मुख्य समाचार
कानुनमन्त्री सोविता गौतमले सरकारले छद्म उद्देश्य पूर्तिका लागि नभई छिटो काम गर्नका लागि अध्यादेश ल्याएको बताए
कानुनमन्त्री सोविता गौतमले सरकारले छद्म उद्देश्य पूर्तिका लागि नभई छिटो काम गर्नका लागि अध्यादेश ल्याएको बताए

। कानुनमन्त्री सोविता गौतमले सरकारले छद्म उद्देश्य पूर्तिका लागि नभई छिटो काम गर्नका लागि अध्यादेश ल्याएको बताएकी छन् ।

सरकारले छ अध्यादेश ल्याएपछि कतिपयबाट आलोचना भइरहेका बेला कानुनमन्त्री गौतमले सो स्पष्टीकरण दिएकी हुन् ।

सामाजिक सन्जाल फेसबुकमा पोष्ट गरिएको एक भिडियोमा उनले भनेकी छन्, ‘यो अध्यादेश कुनै छद्म उद्देश्य पूर्ति गर्नका लागि ल्याइएको होइन । यो राम्रो काम गर्नको लागि, छिटो काम गर्नका लागि र सरकारलाई अझ प्रभावकारी रुपमा जनताका मुद्दा समाधान गर्नका लागि ल्याइएको हो ।’

संसदमार्फत् फास्ट ट्र्याकमा काम गर्दा पनि कानुन निर्माणमा कम्तिमा तीन/चार महिना लाग्नसक्ने भन्दै उनले छिटो काम गर्न अध्यादेश ल्याउनुपरेको उनको तर्क छ ।

सरकारको सिफारिसमा राष्ट्रपतिबाट जारी भएका सबै अध्यादेशहरु संसदमा पेस गर्ने जानकारी पनि उनले दिइन् । अध्यादेशहरु ६० दिनभित्र संसदबाट पास गर्नुपर्ने कानुनी व्यवस्था छ ।

विगतका सरकारले ल्याएका अध्यादेश र वर्तमान सरकारले ल्याएका अध्यादेशको सन्दर्भ फरक रहेको दाबी गर्दै कानुनमन्त्री गौतमले उनले भनेकी छन्, ‘विगतमा धेरै सरकारहरुले अध्यादेशलाई दुरुपयोग गरेका उदाहरणहरु छन् । विगतमा यस्ता दृष्टान्तहरु पनि छन्, जहाँ अध्यादेश ल्याइयो, स्वार्थ पूरा गरियो र त्यसलाई संसदमा नल्याइकन खारेज गरियो । त्यसैले अध्यादेशप्रति अविश्वास र आलोचनाहरु हुने गर्दछन् । तर यसपटकको सन्दर्भ चाहिँ निकै फरक छ । यो सरकारले काम तीव्र गतीमा गर्न चाहान्छ ।’

केही क्षेत्रमा कानुनको अभाव वा अस्पष्टता भएका कारण काम अघि बढाउन कठिन भइरहेकाले त्यस्ता कानुनी अवरोधहरु हटाएर तुरुन्त निर्णय गर्न कानुन आवश्यक परेकाले अध्यादेश ल्याएको उनको भनाइ छ ।

‘सामान्य प्रक्रियाबाट विधेयक पारित गर्दा हुन्थ्यो नि त भन्ने कुराहरु पनि हुनसक्छ । संसदमा गएर एकदम फास्ट ट्र्याकमा काम गर्दाखेरि पनि कम्तिमा तीन चार महिना लाग्नसक्छ । त्यसकारण सरकारले द्रुत गतिमा, प्रभावकारी रुपमा काम गर्न अध्यादेश सिफारिस गरेको हो,’ मन्त्री गौतमले भनेकी छन्, ‘राष्ट्रपतिबाट जारी भएका सबै अध्यादेशहरु हामी संसदमा पेश गर्छौं ।’

संविधानको धारा ११४ मा अध्यादेश जारी गर्ने अधिकार सरकारलाई रहेकाले सोही अधिकार प्रयोग गरेको उनले बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सल्यानमा भवन निर्माणका लागि जग खन्ने क्रममा ठूलो मात्रामा विस्फोटक पदार्थ फेला परेको छ। जिल्ला प्रहरी कार्यालय सल्यानको कम्पाउण्डभित्र नयाँ भवन निर्माणका लागि जग खन्ने क्रममा पुराना बम तथा बम बनाउने सामग्री भेटिएको हो। प्रहरीका अनुसार उत्खननका क्रममा ८२ वटा सकेट बम, ३ वटा सुतली बम, १ बोतल बम, ७ थान रेडियो वेभ, करिब ५०० ...
: नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । नेकपाले आउँदो मंसिर ११–१५ गते काठमाडौंमा हुने गरी एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको हो । नेकपाले सार्वजनिक गरेको कार्यतालिका अनुसार आउँदो असार र साउन मसान्तसम्म पार्टी सदस्यता नविकरण र नयाँ सदस्यता वितरण, भदौं १५ गतेसम्म वडा तहका अधिवेशनहरु सम्पन्न ...
: राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गरेसँगै विभिन्न समयमा राजनीतिक नियुक्त पाएकाहरू पदमुक्त हुने भएका छन्। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले प्रशासनिक सुदृढीकरण र राज्यका निकायहरूलाई नयाँ गति दिने उद्देश्यले चालेको यो कदमसँगै विभिन्न ऐन र संरचनाअन्तर्गत राजनीतिक नियुक्ति पाएका कूल १,५९४ जना पदाधिकारीहरू एकमुष्ट रूपमा ...
: त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले शैक्षिक पात्रो सुधार्न अनियमित रहेका परीक्षा धमाधम सञ्चालन गरिरहेको छ। त्रिवि परीक्षा नियन्त्रण कार्यालयले आगामी साउनदेखि नियमित शैक्षिक पात्रोअनुसार परीक्षा सञ्चालन गर्न अहिले अनियमित भएका परीक्षालाई सञ्चालन गरिरहेको कार्यालयका परीक्षा नियन्त्रक लक्ष्मण पौडेलले बताए। अहिले अनियमित भएका शैक्षिक पात्रोलाई सुर्धानका लागि महिनामा तीनदेखि चार प्रकारका परीक्षा लिइरहेका उनको भनाइ छ। ...
: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ । आज बिहान सभापति लामिछानेको निजी निवासमा लामिछाने भेटवार्ता भएको गोरले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिए। उनका अनुसार भेटमा सभापति लामिछानेसँग संयुक्त राज्य अमेरिका–नेपाल साझेदारीलाई सुदृढ पार्ने विषयमा छलफल भएको ...