मुख्य समाचार
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सँग विस्थापित सुकुमवासीका लागि ‘ज्ञ’ क्रान्तिको खाका माग
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सँग विस्थापित सुकुमवासीका लागि ‘ज्ञ’ क्रान्तिको खाका माग

। नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सँग विस्थापित सुकुमवासीका लागि ‘ज्ञ’ क्रान्तिको खाका माग गरेका छन् ।

प्रधानमन्त्री वालेनले ‘वास्तविक क्रान्ति ज्ञ (ज्ञान) बाट सुरु हुन्छ’ भनेपछि उनले शनिबार फेसबुकमार्फत् विस्थापित सुकुमवासीका लागि ‘ज्ञ’ क्रान्तिको खाका माग गरेका हुन् ।

‘विस्थापित सुकुमवासीका लागि ‘ज्ञ’ क्रान्तिको खाका चाहियो प्रधानमन्त्रीज्यू,’ महासचिव पोख्रेलले भनेका छन् ।

प्रभावित तथा असुरक्षित महसुस गरिरहेका सुकुमवासी नागरिकलाई स्पष्ट योजनाका साथ समयमै आश्वस्त पार्नुपर्ने भन्दै उनले मानवता, मानवीय जिम्मेवारी र दीगो समाधानतर्फ सरकार गम्भीर बन्नुपर्नेमा जोड दिएका छन् ।

‘वास्तविक क्रान्ति ज्ञ (ज्ञान) बाट सुरु हुन्छ’ भन्ने प्रधानमन्त्रीले आजको यो संकटमा कस्तो क्रान्तिकारी कदम चाल्दै हुनुहुन्छ ?,’ पोखरेलले प्रश्न गर्दै भनेका छन्, ‘प्रभावित तथा असुरक्षित महसुस गरिरहेका सुकुमवासी नागरिकलाई स्पष्ट योजनाका साथ समयमै आश्वस्त पार्नुपर्ने हैन र ? मानवता, मानवीय जिम्मेवारी र दीगो समाधानतर्फ सरकार गम्भीर बनोस् ।’

उनले तत्कालीन समयमा २०७५ सालमा बारा–पर्सामा आएको भीषण आँधीबाट प्रभावितहरूका लागि तत्कालीन एमाले नेतृत्वको सरकारले छोटो समयमै आवास निर्माण गरेर पुनर्स्थापना गरेको स्मरण गरेका छन् ।

महासचिव पोखरेलले आँधीबाट तत्कालीन समयमा २८ भन्दा बढी नागरिकको मृत्यु भएको, ११५० भन्दा बढी घाइते भएका र झण्डै २५ सय घरमा क्षति पुगेर हजारौं मानिस घरवारविहीन बनेको तथ्यांक उनले फेसबुकमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको वर्तमान आर्थिक अवस्था १० वर्षअघिको भारतको अवस्थासँग मिल्दोजुल्दो रहेको उल्लेख गर्दै अब नेपालले आर्थिक छलाङ मार्ने बेला आएको बताएका छन् । बाह्रखरी मिडियाद्वारा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री वाग्लेले सन् २०१४ मा भारतको प्रतिव्यक्ति आम्दानी १ हजार ५ सय डलर रहेको र हाल नेपाल पनि सोही बिन्दुमा रहेकाले यो नेपालका ...
। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुकुम्बासी बस्ती हटाउने नाममा राज्यले ‘डोजर आतंक‘ मच्चाइरहेको आरोप लगाएका छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै नेता आङ्देम्बेले अव्यवस्थित बस्ती हटाउने नाममा गरिएको डोजर आतङ्कका कारण मानिसको ज्यानसमेत गएको बताए । राज्य आतङ्कको पर्याय बन्न नहुनेमा जोड दिँदै उनले सरकारलाई अभिभावकजस्तो बन्न ...
। त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा. धनश्याम भट्टराईले राजीनामा दिएका छन् । शनिबार आफूले पदबाट राजीनामा दिएको भट्टराईले अनलाइनखबरलाई जानकारी दिए । ‘आज राजीनामा दिएको छु,’ उनले भने । त्रिभुवन विश्वविद्यालयका तत्कालीन कुलपतिसमेत रहेका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिवि सेवा आयोगको अध्यक्षमा भट्टराईलाई नियुक्त गरेका थिए । बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले पुर्ववर्ती सरकारका पालामा भएका ...
। हुम्लाको खार्पुनाथ गाउँपालिका–४ बाट भरूवा बन्दुकसहित एक जना वडा सदस्य पक्राउ परेका छन् । ६३ वर्षीय मक्कबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो । रोकाया खार्पुनाथ गाउँपालिकाका सदस्य एवं वडा सदस्य हुन् । भरूवा बन्दुक १ थान, फलामको रडको गोली १२ थान, ढुंगाको गोली ७ थानसहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । ११० ...
। सरकारले उपत्यकाका नदी किनारमा रहेका सुकुमवासी बस्ती खाली गराउने कदमको विरोध भएको छ । शनिबार काठमाडौंको माइतीघरमा जेनजी सेन्टरका अभियान्ताहरूले सुकुमवासी बस्तीमा डोजर चलेको घटनाको विरोध गर्दै प्रदर्शन गरेका हुन् । उनीहरूले विभिन्न नारा लेखिएका प्लेकार्ड लिएर प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरूले बोकेको प्लेकार्डमा ‘सार्वजनिक जग्गा सरकारको, सुकुमवासी जनता कसको ?’, ‘बरू बाढीबाट बचियो तर ...