन निर्माणका लागि जग खन्ने क्रममा ठूलो मात्रामा विस्फोटक पदार्थ फेला परेको छ। जिल्ला प्रहरी कार्यालय सल्यानको कम्पाउण्डभित्र नयाँ भवन निर्माणका लागि जग खन्ने क्रममा पुराना बम तथा बम बनाउने सामग्री भेटिएको हो। प्रहरीका अनुसार उत्खननका क्रममा ८२ वटा सकेट बम, ३ वटा सुतली बम, १ बोतल बम, ७ थान रेडियो वेभ, करिब ५०० ...
: नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । नेकपाले आउँदो मंसिर ११–१५ गते काठमाडौंमा हुने गरी एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको हो । नेकपाले सार्वजनिक गरेको कार्यतालिका अनुसार आउँदो असार र साउन मसान्तसम्म पार्टी सदस्यता नविकरण र नयाँ सदस्यता वितरण, भदौं १५ गतेसम्म वडा तहका अधिवेशनहरु सम्पन्न ...
: राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गरेसँगै विभिन्न समयमा राजनीतिक नियुक्त पाएकाहरू पदमुक्त हुने भएका छन्। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले प्रशासनिक सुदृढीकरण र राज्यका निकायहरूलाई नयाँ गति दिने उद्देश्यले चालेको यो कदमसँगै विभिन्न ऐन र संरचनाअन्तर्गत राजनीतिक नियुक्ति पाएका कूल १,५९४ जना पदाधिकारीहरू एकमुष्ट रूपमा ...
: त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले शैक्षिक पात्रो सुधार्न अनियमित रहेका परीक्षा धमाधम सञ्चालन गरिरहेको छ। त्रिवि परीक्षा नियन्त्रण कार्यालयले आगामी साउनदेखि नियमित शैक्षिक पात्रोअनुसार परीक्षा सञ्चालन गर्न अहिले अनियमित भएका परीक्षालाई सञ्चालन गरिरहेको कार्यालयका परीक्षा नियन्त्रक लक्ष्मण पौडेलले बताए। अहिले अनियमित भएका शैक्षिक पात्रोलाई सुर्धानका लागि महिनामा तीनदेखि चार प्रकारका परीक्षा लिइरहेका उनको भनाइ छ। ...