मुख्य समाचार
अस्कर अवार्डका नियम र योग्यता मापदण्डमा महत्वपूर्ण परिवर्तन
अस्कर अवार्डका नियम र योग्यता मापदण्डमा महत्वपूर्ण परिवर्तन

। एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एन्ड साइन्सेसले अस्कर अवार्डका नियम र योग्यता मापदण्डमा महत्वपूर्ण परिवर्तन गरेको छ । झन्डै सय वर्षको इतिहासमा यी परिवर्तनलाई सबैभन्दा ठूला निर्णयमध्ये एक मानिएको छ ।

अभिनय विधामा ठूलो बदलाव
अबदेखि अभिनयतर्फ- मुख्य र सहायक दुवै विधामा एउटै कलाकारका एकभन्दा बढी प्रस्तुति एउटै वर्षमा मनोनयनमा पर्न सक्ने भएका छन् । यदि ती प्रस्तुति शीर्ष पाँचभित्र पर्छन् भने सबै मनोनयन योग्य हुनेछन् ।

यसको अर्थ, यदि लियोनार्दो डिक्याप्रियोले एउटै वर्षमा दुई उत्कृष्ट मुख्य भूमिका निर्वाह गरे भने, दुवैका लागि ‘बेस्ट एक्टर’मा मनोनयन सम्भव छ । पहिले भने, एउटै कलाकारका धेरै प्रस्तुति शीर्ष पाँचमा परे पनि सबैभन्दा बढी मत पाएको एउटा मात्र योग्य मानिन्थ्यो ।
अब यो नियम हटाएर अन्य श्रेणीझैं बनाइएको छ । उदाहरणका लागि, सन् २००० मा स्टिभन सोडरबर्ग ‘एरिन ब्रकोभिच’ र ‘ट्राफिक’ दुवैका लागि निर्देशनतर्फ मनोनयनमा परेका थिए र ‘ट्राफिक’बाट जितेका थिए । अब यस्तो अवस्था अभिनयतर्फ पनि सम्भव हुने भएको छ ।

अन्तर्राष्ट्रिय फिल्ममा नयाँ बाटो

अन्तर्राष्ट्रिय फिल्म (पहिले ‘फरेन ल्याङ्ग्वेज फिल्म’) श्रेणीमा पनि ठूलो परिवर्तन गरिएको छ । अब फिल्म अस्करका लागि पठाउने दुई तरिका हुनेछन् ।

पहिलो, पहिलेझैं देश वा क्षेत्रले आधिकारिक रूपमा छनोट गरेर पठाउने । दोस्रो, कुनै अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा प्रमुख पुरस्कार जितेपछि पनि सिधै मनोनयनका लागि योग्य हुने ।

यस वर्षका लागि मान्य महोत्सवमा बर्लिन अन्तर्राष्ट्रिय फिल्म महोत्सव (गोल्डेन बियर), कान्स फिल्म महोत्सव (पाल्मे ड’ओर), सनडान्स फिल्म महोत्सव (वल्र्ड सिनेमा ग्रान्ड जुरी पुरस्कार), टोरन्टो अन्तर्राष्ट्रिय फिल्म महोत्सव (प्लाटफर्म अवार्ड), भेनिस अन्तर्राष्ट्रिय फिल्म महोत्सव (गोल्डेन लायन) लगायत छन् ।

यसअघि ‘एनाटोमी अफ अ फल’ जस्तो फिल्म, जसले कान्समा ठूलो पुरस्कार जिते पनि देशले नपठाए मनोनयन पाउँदैनथ्यो । अब भने यस्तो फिल्म पनि योग्य हुनेछ ।

फिल्मलाई नै श्रेय, निर्देशकको नाम पनि

अब अन्तर्राष्ट्रिय फिल्म श्रेणीमा देश होइन, फिल्मलाई नै मनोनित गरिनेछ । अवार्ड निर्देशकले पूरै टिमको तर्फबाट ग्रहण गर्नेछन्, र अब ट्रफीमा निर्देशकको नाम पनि उल्लेख हुनेछ । यसअघि यस्तो व्यवस्था थिएन, र निर्देशकको अस्कर गणनामा पनि यो श्रेणी जोडिँदैनथ्यो ।

एआईबारे स्पष्ट नीति

एकेडेमीले पहिलो पटक एआईको प्रयोगबारे पनि स्पष्ट नियम ल्याएको छ । अभिनय श्रेणीमा ‘मानिसले वास्तविक रूपमा निर्वाह गरेको’ भूमिका मात्र योग्य हुनेछ । लेखनतर्फ पनि मानवद्वारा लेखिएको स्क्रिनप्ले मात्र मान्य हुनेछ ।

अन्य प्रमुख परिवर्तन

अभिनयमा फिल्मको आधिकारिक क्रेडिटमा उल्लेख भएका र कलाकारको सहमतिमा गरिएको भूमिका मात्र योग्य हुने

कास्टिङ श्रेणीमा अवार्ड संख्या अधिकतम २ बाट बढाएर ३

सिनेमाटोग्राफीमा प्रारम्भिक सूची २० फिल्मसम्म

मेकअप तथा हेयरस्टाइलिङमा मतदान गर्न अन्तिम बैठकमा सहभागिता अनिवार्य

ओरिजिनल गीतमा अन्तिम क्रेडिटमा प्रयोगबारे स्पष्ट नियम

भिजुअल इफेक्ट्समा अन्तिम मतदानअघि अनिवार्य भिडियो हेर्नुपर्ने

लेखनतर्फ मानवले लेखेको स्क्रिनप्ले मात्र मान्य

अब के असर पर्छ ?

यी परिवर्तनले अस्करको प्रतिस्पर्धा र संरचनामा ठूलो असर पार्ने देखिन्छ । विशेष गरी अभिनय श्रेणीमा एउटै कलाकारका धेरै मनोनयन देखिन सक्नेछन् भने अन्तर्राष्ट्रिय फिल्मतर्फ विश्वका उत्कृष्ट फिल्मले थप अवसर पाउनेछन् ।

आगामी ९९औँ एकेडेमी अवार्ड (मार्च १४) मा यी नियमको प्रभाव कस्तो देखिन्छ भन्ने सबैको चासोको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। काठमाडौं महानगरपालिकाले ‘टोल टोलमा फिल्म महोत्सव’को औपचारिक शुभारम्भ गरेको छ । महानगरले शुक्रबार खुलामञ्चमा विशेष कार्यक्रम आयोजना गर्दै महोत्सवको सुरुआत गरेको हो । महानगरकी कार्यवाहक मेयर सुनिता डंगोलले महोत्सवको उद्घाटन गरिन् । महोत्सवको पहिलो दिन अमन शाही निर्देशित लघु चलचित्र ‘नन्द’, ताराङ निर्देशित ‘सवारी साहित्य’ र इशान भुषाल निर्देशित ‘पेन्गुइन रिभोलुसन’ प्रदर्शन गरियो । महानगरपालिकाका अनुसार ...
। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नयाँ चलचित्र ऐनलाई समयसापेक्ष, व्यावहारिक र चलचित्रकर्मीहरूको चाहनाअनुरूप निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले चलचित्र क्षेत्रको विकासका लागि मौजुदा ऐनमा सुधार आवश्यक रहेको औंल्याए । सञ्चारमन्त्री तिमिल्सिनाले चलचित्रले कुनै पनि राष्ट्रको आत्मा र समाजको मनोदशा प्रतिविम्बित गर्ने उल्लेख पनि गरे । चलचित्र ...
। काठमाडौंमा ‘अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’ आयोजना गर्न काठमाडौं महानगरपालिकाले बजेट विनियोजन गरेको छ । बिहीबार सार्वजनिक गरिएको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा यसबारे उल्लेख गरिएको हो । काठमाडौं महानगरभित्र निजी तथा सार्वजनिक भौतिक संरचनाहरूको बीमा प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने घोषणा बजेटमा गरिएको छ । त्यसैगरी ‘नगर–नगर साझेदारी कार्यक्रम’ का लागि आवश्यक बजेटको व्यवस्था गरेको काठमाडौं महानगरले ...
। कलाकार तथा सामाजिक अभियन्ता सीताराम कट्टेल ‘धुर्मुस’ अमेरिकाबाट नेपाल फर्किएका छन् । आइतबार बिहान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअघि फाइल बोकेर उभिएको फोटो फेसबुकमा पोस्ट गर्दै उनले न्याय मिल्ने आशा बोकेर आफू मातृभूमि फर्किएको बताएका छन् । उनी लेख्छन्, ‘ न्याय अवश्य मिल्ने छ भन्ने पूर्ण आशा र अटल विश्वास बोकेर आफ्नै मातृभूमिको आँगनमा ...
‘द एराज’ टूर सकिएको हुन सक्छ, तर कीर्तिमानको सिलसिला भने रोकिएको छैन । आफ्ना गीतलाई विश्वव्यापी सांगीतिक परिघटनामा रूपान्तरण गरेको वर्षौंपछि यी पप स्टारले अर्को यस्तो उपलब्धि हासिल गरेकी छन्, जुन अहिलेसम्म कुनै पनि महिला संगीतकारले प्राप्त गर्न सकेकी थिइनन् र यसपटक यो सफलता संगीत चार्टमा होइन, सम्पत्तिको सूचीमा दर्ज भएको छ । ती सुपरस्टार हुन्, ...