: सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी भएको छ। राष्ट्रपति रामचन्द्र पौडेल आज सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेशसहित ३ वटा अध्यादेश जारी गरेका हुन्।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा हालसम्म ६ वटा अध्यादेश जारी गरेका छन्।
-स्वास्थ्य विज्ञान प्रतिष्ठानठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३
-सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३
-२०८३ र विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३
-सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३
-सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३
-सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३