मुख्य समाचार
प्रदीप ज्ञवालीले बागमतीमा सुकुमवासीको आँशु बगेको बताउँदै त्यसले नेपाल हाँसिरहेको देखाउँछ कि रोइरहेको ? भन्दै प्रश्न
प्रदीप ज्ञवालीले बागमतीमा सुकुमवासीको आँशु बगेको बताउँदै त्यसले नेपाल हाँसिरहेको देखाउँछ कि रोइरहेको ? भन्दै प्रश्न

। नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले बागमतीमा सुकुमवासीको आँशु बगेको बताउँदै त्यसले नेपाल हाँसिरहेको देखाउँछ कि रोइरहेको ? भन्दै प्रश्न गरेका छन् । शनिबार जिल्ला समन्वय समितिको जिम्मेवारी विषयक अन्तक्रिया कार्यक्रममा प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)लाई लक्षित गर्दै यस्तो प्रश्न सोधेका हुन् ।

‘प्रधानमन्त्रीको सुन्दर थेगो छ– म नेपाल हाँसेको हेर्न चाहन्छु,’ ज्ञवालीले भने, ‘तर, बागमतीमा बगेको आँशुले नेपाल हाँसिरहेको देखिन्छ कि नेपाल रोइरहेको देखिन्छ ?’

सुकुमवासी बस्तीमा खराब मान्छे पनि हुनसक्ने बताउँदै त्यो छुट्याउन नसकिने अवस्था नरहेको उनले बताए । ‘खराब मान्छे पनि थिए होलान् त्यहाँ, स्क्रिनिङ गर्नसकिने ठाउँ त थियो नि त । अस्ती थापाथलीमा खाली गर्दाखेरी हजार बढी नगर प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी । छक्क परियो– सेना समेत !,’ उनले भने । त्यति गर्नसक्ने सरकारले एक हप्तासम्म त्यहीँ एउटा टेबल राखेर प्रमाण मागेर स्क्रिनिङ गरेको भए के बिग्रिन्थ्यो भन्दै उनले प्रश्न गरे ।

उनले अगाडि भने, ‘जे देखिदै छ राम्रो लक्षण देखिएको छैन । हामीले खोजेको विकास मानवकेन्द्रित हो । विकास माइनस मानव गर्‍यो भने त्यो विकासको के अर्थ हुन्छ र ?’

त्यसरी गरिबका आँशु बागमतीमा बगाएर गरेको विकास सही मोडल हुन नसक्ने पनि नेता ज्ञवालीले बताए । ‘सहरहरू सुन्दर होलान्, बाटाहरू फराकिला होलान्, पार्क बन्लान्, कुकूरहरू डुल्लान् । तर मान्छे रुनुपर्‍यो भने ? हामीले खोजेको विकास मोडल त्यो हो जस्तो मलाई लाग्दैन,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जेनजी आन्दोलनको दोस्रो दिन (भदौ २४ गते) आगजनीबाट क्षगिग्रस्त भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यालय पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । आगजनीबाट जलेर नष्ट भएका भौतिक संरचनाको पुनर्निर्माण गरिएको छ भने रंगरोगन सकिएको छ । आगजनबाट क्षति पुगेको मूल ढोका बनाउने कार्य भइरहेको छ । हस्तकलाबाट बनाइएको मूल ढोकामा त्यही प्रकृतिको बनाउन लागिएको छ । पुनर्निर्माणको क्रममा ...
। प्यूठान नगरपालिका वडा नं. १० का पदम थापा र धनबहादुर केसीबीच झण्डै १० वर्षदेखि कायम रहेको लेनदेनसम्बन्धी विवाद स्थानीय न्यायिक समितिको मेलमिलाप प्रक्रियाबाट सौहार्दपूर्ण रूपमा टुङ्गिएको छ । पहिलो मेलमिलाप सत्रमा दुवै पक्षबीच चर्काचर्की हुँदा एकअर्काको कुरा सुन्नसमेत तयार नभएका उनीहरू दोस्रो बसाइँमा भने पूर्णरूपमा मित्रवत् व्यवहार गर्दै आफैं सहमतिमा पुगे । पहिलो सत्रमा विवाद चर्किएपछि ...
। प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले आज राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । उनीहरूबीच शनिबार बिहान भेटवार्ता भएको हो । भेटवार्ता करिब एक घण्टा चलेको थियो । भेटवार्ताका क्रममा समसममयिक राजनीतिक विषयमा संवाद भएको सचिवालयले जनाएको छ । त्यस क्रममा आङ्देम्बेले अध्यादेशका सन्दर्भमा विपक्षी दलहरूको धारणा पनि राष्ट्रपतिलाई अवगत गराएका थिए । सरकारले विभिन्न अध्यादेशहरू जारी ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरले रास्वपा सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन् । उनीहरूबीच शनिबार भेटवार्ता भएको हो । भेटमा नेपाल र अमेरिकाबीचको आर्थिक साझेदारीलाई सुदृढ बनाउनेबारे छलफल भएको गोरले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । साथै, उनले भेटवार्ताबारे जानकारी गराउँदै लेखेका छन्, ‘नेपालको नयाँ सरकारसँग परिवर्तनको लागि अविश्वसनीय जनादेश ...
। रोल्पा जिप दुर्घटनाको तीन दिनपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दुःख व्यक्त गरेको छ । शनिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता सह-सचिव हेमराज अर्यालले एक प्रेस विज्ञप्ति सार्वजनिक गरेर कार्यालयको धारणा सार्वजनिक गरेका हुन् । ‘मिति २०८३ वैशाख १७ गते दिउँसो करिब २:५० बजे रोल्पाको थवाङ गाउँपालिका–१, सल्यापमा २० जना नागरिकको ज्यान जाने गरी भएको जिप ...