मुख्य समाचार
आयोग र नियामक गरी करिब २ दर्जन निकाय पदाधिकारीविहीन
आयोग र नियामक गरी करिब २ दर्जन निकाय पदाधिकारीविहीन

। राष्ट्रपतिले शनिवार जारी गरेको ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’का कारण नियामक निकाय र आयोग प्रकृतिका करिव दुई दर्जन निकाय खाली हुने भएका छन् ।

अध्यादेशले अधिकांश पेशाको नियमन गर्ने निकायका पदाधिकारी पदमुक्त हुने व्यवस्था गरेको छ । महान्यायाधिवक्ता पदेन अध्यक्ष हुने नेपाल कानून व्यवसायी परिषद मात्रै संशोधनमा परेको छैन ।




आठ नियामक निकाय

नर्सहरुको पेशागत नियमन गर्ने नेपाल नर्सिङ परिषद, स्वास्थ्य व्यवसायीहरुको नियमन गर्ने नेपाल स्वास्थ्य व्यवसायिक परिषद अनि इञ्जिनियरहरुको नियमन गर्ने इञ्जिनियरिङ परिषदका पदाधिकारीहरु पदमुक्त हुने व्यवस्था थपिएको हो ।




त्यसैगरी पशु चिकित्सकहरुको नियमन गर्ने पशु चिकित्सा परिषद, फर्मासिस्ट र फार्मेसीहरुको नियमन गर्ने नेपाल फार्मेसी परिषद, आयुर्वेद चिकित्सकहरुको नियमन गर्ने आयुर्वेद चिकित्सा परिषदका पदाधिकारीहरु पदमुक्त हुनेछन् ।

डाक्टरहरुको नेपाल मेडिकल काउन्सिलका सबै पदाधिकारी र पत्रकारहरुको नियमन गर्ने प्रेस काउन्सिल नेपालका पदाधिकारीहरु पनि पदमुक्त हुनेछन् ।

थप दर्जन निकायहरु पनि

पेशाकर्मी बाहेक आर्थिक कारोबार र सेवा प्रदान गर्ने विभिन्न क्षेत्रका थप नियामक निकायका पदाधिकारीहरु पनि पदमुक्त हुनेछन् । नेपालमा इन्टरनेट तथा दुरसञ्चार सेवा प्रदान गर्ने संस्थाहरुको नियमन गर्ने दुरसञ्चार प्राधिकरणका पदाधिकारीहरु पनि अब पदमुक्त हुनेछन् ।

पुँजीबजार र शेयर कारोबार नियमन गर्ने धितोपत्र बोर्ड पनि पदाधिकारीविहीन हुँदैछ ।

हवाईउड्डयन क्षेत्रको नियमन गर्ने नागरिक उड्डयन प्राधिरकणका पदाधिकारी पनि अब पदमुक्त हुनेछन् ।

दुग्ध उत्पादनको सहजीकरण गर्ने र डेरीहरुको नियमन गर्ने दुग्ध विकास बोर्ड पनि पदमुक्तिको सूचीमा परेको छ ।

उच्च शिक्षा अर्थात विश्वविद्यालयको अनुगमन गर्ने र उनीहरुलाई आर्थिक सहायता समेत दिने विश्वविद्यालय अनुदान आयोग पनि पदाधिकारीविहीन बन्दैछ ।

विद्युत सेवा प्रवाहको नियमन गर्ने विद्युत नियमन आयोगका पदाधिकारीहरु पनि अब स्वत पदमुक्त हुनेछन् ।

सहकारी क्षेत्रको नियमन गर्ने सहकारी प्राधिकरण, विज्ञापनको व्यवस्थापन र नियमन गर्ने विज्ञापन बोर्ड, बीमा कम्पनीहरुको नियमन गर्ने बीमा प्राधिकरण पनि पदमुक्तिको सूचीमा परेका छन् ।

चलचित्रहरुको जाँचपास गर्ने चलचित्र जाँच समिति पनि यो सूचीमा परेको छ ।

पाँचवटा आयोगहरू

मेडिकल कलेजहरुको सिट निर्धारण गर्ने र उनीहरुको नियमन समेत गर्ने चिकित्सा शिक्षा आयोगका पदाधिकारीहरु पदमुक्त हुनेछन् ।

सरकारले १० वर्षे लामो माओवादी द्वन्द्वकालमा भएका मानव अधिकार उल्लंघनका घटनामाथि जाँचबुझ गर्ने दुई आयोग पनि पदाधिकारीविहीन बनाउँदैछ । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोग पदाधिकारीविहीन हुँदैछ ।



यो पनि पढ्नुहोस
संक्रमणकालीन न्याय हेर्ने दुवै आयोगका पदाधिकारी पनि पदमुक्त हुने
देशभरका सामूदायिक विद्यालयहरुको शिक्षकहरुको नियुक्ति गर्ने शिक्षक सेवा आयोगका पदाधिकारीहरु पनि अब पदमुक्त हुनेछन् ।

नागरिकको सूचनाको हक कार्यान्वयनको सहजीकरणका लागि गठन भएको सूचना आयोगका सबै पदाधिकारी पनि पदमुक्त हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सल्यानमा भवन निर्माणका लागि जग खन्ने क्रममा ठूलो मात्रामा विस्फोटक पदार्थ फेला परेको छ। जिल्ला प्रहरी कार्यालय सल्यानको कम्पाउण्डभित्र नयाँ भवन निर्माणका लागि जग खन्ने क्रममा पुराना बम तथा बम बनाउने सामग्री भेटिएको हो। प्रहरीका अनुसार उत्खननका क्रममा ८२ वटा सकेट बम, ३ वटा सुतली बम, १ बोतल बम, ७ थान रेडियो वेभ, करिब ५०० ...
: नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । नेकपाले आउँदो मंसिर ११–१५ गते काठमाडौंमा हुने गरी एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको हो । नेकपाले सार्वजनिक गरेको कार्यतालिका अनुसार आउँदो असार र साउन मसान्तसम्म पार्टी सदस्यता नविकरण र नयाँ सदस्यता वितरण, भदौं १५ गतेसम्म वडा तहका अधिवेशनहरु सम्पन्न ...
: राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गरेसँगै विभिन्न समयमा राजनीतिक नियुक्त पाएकाहरू पदमुक्त हुने भएका छन्। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले प्रशासनिक सुदृढीकरण र राज्यका निकायहरूलाई नयाँ गति दिने उद्देश्यले चालेको यो कदमसँगै विभिन्न ऐन र संरचनाअन्तर्गत राजनीतिक नियुक्ति पाएका कूल १,५९४ जना पदाधिकारीहरू एकमुष्ट रूपमा ...
: त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले शैक्षिक पात्रो सुधार्न अनियमित रहेका परीक्षा धमाधम सञ्चालन गरिरहेको छ। त्रिवि परीक्षा नियन्त्रण कार्यालयले आगामी साउनदेखि नियमित शैक्षिक पात्रोअनुसार परीक्षा सञ्चालन गर्न अहिले अनियमित भएका परीक्षालाई सञ्चालन गरिरहेको कार्यालयका परीक्षा नियन्त्रक लक्ष्मण पौडेलले बताए। अहिले अनियमित भएका शैक्षिक पात्रोलाई सुर्धानका लागि महिनामा तीनदेखि चार प्रकारका परीक्षा लिइरहेका उनको भनाइ छ। ...
: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ । आज बिहान सभापति लामिछानेको निजी निवासमा लामिछाने भेटवार्ता भएको गोरले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिए। उनका अनुसार भेटमा सभापति लामिछानेसँग संयुक्त राज्य अमेरिका–नेपाल साझेदारीलाई सुदृढ पार्ने विषयमा छलफल भएको ...