मुख्य समाचार
सन् २०२३ की नोबेल शान्ति पुरस्कार विजेता नर्गेस मोहम्मदीको स्वास्थ्य अचानक रुपमा बिग्रिए गम्भीर भएपछि अस्पताल भर्ना
सन् २०२३ की नोबेल शान्ति पुरस्कार विजेता नर्गेस मोहम्मदीको स्वास्थ्य अचानक रुपमा बिग्रिए गम्भीर भएपछि अस्पताल भर्ना

: जेलमा रहेकी इरानकी मानवअधिकार अभियन्ता तथा सन् २०२३ की नोबेल शान्ति पुरस्कार विजेता नर्गेस मोहम्मदीको स्वास्थ्य अचानक रुपमा बिग्रिए गम्भीर भएपछि अस्पताल भर्ना गरिएको छ । मोहम्मदी दुई पटक पूर्णरूपमा होस गुमाउने अवस्थामा पुगेको र मुटुसम्बन्धी गम्भीर संकट (कार्डियाक क्राइसिस) देखिएको उनको फाउन्डेसनले जनाएको छ ।

‘जेलका चिकित्सकहरूले उनको अवस्था त्यहीँ नियन्त्रण गर्न नसकिने निष्कर्ष निकालेपछि यो स्थानान्तरण अपरिहार्य बनेको हो । यसअघि नै उनलाई तेहरानस्थित विशेषज्ञ चिकित्सक टोलीबाट उपचार गरिनुपर्ने सिफारिस गरिएको थियो’, नर्गेस मोहम्मदी फाउन्डेसनले भनेको छ ।

फाउन्डेसनका अनुसार शुक्रबार यसअघि, उत्तर–पश्चिमी इरानको जान्जानस्थित जेलमा मोहम्मदी दुई पटक बेहोस भएकी थिइन् । उनका वकिलहरूका अनुसार, मार्च महिनाको अन्त्यतिर उनलाई मुटुघात भएको हुनसक्ने अनुमान गरिएको छ । उक्त घटनापछि केही दिनमै भेट्न जाँदा उनी निकै फिक्का, दुब्लिएकी र हिँड्न समेत नर्सको सहयोग आवश्यक पर्ने अवस्थामा देखिएकी थिइन् ।

‘ज्यान जोखिममा पार्ने दुर्व्यवहार’
५३ वर्षीया मोहम्मदीलाई डिसेम्बर १२ मा पूर्वी इरानको मशहद सहर भ्रमणका क्रममा पक्राउ गरिएपछि जेलमा राखिएको छ । फेब्रुअरीमा उनलाई सात वर्षभन्दा बढी जेल सजाय सुनाइएको थियो । उनका वकिलका अनुसार, त्यसमध्ये छ वर्षको सजाय ‘अपराध गर्नका लागि जमघट र षड्यन्त्र गरेको’ आरोपमा दिइएको हो । उनको परिवारले फेब्रुअरीमै जेलमा उनको स्वास्थ्य झन् बिग्रिँदै गएको जनाएको थियो, जसको एक कारण डिसेम्बरमा पक्राउका बेला उनीमाथि भएको भनिएको कुटपिट पनि रहेको उनीहरूको दाबी छ । परिवारका अनुसार, केही पुरुषहरूले उनलाई पेट, टाउको र घाँटीमा प्रहार गरेका थिए ।


नोबेल समितिले फेब्रुअरीमा जारी गरेको विज्ञप्तिमा मोहम्मदीमाथि भइरहेको ‘ज्यान जोखिममा पार्ने निरन्तर दुर्व्यवहार’ को निन्दा गरेको थियो । इरानी सरकारले उक्त कथित आक्रमणबारे कुनै प्रतिक्रिया दिएको छैन । डिसेम्बरमा पक्राउ हुनुअघि पनि मोहम्मदी राज्यविरुद्ध षड्यन्त्र र सरकारविरुद्ध प्रचार गरेको आरोपमा १३ वर्ष ९ महिनाको सजाय भोगिरहेकी थिइन् । तर स्वास्थ्य समस्याका कारण २०२४ को अन्त्यदेखि उनलाई अस्थायी रूपमा रिहा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम